
नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल आहारपूरक सौन्दर्यवर्द्धक संघ (एनएनसीए) ले सातै प्रदेशमा संगठन विस्तार अभियान शुरु गरेको छ ।
जिल्ला जिल्लामा व्यवसायीहरु छरिएर रहेकाले केन्द्रले सबै ठाउँमा नभ्याउने कारण प्रदेश शाखा विस्तार शुरु गरिएको संघका केन्द्रीय उपाध्यक्ष विनोद विष्टले नेपाल हेल्थ न्युजलाई जानकारी गराउनुभयो ।
उहाँले भन्नुभयो–‘७७ जिल्लामा छरिएर रहेका व्यवसायीलाई केन्द्रमा समन्वय गरेर काम गर्न गाह्रो भएकाले तत्काल सात प्रदेशबाट संगठन विस्तारको कार्य सुरु गरेका छौँ ।’
यसअघि मधेश प्रदेशमा संगठन विस्तार सम्पन्न भइसकेको छ । बिष्टका अनुसार यही माघ ५ गते शनिवार संघले बागमती प्रदेशमा समेत संगठन विस्तार गर्न लागेको छ । काठमाडौंको कान्तिपथ स्थित एल्लोप्यागोडा होटलमा कार्यक्रम गरिने भएको छ । प्रदेश संगठन विस्तार पछि केन्द्रलाई काम गर्न थप सहयोग मिल्ने उहाँको विश्वास छ ।
त्यसैगरी हाल संगठन विस्तारका विषयमा कोशी प्रदेशका व्यावसायीसँग छलफल भइरहेको उहाँले जानकारी दिनुभयो । उहाँ थप्नुहुन्छ–‘कोशी प्रदेशमा संगठन विस्तारको काम सम्पन्न हुने वित्तिकै लुम्बिनी प्रदेश संगठन विस्तारको काम शुरु गर्ने योजना बनाइरहेका छौं ।’
व्यवसायिक हकहित, सुरक्षा र सामाजिक उत्तरदायित्व अन्तर्गतको उद्देश्य लिई बि.सं. २०८० साल चैत २२ गते नेपाल आहारपुरक सौन्दर्यवर्द्धक संघ (एनएनसिए) को स्थापना भएको थियो । हाल एनएनसिए देशका ६ सय भन्दा बढी आहारपुरक न्युट्रास्युटिकल सौन्दर्यवर्द्धक व्यवसाय गर्ने व्यवसायीहरुको छाता संगठन हो ।
भिडियो हेर्नुहोस्

‘डिम्बको कालोबजारी’ को काला अध्यायः किशोरीको शरीरमाथि व्यापार !
मंगलबार, असार ३१, २०८२
भक्तपुर क्यान्सर अस्पतालमा आधुनिक उपकरणको शुभारम्भ: अब क्यान्सर उपचार अझै गुणस्तरीय
बिहीबार, असार २६, २०८२
चिकित्सक फर्किए ड्युटीमा, आन्दोलन रोकियो, सरकारसँगको सहमति पछि सेवा सुचारु
बुधबार, असार २५, २०८२
स्वास्थ्य पत्रकार मञ्चको अस्तित्व संकटमाः नेतृत्व विवादपछि सामूहिक बहिर्गमन
आइतबार, असार २२, २०८२