काठमाडौँ, २२ फागुन । गृहमन्त्रालयले जिल्लाका स्वास्थ्य संस्थामा लागेका ताला खोल्न स्थानीय प्रशासनलाई निर्देशन दिएको छ ।
मन्त्रालयले पोलियो थोपा खुवाउने कार्यक्रमलाई निर्वाध रुपमा सञ्चालन गर्न आवश्यक सुरक्षा प्रवन्ध मिलाउन तथा सहजीकरण गर्न र अवरोध खडा गर्ने माथि कारबाही गर्न समेत देशैभरका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ ।
पदस्थापनको माग राख्दै आन्दोलनमा उत्रिएका दफा ९ ख वाला स्वास्थ्यकर्मीले आन्दोलनका नाममा पोलियोथोपा खुवाउने कार्यक्रमलाई अवरोध पुरयाएपछि गृहले यस्तो निर्देशन दिएको हो । द्धन्दकाल र मधेश आन्दोलनका बेला समेत निर्वाध सञ्चालन भएको खोप कार्यक्रम केही स्वास्थ्यकर्मीहरुले रोकेपछि स्वास्थ्य मन्त्री गगन थापाले कडा रुपमा प्रस्तुत हुने संकेत गरेका थिए । सो लगत्तै धेरैवटा जिल्लामा पोलियो थोपा खुवाउने कार्यक्रम सुरु भएको छ ।
मन्त्री थापाले पोलियो सुरु नगर्ने जिल्ला प्रमुखलाई पदमुक्त गर्ने र अवरोध गर्ने स्वास्थ्यकर्मी माथि कारबाही गर्ने बताएपछि आन्दोलनरत ६ वटै ट्रेड युनियनले पोलियो खोप अभियानमा सहभागी हुन आफ्ना संगठनका स्वास्थ्यकर्मीलाई निर्देशन दिएका थिए । त्यसलगत्तै गृहले यस्तो पत्र पठाएको हो ।
गृह मन्त्रालयका उपसचिव भविश्वर पाण्डेद्धारा हस्ताक्षरित पत्रमा तालाबन्दी गर्ने, अवरोध खडा गरी अत्यावश्यक सेवा सञ्चालनमा बाधा पुरयाउने कार्यमा सहभागी हुने जुनसुकै व्यक्ति कर्मचारी भएपनि पक्राउ गरि प्रचलित कानून बमोजिम कारबाहीको दायरामा ल्याउने व्यवस्था मिलाउन भनिएको छ ।

प्रकाशित मिति: आइतबार, फागुन २२, २०७३
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज
विद्यार्थी संगठनहरू सामाजिक र स्वास्थ्य मुद्दातर्फ उन्मुख हुनुपर्ने: मन्त्री पौडेल
बुधबार, वैशाख २४, २०८२
'पिलपान' र 'एसीटप' नामका औषधि बजारबाट तुरुन्त हटाउन औषधि विभागको आदेश
सोमबार, वैशाख ८, २०८२
मोबाइलको अत्यधिक प्रयोगले सामाजिक सम्बन्धमा दरार
आइतबार, चैत २४, २०८१
पाँच करोडको हेमोडायलाइसिस मेशिन नेपालका ४ अस्पतालमा हस्तान्तरण
मंगलबार, चैत १९, २०८१ट्रेन्डिङ