सेवा ग्राहीहरुलाई सरल तथा सहज गुणस्तरीय सेवा दिने क्रममा नयाँवर्षको सुरुवाती सँगै ओम अस्पतालमा सन्ध्याकालिन ओपिडी सेवा सञ्चालन भएको छ । यस अन्तर्गत बिरामीले जनरल मेडिसिन, अर्थोपेडिक (हाडजोर्नी), कार्डियोलिोजी (मुटु रोग), गाइनोकोलोजी (स्त्री रोग), बाल रोग.लगायतका सेवाहरु प्राप्त गर्छन् ।
सन्ध्याकालीन ओपिडी सेवाको दस्तुर अन्य समयमा सञ्चालन गरिने ओपिडी सेवा सरह भएको अस्पतालका कार्यकारी निर्देशक बाबुकाजी कार्की बताउनुहुन्छ । सेवा लिन चाहने सेवाग्राहीले अनिवार्य अग्रिम बुकिङ गर्नुपर्नेछ ।
बिरामीको माग बढ्दै गएकाले सन्ध्याकालीन ओपिडी सेवासँगै अन्य सेवाहरु पनि विस्तार गरिने अस्पतालका अध्यक्ष उद्धव पौडेलको भनाइ छ । बिहानदेखि बेलुकी सम्म विभिन्न पेशा व्यवसायमा आवद्ध कामकाजी व्यक्तिहरुलाई अस्पतालहरुको ओपिडी सेवा लिन व्यवहारिक कठिनाई परिरहेको अवस्थामा त्यस्ता व्यक्तिहरुलाई लक्षित गर्दै सेवा शुरु गरिएको बताइएको छ । अस्पतालले मिर्गाैला रोग पीडितहरुलाई लक्षित गर्दै निशुल्क डायलसिसको आवश्यक प्रक्रिया समेत सुरु गरिसकेको छ । अस्पतालमा डाइजेस्टिभ डिजिज सेन्टर, डिजीटल मेमोग्रयाफी, स्लिप ल्याब जस्ता अत्याधुनिक सेवाहरु पनि सञ्चालनमा छन् । राजधानीको चावहिलमा १८ रोपनी क्षेत्रफलमा ८५ हजार स्क्वायर फिटमा फैलिएको यस अस्पतालमा मुलुककै ख्यातिप्राप्त ८५ जनाभन्दा बढी विशेषज्ञ चिकित्सक कार्यरत छन् ।
प्रकाशित मिति: शुक्रबार, असार ९, २०७४
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज
विद्यार्थी संगठनहरू सामाजिक र स्वास्थ्य मुद्दातर्फ उन्मुख हुनुपर्ने: मन्त्री पौडेल
बुधबार, वैशाख २४, २०८२
'पिलपान' र 'एसीटप' नामका औषधि बजारबाट तुरुन्त हटाउन औषधि विभागको आदेश
सोमबार, वैशाख ८, २०८२
मोबाइलको अत्यधिक प्रयोगले सामाजिक सम्बन्धमा दरार
आइतबार, चैत २४, २०८१
पाँच करोडको हेमोडायलाइसिस मेशिन नेपालका ४ अस्पतालमा हस्तान्तरण
मंगलबार, चैत १९, २०८१ट्रेन्डिङ
