२२ चैत, काठमाडौं । नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. जागेश्वर गौतमले राजीनामा दिएका छन् । गौतम गत
कात्तिक २६ गते काउन्सिलको अध्यक्ष नियुक्त भएका थिए ।
शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीसँग भएको ११ बुँदे सहमति कार्यान्वयनका क्रममा गौतमको राजीनामा आएको बताइएको छ । डा. केसीले आमरण अनसनका क्रममा त्रिविका साथै काठमाडौं विश्वविद्यालय र मेडिकल काउन्सिलका पदाधिकारीलाई बर्खास्त गर्नु पर्ने माग राखेका थिए । १२ दिन लामो अनसनपछि भएको भएको सहमति अनुसार सरकारले हालै मात्र उच्चस्तरीय छानविन समिति गठन गरेको छ । गौतमले आफ्नो राजीनामाबारे मुख्य सचिव लिलामणि पौडेललाई समेत जानकारी गराएका छन् ।

प्रकाशित मिति: आइतबार, चैत २२, २०७१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज

'पिलपान' र 'एसीटप' नामका औषधि बजारबाट तुरुन्त हटाउन औषधि विभागको आदेश
सोमबार, वैशाख ८, २०८२
मोबाइलको अत्यधिक प्रयोगले सामाजिक सम्बन्धमा दरार
आइतबार, चैत २४, २०८१
पाँच करोडको हेमोडायलाइसिस मेशिन नेपालका ४ अस्पतालमा हस्तान्तरण
मंगलबार, चैत १९, २०८१ट्रेन्डिङ
१