काठमाडौं । उपचारमा संलग्न चिकित्सकलाई विरामीका आफन्तले दुर्वयवहार गरेको भन्दै ललितपुरको पाटन स्वास्थ्य
विज्ञान प्रतिष्ठानका चिकित्सक र कर्मचारीहरु विरोधमा उत्रिएका छन् । प्रहरी नायव निरिक्षक विजय सिलवालसहितको टोलीले गत शुक्रबार चिकित्सकलाई हातपात गरेका थिए ।
त्यसको विरोधमा गत शुक्रबारबाट पाटन अस्पतालमा आकस्मिक बाहेक सेवा ठप्प छन् । चिकित्सकहरुले आइतबार अस्पतालको गेटमा धर्ना समेत दिएका छन् ।
ललितपुर चापागाउँका ३० वर्षीय बालमुकुन्द खड्का विरामी भएर अस्पतालमा भर्ना भएका थिए । उनलाई डिस्चार्ज गर्ने तयारी भैरहेको थियो । तर, एक्कासी ज्वरो बढेपछि उपचारमा लापरवाही भएको भन्दै विरामीका आफन्त आक्रोशित भएका थिए ।
खड्का प्रहरी नायव निरिक्षक सिलवालका भिनाजु हुन् । सिलवालले आफ्नो भिनाजुको उपचारमा लापरवाही गरेको भन्दै पाण्डे थरका एक डाक्टरलाई हात हालेको प्रत्यक्षदर्शी बताउँछन् । सिलवालको थप्पडबाट डाक्टर पाण्डेको चस्मा भुईंमा झरेर फुटेको थियो । सिलवालसँगै आएका अरुले पनि पाण्डेलाई बोतल प्रहार गरेका थिए । त्यसलगत्तै पाण्डेलाई इमर्जेन्सी कक्षमा लगेर उपचार गरिएको थियो ।
बर्दिको आडमा चिकित्सकलाई आक्रमण गरेकाले चिकित्सक र कर्मचारीहरु आन्दोलनमा उत्रिएको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
विद्यार्थी संगठनहरू सामाजिक र स्वास्थ्य मुद्दातर्फ उन्मुख हुनुपर्ने: मन्त्री पौडेल
बुधबार, वैशाख २४, २०८२
'पिलपान' र 'एसीटप' नामका औषधि बजारबाट तुरुन्त हटाउन औषधि विभागको आदेश
सोमबार, वैशाख ८, २०८२
मोबाइलको अत्यधिक प्रयोगले सामाजिक सम्बन्धमा दरार
आइतबार, चैत २४, २०८१
