जनस्वास्थ्य सरोकार । नेपालमा नयाँ नयाँ औषधिहरुको उत्पादन गर्दै आएको स्वदेशी औषधि कम्पनि म्याग्नस फर्माले देशमा पहिलोपटक छारे रोगको औषधि उत्पादन गरी बजारमा ल्याएको छ । म्याग्नसले लेभेटाम ब्रान्डमा ‘लेभिटेरासिटाम’ र लेमोजिन ब्राण्डमा लेमोट्रिजिन नामको औषधि बजारमा ल्याएको हो । नेप्लिज सोसाइटी अफ न्यूरोसर्जनले हालै काठमाडौंमा आयोजना गरेको नेपाल जापान न्यूरो सर्जन सम्मेलनमा बरिष्ठ न्यूरोसर्जन डा. बसन्त पन्त र जापानका बरिष्ठ न्यूरोसर्जन डा. हिडे युकि वोनिसिले संयुक्तरुपमा ति औषधि सार्वजनिक गर्नुभयो । डा. पन्तले मुलुक औषधिमा आत्मनिर्भरतातिर अग्रसर हुन लागेको स्पष्ट पार्नुभयो । ‘आत्मनिर्भरतातर्फ
फड्को मार्न लागेको यो ज्वलन्त उदाहरण हो ।’ डा. पन्तले भन्नुभयो—अब मुलुकमा छारे रोगका बिरामीहरुले सुपथ मूल्यमा औषधि सेवन गर्न पाउँछन् ।’
‘हामीले औषधिको आत्मनिर्भरतातर्फको बाटो तय गरिसकेका छौं ।’ म्याग्नसका निर्देशक सुधिर प्रकाश मास्केले भन्नुभयो—नयाँ किसिमको औषधिको उत्पादनमा कम्पनि लागेको छ ।’
भारतको अघोषित नाकाबन्दीबाट देशमा सृजित जटिल परिस्थितिमा म्याग्नस फर्माको यो प्रयास औषधिको आत्मनिर्भरता तर्फको एक महत्वपूर्ण फड्को मान्न सकिन्छ । विगत ७ वर्षदेखि औषधि उत्पादन गर्न थालेको म्याग्नसले मानसिक, मुटु, मधुमेह, मिर्गौला, हाडजोर्नी, नसा लगायतका रोगहरुमा अन्तर्राष्ट्रियस्तरका नविनतम औषधि उत्पादन गरिरहेको छ । 

प्रकाशित मिति: मंगलबार, कात्तिक १७, २०७२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज
विद्यार्थी संगठनहरू सामाजिक र स्वास्थ्य मुद्दातर्फ उन्मुख हुनुपर्ने: मन्त्री पौडेल
बुधबार, वैशाख २४, २०८२
'पिलपान' र 'एसीटप' नामका औषधि बजारबाट तुरुन्त हटाउन औषधि विभागको आदेश
सोमबार, वैशाख ८, २०८२
मोबाइलको अत्यधिक प्रयोगले सामाजिक सम्बन्धमा दरार
आइतबार, चैत २४, २०८१
पाँच करोडको हेमोडायलाइसिस मेशिन नेपालका ४ अस्पतालमा हस्तान्तरण
मंगलबार, चैत १९, २०८१ट्रेन्डिङ
