Logo
|
Thursday 18th April 2024
Logo

epaper

जाडोका सुपर फूड



गाँजर
गाँजरमा बेटा क्यारोटिन तत्व पर्याप्त मात्रामा पाइन्छ । यसमा भिटामिन ए पनि पर्याप्त मात्रामा पाइन्छ । गाँजरको नियमित सेवनले चिसोमा हुने विभिन्न खाले संक्रमणबाट बचाउन सहयोग गर्छ ।
ग्रीन—टी
ग्रिन—टी लाई एक शक्तिशाली एन्टीअक्सिडेन्ट मानिन्छ । यसमा ब्याक्टेरिया तथा भाइरस प्रतिरोधी तत्व पाइन्छ । दिनमा ३ कम ग्रीन—टी पिउनाले शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउँछ र जाडो याममा हुने विभिन्न संक्रमणको जोखिम पनि घटाउँछ ।
च्याउ
च्याउमा पनि विभिन्न पोषक एवं औषधीय तत्व पाइन्छन् । यसलाई रोगप्रतिरोधात्मक क्षमताको प्रवद्र्धक मानिन्छ । चिसोमा हुने भाइरसजन्य संक्रमणबाट जोगिन नियमित रुपमा च्याउको सुप खानु राम्रो मानिन्छ ।
लसुन

लसुनलाई आयुर्वेदमा पनि राम्रो औषधिको रुपमा लिइन्छ ।  चिसो र ज्वरोको घरेलु उपचारमा समेत यसको प्रयोग हुँदै आएको छ । कलेजोलाई विषरहीत बनाउने तथा शरीरमा रोग प्रतिरोधी क्षमता बढाउने इन्जाइमको मात्रा बढाउन लसुनले सहयोग पुराउने विभिन्न अनुसन्धानले देखाएका छन् ।
मह
जाडो मौसममा हुने रुघाखोकी तथा ज्वरोको सबैभन्दा सजिलो तथा भरपर्दो घरेलु औषधि महलाई लिने गरिन्छ । महमा ब्याक्टेरिया तथा भाइरस प्रतिरोधी गुण पाइन्छ । महलाई दुधमा मिलाएर पिउँदा चिसो तथा संक्रमणबाट बच्न सकिन्छ ।
रुघाखोकीको घरेलु उपचार

  • पानी उमालेर पिउने र त्यसको बाफ लिने ।
  • ज्वानोको वाफ लिने, घाँटी दुखेको छ भने कुल्ला गर्ने ।
  • अदुवा, मरिच राखेर पनि पानी पिउन सकिन्छ ।
  • चिसोको कारणले टन्सिल बढेमा बेसार, चियापत्ति, ज्वानो तथा नुन हालेको पानीले कुल्ला गर्नु राम्रो हुन्छ । गाँउघर तिर भए रुदिलो पनि धेरै राम्रो मानिन्छ ।
  • तुलसीको पात घोटेर पिउनाले पनि रुघाखोकी सञ्चो हुन मद्धत गर्छ ।
  • घाँटीको खसखस हटाउन अदुवालाई पोलेर नुन सँग खानाले र दुधमा बेसार हालेर पिउनाले राहत पुग्छ ।
  • कागती पानी, कागती पानीमा नुन र मरीचको दाना हालेर पिउनाले तथा तुलसीको पात, असुरोको पातलाई पानीमा हालेर उमालेर पिउनाले पनि रुघाखोकी जस्तो भाइरलको समस्या धेरै नै ठिक हुनसक्छ ।
  • अदुवा र मरीचलाई मज्जाले पिसेर महमा मिलाई तातो पानीसँग खानाले पनि धेरै फाइदा  गर्छ ।

प्रतिक्रिया दिनुहोस्