Logo
|
Thursday 19th September 2019
NEWS PAPER

ल्याबका नाममा हुने लुटलाई छुट दिन हुन्न



dr-geeta
डा. गीता शाक्य निर्देशक राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला

प्याथोलोजी ल्याब सम्बन्धी सरकारी व्यवस्था के छ ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एउटा निर्देशिका बनाएको छ । निर्देशिकामा २५ वेडसम्मको अस्पताल सञ्चालन स्वीकृति जिल्ला जनस्वास्थ्य कार्यालयले दिने प्रावधान बनाएको छ । यसमा २५ वेडको अस्पताल, प्रयोगशाला, पोलिक्लिनिक आदिको सञ्चालन स्वीकृति जिल्ला जनस्वास्थ्यलाई दिएको छ । तर मन्त्रालयको निर्देशिकामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको सिफारिसमा स्वीकृति सञ्चालनका लागि दिने भन्ने व्यवस्था छ । नीतिअनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले सबै रजिष्ट्रेसनदेखि लाइसेन्सिङ गर्ने भन्ने कुरा छ । गाइडलाइन नबनेसम्म यो अघि बढाउन सकिने अवस्था छैन । गाइडलाइनअनुसार यो मिलेको छैन ।

कस्तो किसिमको गाइडलाइन बनाउँदै हुनुहुन्छ ?
विभिन्न औषधि पसलहरुमा नमूना लिएर अरु प्याथोलोजीमा लगेर टेष्ट गर्ने परिपाटी हटाइने नियम बन्दै छ । एउटा माइक्रोस्कोपसमेत नभएको ठाउँमा यसरी सर्बसाधारणलाई भ्रमित गराउने किसिमको परिपाटी अन्त्य गर्नैपर्छ । प्याथोलोजीहरुलाई वर्गिकरण गरिनेछ । गुणस्तरीय र विश्वनियताका लागि भरपर्दो र दक्ष जनशक्ति हुनुपर्छ । जस्तो सुगर टेष्ट ए क्याटागोरीले गरोस वा जेट क्याटागोरीले गरोस् रिपोर्ट एउटै हुनुपर्छ । हामीले प्लस माइनस टू स्टैण्डर्ड डिभिएसनलाई मानेका छौं । स्टेण्डर्ड डेभिएसनभित्र पर्नुपर्छ । सबै ठाउँमा एउटै नहुनसक्छ । यसमा उपकरण, रिएजेन्टस्, जनशक्ति, भोल्टेज तलमाथि, पानीको गुणस्तर आदिले तलमाथि भइरहेको हुन्छ । तर रिजल्ट निश्चित स्टैण्र्डभित्र भने अवश्य पर्नुपर्छ । यसका साथै ल्याबहरुले क्वालिटी कन्ट्रोल गर्नुपर्छ । यसमा इन्टरनल कन्ट्रोल भनेर पनि राख्नुपर्छ । यसका साथै एक्स्टर्नल क्वालिटी कन्ट्रोलको पनि आवश्यकता पर्छ ।
ल्याबका रिपोर्ट पनि ठाउँपिच्छे फरक फरक हुन्छन्, यो किन भएको हो ?
यस्तो हुनै हुँदैन । इभिडेन्स बेस मेडिकल प्राक्टिसमा जान ल्याबको भूमिका धेरै हुन्छ । जस्तो—पहिला पहिला नाडीको धडकन छामेर टाइफाइट भएको शंका गरिन्थ्यो । तर अहिले यस्तो छैन । टाइफाइट बृद्धि भएको निश्चित नभईकन टाइफाइडको उपचार गर्न पाइँदैन । डायग्नोसिस गरिसकेपछि रोग अनुगमन गर्नका लागि ल्याबको भूमिका महत्वपूर्ण हुन्छ । औषधि खाएर समस्या समाधान भए नभएको हेर्नका लागि ल्याब परीक्षण गर्नुपर्छ । अहिले एन्टिमाइक्रोबेल रजिस्टेन्ट भन्ने कुरा पनि उठिरहेको छ । सम्बन्धित एन्टिबायोटिक्स ठीक भएनभएको थाहा पाउन ल्याब टेष्ट गर्नुपर्छ । कुन औषधि चलाउँदा बिरामीलाई रोग निको हुन्छ भन्ने कुरा ल्याब परीक्षणबाट पत्ता लाग्छ । त्यसैले ल्याबको भूमिका महत्वपूर्ण छ । अहिले सर्ने नसर्ने रोगहरुको जानकारीका  बारेमा ल्याबको महत्वपूर्ण भूमिका छ ।
इन्टरनेशनल हेल्थ रेगुलेसन २००५ ले ल्याबको महत्वलाई कोर क्यापासिटीको रुपमा मानेको छ । हरेक साइडमा ल्याब अर्थात ल्याब सुड बी डिसेन्ट्रिलाइज हुनुपर्छ । यो टू द पेरिफेरीमा हुनुप¥यो । कुनै सर्ने रोग त्यही ठाउँमा डायग्नोसिस गरेर त्यही नियन्त्रण गर्नुपर्छ । यसरी नियन्त्रण गरेमा अरु ठाउँमा उक्त रोग सर्दैन । रोग स्वदेशमा मात्र होइन अन्तर्राष्ट्रियस्तरसम्म फैलन्छ । त्यसैले फैलिएकै ठाउँमा रोग पत्ता लगाउने र नियन्त्रण गर्ने भन्ने छ ।
नेपालमा संभव भएका परीक्षणहरु विदेश लैजाने परिपाटी निकै हावी छ, किन ?
यहाँबाट ट्रान्सपोर्ट गरेर त्यहाँ गएर टेष्ट हुन्छ कि हुँदैनन भन्ने शंका गर्नुपर्ने बेला छ । थायरोकेयर भन्ने संस्थाले नेपालमा बसेर यस्तो नराम्रो काम गरिरहेको छ । अहिले थायरोकेयर बन्द गरिसकेको भनेपनि अहिले यो सञ्चालनमा आइरहेको छ । यहाँ कलेक्सनका लागि सेन्ट्रिफ्यूज पनि छैन । एउटा टेबुल  र दर्ता प्रमाणपत्र मात्र छ । उनीहरुले कसरी कोल्ड चेन मेन्टेन गरे, कसरी पठाए भन्ने केही पनि छैन ।  नेपालमा संभव नभएका वंशाणुगत कतिपय टेष्टहरु बाहिर जानबाट रोक्न पनि हुँदैन । यसका लागि रिएजेन्टस कष्टहरु निकै महँगो र संभव छैन । नेपालमा हुन नसक्ने केही परीक्षण विदेश पठाउनुपर्छ ।
हालै भएको निर्णय अनुसार, जसले विदेश लगेर जाँच गर्छन् उनीहरुले हामीसँग रजिस्ट्रेसन गरेर लाइसेन्स लिनुपर्छ र निश्चित राजश्व तिर्नुपर्छ । नेपालमा संभव भएका परीक्षण विदेश पठाउन पाइँदैन । थायराइड टेष्ट नेपालमा नै संभव भएकाले यसलाई पूर्ण रुपमा विदेश लैजान रोक लगाइँदैछ । तर यसलाई बिस्तारै कम गर्दै जानुपर्छ । अहिले यस्ता सञ्जालहरु छाडा भइसकेका छन् । भिआईपीहरुलाई चाकडी गरेर काम शुरु गरिरहेका छन् । यसबारे स्वास्थ्य मन्त्रालय पनि बेखबर छ । कस्तो जिम्मेवारी भन्ने पनि अन्यौल छ । अब गाइडलाइन बनेपछि थाहा हुन्छ ।
अन्यत्र ल्याबमा जसरी पैसा असुलिन्छ, बास्तवमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको शुल्क पनि त्यस्तै हो ?
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको परीक्षण शुल्क एकदमै सस्तो छ । यहाँ एन्फ्लुएन्जा टेष्ट, जापानिज इन्सेफलाइटिस, मिजेल्स, रुबेला, क्षयरोग, मलेरिया आदि निःशुल्क टेष्ट गरिन्छ । मिर्गौला प्रत्यारोपण गरेकाहरुका लागि दुई महिनामा एकपटक निशुल्क परीक्षणको व्यवस्था छ । यहाँ एक सय ५० भन्दा धेरै परीक्षणहरु हुने गर्छ ।

NH
turup
प्रतिक्रिया दिनुहोस्