Logo
|
Saturday 20th April 2024
Logo

epaper

विश्वसनीय सेवा प्रथम पटक र हरेक पटक दिनुपर्छ



चिन्तामणि शर्मा प्रयोगशाला प्रमुख नेशनल रिफरेन्स ल्याबोरेटोरी (एनआरएल)
चिन्तामणि शर्मा
प्रयोगशाला प्रमुख
नेशनल रिफरेन्स ल्याबोरेटोरी (एनआरएल)

मान्छेहरुमा व्यक्तिगत सरसफाइमा चासो बढ्दै गएकाले सरसफाइसँग सम्बन्धित रोगहरु नियन्त्रण हुँदै आएका छन् । तर अहिले एचआईभी,हेपाटाइटिस सी, डेंगी, इबोलाजस्ता सयौं रोगहरु देखिन थालेका छन् । यो सभ्यता र जीवनशैलीले ल्याएका उपज हुन् । अहिले शरीर आफैंले उब्जाउने रोगहरु पनि बढ्दै गएका छन् । कतिपयमा व्यक्तिको लिभिङ स्टैण्डर्ड बढ्दै जाँदा रोगहरु घटेर गएका हुन्छन् भने लिभिङ स्टैण्र्ड बढ्दै जाँदा नयाँ नयाँ रोगहरु आउने क्रमपनि बढ्दो छ । यस्ता रोगहरुको सही पहिचान हुन जरुरी छ ।  यसै सेरोफेरोमा रहेर नेशनल रिफरेन्स ल्याबोरेटोरीका प्रयोगशाला प्रमुख चिन्तामणि शर्मासँग गरिएको संक्षिप्त कुराकानी ।
प्रयोगशाला के  हो ?
चिकित्सकले शंका लागेको रोग निक्र्यौल गर्न प्रमाण जुटाइदिने काम प्रयोगशालाको हो । यसमा केमेस्ट्री, हेमाटोलोजी, माइक्रोबायलोजी, हिस्टोप्याथोलाजी, साइटोलोजीलगायतका विभिन्न विधा पर्छन् । बिरामीका लागि भरपर्दो उपचारका भरपर्दो ल्याब टेष्टको आवश्यकता पर्छ ।
अहिले कुन रोगका बिरामी बढी सिफारिस भएर आउने गरेका छन् ?
अहिले धेरै हर्मोन सम्बन्धि रोगका बिरामी सिफारिस भएर आउने गरेका छन् । जस्तै सुगर, थायरोइड, क्यान्सर आदि ।  यिनलाई एडभान्स तहका टेष्ट मानिन्छ । हर्मोन गडबडीका कारण उत्पन्न रोगहरुले मुटु, कलेजो, मिर्गौला, मस्तिष्क, आँखा, कान जस्ता महत्वपूपर्ण अंग छुने गर्छ । बढ्दो तनावपूर्ण, जीवनशैली आदिले हर्मोनमा गडबडी ल्याइरहेका छन् ।
आउने नमूनाहरु चिकित्सकको सिफारिसमा आउँछन् वा सोझै ?
करिब १०—१५ प्रतिशत व्यक्ति होल बडी चेकअपका लागि सोझै आउने गरेका छन् । ८०—८५ प्रतिशत नमूना सम्बन्धित स्वास्थ्यकर्मीको सिफारिसमा प्राप्त हुने गर्छ । सिफारिस भएकामध्ये ४० प्रतिशत चिकित्सकको कागज लिएर आउँछन् भने ६० प्रतिशत सम्बन्धित संस्थामा संभव नभएका नमूनाहरु सिफारिस हुने गर्छन् । यहाँ दैनिक करिब ३०० वटा नमूना संकलन हुने गर्छन् ।
नेशनल रिफरेन्स ल्याबोरेटोरीका बारेमा बताइदिनुस् न ?
यो नेपालकै पहिलो विश्वस्तरको स्वास्थ्य परीक्षण प्रयोगशाला हो । २१ औं शताब्दीको प्रमाणमा आधारित स्वास्थ्य सेवाको अवधारणालाई नेपालमा, स्वास्थ्य संस्कृतिको रुपमा विकसित र स्थापित गर्ने हेतुले यस नेशनल रेफरेन्स ल्याबोरेटोरी अवधारणाको विकास भएको हो । यसको उद्देश्य राष्ट्रियस्तरमा स्वास्थ्य सम्बन्धि जागरण पैदा गर्ने र आम नागरिकलाई स्वस्थ भई बाँच्नुको महत्व बुझाउनु हो
यहाँ के कस्ता टेक्नोलोजीहरु छन् ?
यहाँबाट प्राप्त सम्पूर्ण नतिजाहरु  नवितम, उच्च एवं एकिकृत स्वचालित प्रविधिको प्रयोगबाट तयार गरिन्छ । वास्तविक रिपोर्ट गराउन मानवीय हस्तक्षेप यथासंम्भव कम गराइएको छ । सम्पूर्ण प्रणाली र प्रक्रियालाई प्रभावकारी बनाउन  नियमित क्यालिब्रेसन, भ्यालिडेसन तालिकिकरण हुने गर्छ ।
यसका विशेषताहरु के के हुन् ?
नवितम परीक्षणको व्यापकता, न्यूनतम समयमा नतिजा, प्रतिस्पर्धी न्यून शुल्क, मनमोहन मैत्रीपूर्ण वातावरण, पारदर्शी कार्यप्रणाली र शहरको केन्द्रमा अवस्थित यसका विशेषताहरु हुन् ।
यहाँ कस्ता जनशक्ति रहेका छन् ?
स्वास्थ्य प्रयोगशाला व्यवसायका उच्च, दक्ष, अनुभवी र संकल्पित वरिष्ठ प्राविधिहरुको एउटा कोर ग्रुप यस प्रणालीमा संलग्न रहेका छन् । यिनै व्यवसायिक वरिष्ठ स्वास्थ्यकर्मीहरुको अमूल्य योगदानका कारण वर्षेनी समसामयिक नविनतम परीक्षणहरु थप्दै सेवा विस्तार गर्न समेत अग्रणी रहन सफल भएका छौं ।
सर्वसाधारणलाई विश्वसनीय दिलाउन के कस्ता टेक्निक अपनाउनुभएको छ ?
हामीले अन्तर्राष्ट्रियस्तरमा नै स्वीकार्य स्टैण्र्ड ओपनिङ प्रोस्यूडरको कडाइका साथ पालना गरेका छौं र साथै विश्व स्वास्थ्य संगठनको न्यूनतम ल्याबोरेटोरी प्राक्टिसको मातहतमा रहेर कार्य गरिरहेका छौं । हामीले यथासम्भव एफडीए÷विश्व स्वास्थ्य संगठनबाट मान्यत प्राप्त उपकरण र रि—एजेन्टस् किट मात्र प्रयोग गर्ने नीतिअन्तर्गत रहेर प्रयोगशाला सञ्चालन गरिरहेका छौं ।
एनआरएलमा के के जाँच हुने गर्छ ?
यहाँ रुटिन टेष्ट दैनिक करिब १ सय र  २ सय वटा स्पेशल टेष्ट हुने गर्छ ।  हामीसँग टेक्नोलोजीको उपलब्धता नभएका धेरै स्पेशल मानिएका टेष्टहरुलाई विदेशतिर पठाउने गर्छौं । यहाँबाट दैनिक ४०—५० वटा नमूना विदेशतिर पठाइन्छ ।  यहाँ कार्डियाक प्रोफाइल, डायबिटिक प्रोफाइल, ओबिसिटी प्रोफाइल, फर्टिलिटी प्रोफाइल, टर्च प्रोफाइल, लिपिड प्रोफाइल, लिभर प्रोफाइल, आयरन प्रोफाइल, हेपाटाइटिस प्रोफाइल, थायराइड फंसन प्रोफाइल, ट्यूमर मार्कर, रेनल प्यानल, अटोइम्युन एस्से, हिस्टोप्याथोलोजी, साइटोप्याथोलोजी, बडी फ्ल्यूड एनालाईसिस, फंगस कल्चर, स्टोन एनालाइसिस, एचआईभी, इलेक्ट्रोलाइट, भिटामिन बी १२, फोलिक एसिड, थेराप्युटिक ड्रग, ड्रग्स अफ एब्युज, एचबीएवनसी, एएफबी कल्चर, माइक्रोएरोफिलिक कल्चर, भिटामिन डीलगायत अन्य थुप्रै विशिष्ठ परीक्षणहरु प्रतिस्पर्धी शुल्कमा न्यूनतम समययावधिमा परीक्षण गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्