Logo
|
Thursday 28th March 2024
Logo

epaper

मिर्गौलाको पत्थरी एकपटक शल्यक्रिया गरेपछि पुन बल्झिने भन्ने सुनेको छु ।



मिर्गौलाको पत्थरी एकपटक शल्यक्रिया गरेपछि पुन बल्झिने भन्ने सुनेको छु । यो के हो ?  यसबारे सम्बन्धित चिकित्सकबाट जानकारी गराइदिनुहोला ।
कान्ति, नेपालगञ्ज

डा.संजय खड्गी सिनियर कन्सल्टेन्ट युरोलोजिष्ट
डा.संजय खड्गी
सिनियर कन्सल्टेन्ट युरोलोजिष्ट

मिर्गौलामा पत्थरी हुनमा ८० प्रतिशत कारण व्यक्तिको आफ्नो रसायनिक प्रक्रियामा भर पर्छ । २० प्रतिशत कारण पानी कम पिउने, वंशाणुगत, प्याराथाइरोइड ग्रन्थीको बृद्धि, लामो समयसम्म झाडापखाला, जन्मजात मिर्गौलाको नलीमा अवरोध आदि हुन् ।  जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि मिर्गाैलामा पत्थरी हुनसक्छ । २ जना पुरुष बराबर एक जना महिलालाई मृगौलाको पत्थरी देखिने गर्छ । मृगौलाको पत्थरी २० देखि ४० वर्ष उमेर समुहमा हुनसक्ने खतरा रहन्छ । मिर्गौलाको पत्थरीको आकारका आधारमा उपचारका प्रविधिहरु अपनाइन्छ । ४ देखि ५ मि.मि.सम्मको पत्थरीलाई शल्यक्रिया गरिरहन आवश्यक पर्दैन । यो आफैं झर्ने संभावना ९० प्रतिशत हुन्छ । १ सेन्टिमिटरदेखि डेढ सेन्टिमिटरसम्मको पत्थरीलाई लेजरबाट इएसडब्लुएल (लिथोस्ट्रिप्सी) बाट झिकिन्छ । यस पद्धतिमा बाहिरबाट विकिरणले हानेर ढुंगा फुटालिन्छ । यसको सफल दर ७० प्रतिशत छ ।  डेढ सेन्टिमिटरभन्दा ठूलो पत्थरीमा आजभोलि चिर्न आवश्यक छैन । यसका लागि मिनिपिसिएनएल (किड्नी नजिकैको भागमा ५ मि.मि प्वाल बनाएर दूरबीन भित्र पठाएर पत्थरी फोड्ने र सबै बाहिर निकाल्ने) गर्नुपर्छ । यसलाई अहिलेको भरपर्दो प्रविधि मानिन्छ । एकपटक पत्थरी भइसकेको व्यक्तिलाई ५ वर्षपछि फेरि आउनसक्ने संभावना ५० प्रतिशत हुन्छ । त्यसैले पानी धेरै पिउने, नियमित अल्ट्रासाउन्ड गर्ने आदि गर्नुपर्छ । ८० प्रतिशत बिरामीको मृगौलाको पत्थरी कसरी भएको हो भन्ने कुरा थाहा हुँदैन । त्यसैले रोगको उपचार गर्नपूर्व रोग लाग्न नदिने उपाय  खोज्नुपर्छ । उमालेको र फिल्टर गरेको पानी प्रशस्त मात्रामा पिउने, नून कम खाने, ताजा फलफूल खाने, फलफूलमा केरा सुन्तला कागती धेरै राम्रो मानिन्छ । मिर्गौलाको पत्थरीका लागि अमिलो फलफूल राम्रो मानिन्छ । दूध दही कम खाने , चौसुर पालुंगो, मकै भट्मास, काँक्रो, गोलभेडा नखाने । माछा, मासु, काजु, पेस्ता,गेडागुडीलगायत प्रोटिन भएका चिज कम खाने । शारीरिक अभ्यास गर्ने ,प्रत्येक ६ महिनामा एकपटक अल्ट्रासाउन्ड गर्ने  आदिले केही हदसम्म भएपनि मिर्गौलाको पत्थरी हुनबाट बच्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्