Logo
|
Friday 19th April 2024
Logo

epaper

बढी आत्तिने र डराउने समस्या । यो के हो ? कसरी हुन्छ ?



डा. दीप प्रकाश मल्ल मनोचिकित्सक
डा. दीप प्रकाश मल्ल
मनोचिकित्सक

बिना कारण पनि बेला बेलामा म निकै आत्तिने गर्छु । यो  के हो ? कसरी हुन्छ ? जनस्वास्थ्य सरोकारमार्फत यो जिज्ञासा पठाएको छु । कृपया उपयुक्त जवाफको पखाईमा बसेको छु ।—कृष्णप्रसााद लामिछाने,पोखरा

यसलाई एन्जाइटी डिसअर्डर भनिन्छ । यस्तो अवस्थामा व्यक्ति  अस्वभाविक तरिकाले बढी अत्तिने, डर मान्ने, छट्पटिने, विनाकारण नै भयभीत हुने , बढी चिन्तित हुने , बेचैनी रहने ,मनमा धरै कुरा खेलाउने, मानसिक रुपमा नकारात्मक सोचाइ बढी आउने साथै शरीरका विभिन्न भागमा अफ्टयारो महसुस हुने  जस्ता लक्षण देखा पर्छन् । आत्तिने र डरलाग्ने रोगका विभिन्न प्रकार हुने गर्छन् । यसमध्ये प्यानिक डिस्अर्डरमा विना कारण एक्कासी डर मान्ने, मुटु ढुकढुक हुने, सास लिन गार्‍ह्रो पर्ने र अफ्टयारो लाग्ने, हातगोडा चिसो हुने, रिङ्गटा  चल्ने, हात काम्ने, पेट पोलेको  जस्तो, घाँटीमा केही अड्केको जस्तो , आफूलाई मर्छु होला वा लडेर बेहोस हुन्छु होला जस्तो, भयभीत र छाति  कस्सिएको जस्तो हुने गर्छ । त्यसैले, यस्तो हुँदा बिरामीलाई तुरुन्त अस्पतालको आकस्मिक कक्षमा पुर्‍याउनुपर्छ र बिरामीलाई अक्सिजन दिएर  राख्नुपर्ने अवस्था हुन्छ  ।  यसो गरेपछि बिरामी ठिक भएको महशुस गर्छ । तर  यस रोगको राम्रोसँग औषधि उपचार नगरिएमा फेरि  बल्झिने सम्भावना  रहन्छ । यो  रोग  वंशबाट पनि आउन सक्छ । यसका साथै  मद्यपान र लागू पदार्थ सेवनकर्ताहरुमा बढी देखिने गरेको पाइन्छ । तनाव , तनाव युक्त घटना, दुःखद समाचार र धैरै चिन्तित व्यक्तिहरुमा यो रोग लाग्ने बढी सम्भावना रहन्छ । त्यसैले  सम्बन्धित चिकित्सकबाट परार्मश लिने, फिजियोथेरापी, योगा, ध्यान गर्दा फाइदा हुन्छ । यसका साथै अनुचित बिचारको पहिचान गरी सुधार गर्न तिर लाग्नुपर्छ  । बिरामीको अवस्था पहिचान गरेर आवश्यक औषधोपचार गर्नुपर्ने आवश्यकता पनि हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस्