Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

डाक्टर छैनन्,सुत्केरी अकालमा मर्छन्



मोहन बाँनिया सभासद, नेकपा एमाले, मुगु

मुगु जिल्लाबाट संविधानसभामा सहभागी हुने म एकमात्र सभासद भएकाले यहाँका समस्या धेरै छन्, जुन राज्यको मूलधारसम्म सुनिएकै छैनन् । हरेक बर्ष अस्पताल र उपचारको अभावमा प्रसुती सेवा पाउन नसकी मृत्यु हुने महिलाहरुको संख्या अधिक छ । जिल्लामा १५ शैय्याको एकमात्र प्राथमिक उपचार केन्द्र भएपनि दक्ष चिकित्सक नबस्दा अकालमा ज्यान गुमाउनेको संख्या बढेको छ । बिरामीलाई उपचारका लागि नेपालगञ्ज सुर्खेत लैजानुपर्ने बाध्यता छ । यसका साथै ब्लड बैकको समस्या व्यापक रहेको छ । मैले त्यहाँको जनप्रतिनिधिको हैसियतमा सरकारसँग दुर्गम क्षेत्रका लागि अस्पताल सैय्या बढाउनुका साथै दरबन्दीलाई अनिवार्य कार्यान्वयनका लागि आग्रह गरेको छु । मुगु जिल्लामा धेरै जडिबुटी छन्,जसको प्रयोग गने हो भने औषधीको काम गर्छ । दुर्गमको दरबन्दीमा बसेर पढेपछि हरेक चिकित्सकले दुर्गममा बसेर सेवा गर्न कञ्जुस्याईं गर्न हुँदैन । निःशुल्कको नाममा केही औषधि मुगु जिल्लामा पुग्ने गरेपनि त्यहाँका जनतालाई यसले धान्न सक्दैन ।

प्रतिक्रिया दिनुहोस्