Logo
|
Saturday 21st September 2019
NEWS PAPER

डाक्टर सक्कली, उपकरण नक्कली



अप्रेशनपछि डाक्टरले जुत्ताचप्पलदेखि पंजा र मास्क फेर्नुपर्ने अन्तराष्ट्रिय नियम हो । यति सामान्य नियम पनि पालना नगरिनाले बिरामी जोखिममा पर्ने गरेका छन् । डाक्टरको ज्ञानले मात्रै आधुनिक उपचार सम्भव हुँदैन । यसका लागि अत्याधुनिक उपकरण तथा विभिन्न सामग्री पनि आवश्यक पर्छ । स्वास्थ्योपचारका अत्याधुनिक उपकरण उपलब्ध हुने भएकाले नै साधारण क्लिनिक र सुविधासम्पन्न अस्पतालमा फरक हुने हो । प्रभावकारी स्वास्थ्य सेवाका लागि गुणस्तरीय स्वास्थ्य सामग्रीको पनि उत्तिकै भूमिका हुन्छ । तर, नेपालमा कमसल खालका स्वास्थ्य सामाग्री एवं उपकरण भित्रिरहेका छन् । न्यून गुणस्तरका स्वास्थ्य सामग्रका कारण मुलुकको वास्थ्य क्षेत्रमा जोखिम बढ्दै गएको छ । स्वास्थ्य सामाग्री तथा उपकरण सम्बन्धमा नेपालमा कुनै खास कानून छैन । कानुनविहीनताको फाइदा उठाउँदै कतिपय नीजि अस्पतालले न्यून गुणस्तरका तथा नक्कली स्वास्थ्य सामग्री तथा उपकरण पनि प्रयोग गर्ने गरेका छन् । स्वास्थ्य क्षेत्र यस्तो क्षत्र हो जहाँ सस्तो भन्दा गुणस्तर मुख्य हुन्छ ।
कानुन नभए पनि
कमसल सामाग्री तथा उपकरणबाट बिरामीको रोग पहिचान गर्दा त्यो सही नहुन सक्छ । सहि ढंगले रोग नै पहिचान भएन भने उपचार कसरी हुन्छ भन्ने गम्भिर प्रश्न आफ्नो ठाउँमा छ । न्यून गुणस्तर तथा नक्कली उपकरण तथा अन्य किसिमका स्वास्थ्य सामग्रीले तत्काल कुनै किसिमको असर वा प्रतिक्रिया नदेखाए पनि दिर्घकालीन रुपमा ठूलो दुष्प्रभाव देखिने स्वास्थ्य सम्बन्धी विज्ञहरुले औल्याएका छन् ।
आधुनिक स्वास्थ्योपचारमा विभिन्न सामग्री तथा उपकरणको सहयोगले मात्र डाक्टरले प्रभावकारी उपचार गर्न सक्छ । उपकरण तथा मेसिननै कमसल र नक्कली भएमा त्यस्ता मेसिनबाट आउने रिपोर्ट पनि सही नहुनु स्वाभाविक हो । गलत रिपोर्टका आधारमा उपचार अगाडि बढाउँदा बिरामीको ज्यान समेत जान सक्छ ।
नेपालमा कानुन अभाव भए पनि स्वास्थ्य सामग्रीमा मनपरी र खेलवाड गर्न पाइन्न । यस्तो गर्न अन्तराष्ट्रिय कानुन र मापदण्डहरुले निषेध गर्छ । कुनै पनि मुलुकमा कानुनको अभाव छ भने मुख ताक्ने हो विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० को । डब्लूएचओले निर्धारण गरेको मापदण्ड अनुसारको स्वास्थ्य सामग्री मात्र प्रयोग गर्न पाइन्छ । स्वास्थ्य क्षेत्रलाई ध्यानमा राखेर डब्लूएचओले विभिन्न किसिमका मापदण्ड बनाएको छ र उपकरण सम्बन्धमा पनि त्यस्ता मापदण्डहरु रहेका छन् । स्वास्थ्य सम्बन्धी उपकरण तथा विभिन्न सामग्री सम्बन्धमा पनि डब्लूएचओका मापदण्ड छन् । विश्वका अधिकांश मुलुकले त्यस्तो मापदण्डलाई नै अपनाउने गरेका छन्, नेपालले पनि डब्लूएचओका यावत किसिमका मापदण्डलाई मान्यता दिएको छ तर मापदण्ड अनुसारको सेवा भने जनतालाई दिन सकेको छैन । अहिले आएर त झन स्वास्थ्य सम्बन्धी उपकरण नै न्यून गुणस्तर र नक्कली आउन थालेको छ ।
माफिया चलखेल
स्वास्थ्य जस्तो अति संवेदनशील र जोखिमपूर्ण क्षेत्रमा प्रयोग हुने सामग्री तथा विभिन्न उपकरण सम्बन्धमा सरकारले कुनै नीति बनाएको छैन । स्वास्थ्य सामाग्री तथा उपकरणको आयात अस्पताल संचालकहरुले आफूखुसी ल्याउने गरेका छन् । मुलुकमा वार्षिक अबौं रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री तथा उपकरण आयात हुने गरेको छ । यसरी आयात हुने उपकरणको जाँच तथा अनुगमनको प्रभावकारी व्यवस्था छैन । अस्पतालका सञ्चालकहरुलाई जस्तो खालको स्वास्थ्य सामाग्री तथा उपकरणहरु ल्याउन मन छ, उनीहरु त्यस्तै ल्याउन पाउँछन् । चाहे त्यो सामग्री तथा उपकरण वा मेसिनले मापडण्ड पुरा गरेको होस् वा नहोस् । गुणस्तरहीन स्वास्थ्य सामग्री भित्रिनमा नीजि क्षेत्रका अस्पतालको थोरै लगानीमा धेरै कमाउने प्रवृत्ति र सरकारी अस्पतालको हकमा कमिसनको खेल जिम्मेवार रहेको वीर अस्पतालका डा। सुनिल श्रेष्ठ बताउँछन् । साथै उनले भने ँयस्ता उपकरणबाट बिरामी जाँच्दा बिरामीलाई बिस्तारै बिस्तारै असर परिरहेको छ र यो स्लो प्वाइजन जस्तै हो ।ू देखिदा कुनै असर देखिदैन तर पछि यसले ठूलै असर गर्ने उनी बताउँछन् । उनले धेरै देशमा स्वास्थ्य जस्तो गम्भिर क्षेत्रलाई सरकार आफैले नियन्त्रणमा लिएर नागरिकलाई स्वास्थ्य सेवा दिरहेको बताउँदै नेपालमा पनि त्यस्तै गर्नुपर्नेमा जोड दिए । यदि त्यस्तो नभएको खण्डमा कुनै पनि कानूनले स्वास्थ्य क्षेत्रमा अहिले भइरहेको माफियाहरुको चलखेललाई रोक्न नसक्ने ठोकुवा गरे ।
सीमामा गडबडी
नेपालमा गुणस्तरीय स्वास्थ्य उपकरण प्रयोग गर्ने अस्पताल नभएका होइनन् । गुणस्तरीय उपकरण आयात तथा विक्री वितरण गर्ने व्यापारिक संस्था पनि धेरै छन् । तर, नक्कली र कमिसनमुखी काम गर्नेहरुका अगाडि उनीहरु निरीह बन्दै गएका छन् । स्वास्थ्यका केही माफियाले स्वास्थ्य क्षेत्रलाई लक्षित गरेर सिमावर्ती भारतीय बजार जोगवनी, रक्सौल लगायतका ठाउँहरुलाई आफ्नो कर्मभूमि बनाएर विभिन्न कम्सल खालका स्वास्थ्य सामाग्री तथा उपकरण निर्माण गर्दै आएका छन् । त्यस्तो स्वास्थ्य सामाग्री तथा उपकरण नेपाली बजारमा आउने गरेको बताउछन्, बायोमेडिकल इन्जिनियरिङ्ग एशोसियसन अफ नेपालका उपाध्यक्ष तथा कान्ति बाल अस्पतालका मर्मत संभार अधिकृत रोशन बज्राचार्य । नेपाल भारत खुला सीमा र नेपाली भन्सारमा स्वास्थ्यका विशेषज्ञको अभावले पनि स्वास्थ्य क्षेत्रका माफियाहरुले गैर कानूनी र न्यून गुणस्तरका सर-सामान नेपाल पठाउँदै आएका छन्, कम भन्दा कम मूल्यमा । जसले गर्दा आम नेपालीको स्वास्थ्यमा ठूलो असर परिरहेको छ । उपाध्यक्ष बज्रचार्य भन्छन्, ँनेपाल आउने ७५ प्रतिशत स्वास्थ्य सामाग्री तथा उपकरण कमसल र नक्कली छन् ।ू
उपचार गर्ने डाक्टर सक्कली भए पनि उपकरण नक्कली भएपछि कसरी नेपालीले सहि उपचार पाउँछन् भन्ने गम्भीर प्रश्न उठेको छ । नक्कली र न्यून गुणस्तरका स्वास्थ्य सामग्री ठूलो समस्याको रुपमा देखिन थालेकोमा मेडिकल सप्लायर्स एशोसीएसन नेपालका महासचिव सुरेश घिमिरे पनि चिन्ता ब्यक्त गर्छन् । उनी भन्छन्, ँअहिले नेपालमा स्वास्थ्य साम्रागी तथा उपकरणको व्यापार आलु प्याजको व्यापार भन्दा पनि तल्लो स्तरबाट भइरहेको छ, यसो हुनु राम्रो होइन ।ू यसलाई व्यवस्थीत गर्न सरकारले नै ठोस कानून ल्याउनु पर्ने विचार घिमिरेको छ । घिमिरे स्वास्थ्य सामग्रीमा देखिएका समस्याका चारवटा मुख्य कारण निम्न बताउँछन्
-स्वास्थ्य सामाग्री तथा उपकरणहरुको विषयमा नीति नहुनु ।
-नेपाल भारत खुला सिमा ।
-स्वास्थ्य प्राविधिकको कुनै खास योग्यता निर्धारण नहुनु ।
-अस्पताल संचालकहरु सस्तो उपकरणको पछाडि दौड्नु ।
समस्या यस्ता हुँदाहुँदै पनि पछिल्लो केही समय यता कमसल र नक्कली स्वास्थ्य सामाग्री तथा उपकरण केही हदसम्म नियन्त्रणमा आइरहेको घिमिरेको दावी छ । त्यस्तै नागरिक न्यायायीक उपभोक्ता मञ्चका अध्यक्ष सहदेव गौतमले भने ँस्वास्थ्य जस्तो अति गम्भिर क्षेत्रमा पनि वर्षौदेखि उपकरण मार्फत जुन किसिमले जनस्वास्थ्यमा खेलबाड भइरहेछ, त्यसबारे सम्बन्धीत निकायले ध्यान दिनुपर्छ ।’ उनी भन्छन्, ँयसबाट के देखिन्छ भन्ने अस्पतालका संचालकहरु सस्तो स्वास्थ्य सामाग्री तथा उपकरण वा मेसिन ल्याएर त्यस्तो खालको मेसिनबाट उपचार गर्दा सिधै उपभोक्ताको स्वास्थ्यमा असर परिरहेको छ, अर्थात्, अहिले मृत्युको व्यापार भइरहेछ किनभने कमसल तथा नक्कली मेसिनको रिपोर्ट हेरेर डाक्टरले औषधी लेख्छन्, यदि रिपोर्ट गलत आयो भयो औषधी पनि गलत हुन्छ, गलत औषधी खाएपछि के हुन्छ भन्ने विषयमा तपाई हामी आफै अनुमान गर्न सक्छौं ।’
नेपालमा अहिले नीजि र सरकारी गरी १ सय भन्दा बढी ठूला अस्पताल छन् । ससाना अस्पताल तथा क्लिनिक पनि धेरै छन् । नीजि क्षेत्रका अस्पतालमा के कस्तो स्वास्थ्य साम्राग्री तथा उपकरणहरु छन् भन्ने जानकारी सरकारलाई छैन । केही नीजि तथा सरकारी अस्पतालमा मात्र स्वास्थ्य साम्रागी तथा उपकरणहरु गुणस्तरीय छन् । त्यस्ता अस्पतालले राम्रो सेवा पनि दिएका छन् । तर, त्यो भन्दैमा ढुक्क हुने अवस्था छैन, मुख्य कुरा सरकारको अनुगमन र नियन्त्रण प्रणाली हो, यो मामिलामा सरकार कमजोर छ ।
पंजा र जुत्ताचप्पल समेत
उपचारका क्रममा डाक्टरले प्रयोग गर्ने सामान्य किसिमका सर-सामान पनि डब्लूएचओले निर्धारण गरेको मापडण्ड अनुसार हुनुपर्छ । तर, डाक्टरले अप्रेशन रुममा प्रयोग गर्ने ड्रेस, मास्क, पंजा, जुत्ता-चपल लगायतका सामान्य किसिमका सामानमा समेत मापदण्ड पूरा गरिँदैन । हरेक अप्रेशनपछि डाक्टरले जुत्ताचप्पलदेखि पंजा र मास्क फेर्नुपर्ने अन्तराष्टिय नियम हो । यति सामान्य नियम पनि पालना नगरिनाले बिरामी जोखिममा पर्ने गरेका छन् । शिक्षण अस्पताल महाराजगंजका एक डाक्टर नाम नबताउने शर्तमा भन्छन्, ँनेपालमा डाक्टरले अप्रेशन गर्दा प्रयोग गर्ने विभिन्न सर-सामान दिनभरि लगाउछन्, जति जनाको अप्रेशन गर्दा पनि त्यहि लगाएको हुन्छ, तर त्यो गर्न मिल्दैन ।
प्रचलित स्वास्थ्य उपकरण तथा सामानहरु
-एक्स-रे मेसिन
-आइसियूमा प्रयोग हुने भेन्टीलेटर
-बिरामीको अप्रेशनका लागि प्रयोग गर्ने कट्रि मेसिन
-फोरसेफ
-अस्पतालमा प्रयोग गर्ने विभिन्न खालका ग्यास पाइपहरु
-मान्छेको हात खुट्टा भाचिदाँ प्रयोग हुने विभिन्न खालका रडहरु
-पंजा
-माक्स
-ओटी गाउँन
-विपि एस्टुमेन्ट
-अस्पतालमा प्रयोग हुने विभिन्न खालका बेडहरु
-अप्रेशन पश्चात प्रयोग गर्ने धागो तथा सुचर
-ब्रुकर एक्सर
-सिमिन्स् नौं सय सिबी भेन्टीलेटर
-किट, चिकित्सा सहायक उपकरण

मेड इन ँरक्सौल’
केही वर्ष अघिसम्म बेलायत, स्विजरल्याण्ड, बेल्जियम, अमेरिका, पाकिस्तान लगायतका मुलुकमा बनेका सामान आयात हुन्थ्यो । ती सामान अहिले पनि नेपालका केही पुराना सरकारी अस्पताल र नीजि क्षेत्रबाट संचालनमा आएका केही ठूला अस्पतालमा देख्न सकिन्छ । ति स्वास्थ्य सामाग्री तथा उपकरणको मूल्य लाखौं लाख रुपैयाँ पर्छ । तर अहिले नेपाली बजारमा भित्रिरहेका कतिपय स्वास्थ्य साम्राग्री तथा उपकरण भारतको बिहार राज्य अन्तर्गत जोगबनी र रक्सौलमा निर्मित छन् । नेपाली स्वास्थ्य बजारलाई लक्षित गरेर विदेशमा नाम चलेका विभिन्न कम्पनीको लोगो अंकित सामान त्यहाँ खुलेआम बनाइन्छ र नेपाल पठाइन्छ ।
रोशन बज्रचार्यका अनुसार ँपहिला गुणस्तरीय र सक्कली फोरसेफ भारत र पाकिस्तानबाट आउँथ्यो, तर अहिले त्यही फोरसेफ तिनै कम्पनीको लोगो लगाएर जोगबनी र रक्सौलमा बनाइन्छ । छुट्याउनै गाह्रो भयो कुन सक्कली र कुन नक्कली हो भनेर ।ू उनी फेरि थप्छन् -ँपहिला अधिकांश स्वास्थ्य सामग्री तेस्रो मुलुकबाट नेपाल आउँथ्यो तर अहिले त्यस्तो छैन । जुनसुकै देशको स्वास्थ्य सामाग्री जोगबनी र रक्सौलमा नक्कली बनाइन्छ । उनी उदाहरण दिँदै भन्छन्, ँराजधानीको धेरै अस्पतालमा रक्सौलमा निर्मित एक्स-रे मेसिन छन्, त्यसले जस्तो क्वालिटिको एक्स-रे गर्नुपर्छ त्यस्तो गर्दैन । मानौं ँ५० प्रतिशत रेजुलेसन राखेर एक्स-रे गर्नु पर्‍यो तर अहिल धमिलो देखियो, त्यसपछि अलि बढाएर एक सय प्रतिशत बनाइयो, एक्स-रे त राम्रो आयो तर यसबाट सिधा बिरामीलाइ असर परिरहेको हुन्छ । त्यस्तै हात खुट्टा भाचिदाँ प्रयोग गर्ने रडहरु पनि कम्सल खालको आयात भएका छन् ।’

सरकारलाई थाहा छैन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको चिकित्सा महाशाखाका प्रमुख डा। तीर्थराज बुर्लाकोटी भन्छन्, ँनेपालमा स्वास्थ्य सामाग्री तथा उपकरणको विषयमा छुटै कानून छैन्, त्यसकारण त्यस्ता साम्रागी तथा उपकरणलाई कानूनी दायरामा ल्याउन गाहे भएको छ । हामीले कानुनको मस्यौदा बनाएर मन्त्रीपरिषद्मा पठाएका छौं, त्यसलाई छिट्टै कानूनी रुप दिन्छौं ।ू डा। बुर्लाकोटीले नेपाल आउने नक्कली उपकरणको बारेमा भने, ँअहिलेसम्म त्यस्तो खालको गुनासो छैन्, बिहारको जोगबनी र रक्सौलमा विभिन्न कम्पनीहरुको लोगो अंकित मेसिन बन्छ भन्ने विषयमा पनि मलाई केही जानकारी छैन ।ू यदि त्यस्तो हो भने सरकारले त्यस्ता सामाग्री तथा उपकरण नियन्त्रणमा लिएर कानूनी कारबाही गर्नुपर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
अहिलेसम्म नेपाल स्वास्थ्य सामाग्री तथा उपकरणहरुको विषयमा सरकार गम्भिर थिएन । तर, केही समय अघि मात्र यी कुराहरुलाई पनि डब्लूएचओको मापडण्ड अनुसार नै स्वास्थ्य सामाग्री तथा उपकरणहरुलाई निगरानी गर्न, एकरुपता ल्याउन र गुणस्तरीय स्वास्थ्य सेवा दिनका लागि औषधी व्यवस्था विभाग अन्तर्गत छुट्टै एउटा सेल राख्न लागेको समेत बुर्लाकोटीले भन्नुभयो ।

कानून दायरामा ल्याऊ
सरकारले स्वास्थ्य सामाग्री तथा उपकरण आयात व्यवस्थित गर्न एक कानुन बनाउन लागेको छ । सो कानुनको मस्यौदा निर्माणका क्रममा नीजि क्षेत्र, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विभिन्न विशेषज्ञ डाक्टरहरुसँग पनि छलफल गरिरहेको छ । ँस्वास्थ्य सामाग्री तथा उपकरण नीति २०६९ू नाम दिइएको सो कानुनको मस्यौदा अहिलेसम्म मन्त्रिपरिषद्बाट अनुमोदन भएको छैन ।
कस्तो खालको स्वास्थ्य सामाग्री तथा उपकरण अस्पतालले राख्ने पाउने र त्यसले दिएको सेवा कति गुणस्तर छ कि छैन भन्ने अध्ययन गरिनुपर्छ । अध्ययनका लागि सरकारले एउटा छुटै स्वास्थ्य सामाग्री तथा उपकरणहरुको अनुगमन समिति समेत बनाउन जरुरी देखिन्छ । त्यस्तो समितिमा विशेषज्ञ डाक्टरहरु, बायोमेडिकल इन्जिनियरहरु लगायतका पनि राख्नु पर्छ । हुन त ँस्वास्थ्य सामाग्री तथा उपकरण नीति २०६९ू आफैमा पूर्ण छैन । तैपनि स्वास्थ्य सामाग्री तथा उपकरणहरुलाई कानूनी दायरामा ल्याउने सरकारको प्रयास भने सकारात्मक छ ।

NH
turup
प्रतिक्रिया दिनुहोस्