Logo
|
Thursday 19th September 2019
NEWS PAPER

स्वाइनफ्लु संक्रमणले दिनहुँ ४ जना आईसीयूमा



काठमाडौ, चैत्र ८, राजधानीका अस्पतालहरूमा दिनहुँ ४ जना स्वाइनफ्लु संक्रमितहरू आईसीयू वा भेन्टिलेटरमा पठाइने गरेको छ । स्वाइन परीक्षणका निम्ति राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा दिनहुँ आउने नमुनामध्ये सरदर ४ वटा आईसीयू वा भेन्टिलेटरमा उपचाररत बिरामीहरूको हुनेगर्छ । स्वाइन संक्रमण गर्मीसँगै घट्नुपर्ने हो तर अझै कम भएको छैन, जनस्वास्थ्य प्रयोगशालाका एक विज्ञले कान्तिपुरसँग भने, दिनहुँ ३ देखि ४ जनासम्म त आईसीयूरभेन्टिलेटरकै संक्रमितको परीक्षण गर्छौं ।

सरकारी तथ्यांकअनुसार मुलुकमा गत बिहीबारसम्म प्रयोगशाला प्रमाणित संक्रमितको संख्या ३ सय २७ पुगेको छ । स्वाइनफ्लुबाट दुई महिला र दुई पुरुष गरी चार जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेको उमेर ४२ देखि ४८ वर्षसम्म छ । सरकारी चिकित्सकहरूले नै यो संख्या वास्तविक नभएको औंल्याउँदै आएका कान्तिपुरमा अतुल मिश्रले लेख्नुभएको छ ।

स्वाइनले अवस्था बिग्रेर आईसीयूमा भर्ना भएका वा मृत्यु भएकाको प्रमाणिक जानकारी सरकारी निकायमा पुग्दैन कि जस्तो लाग्छ, शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल, टेकुका डा.शेरबहादुर भन्छन् ।

शुक्रबार पनि करिब सय जना जति स्वाइनसम्बन्धी परामर्श लिन अस्पताल आएका थिए, डा.पुन भन्छन्- बिरामीको चापलाई हेर्दा मलाई स्वाइनको फैलावट हाल खासै कम भएको जस्तो लाग्दैन ।

बेमौसमी वषर र तापक्रम तल झरेका कारणले समेत स्वाइन विस्तारको लागि अनुकूल वातावरण बनाइरहेको छ । स्वाइनको भाइरस चिसोमा बढी प्रभावकारी हुन्छ । गर्मीसँगै यसको असर कम हुन थाल्छ । चिसो र गिलो अवस्थामा स्वाइनको भाइरस सक्रिय हुन्छ ।

स्वाइनलगायत मौसमी रुघाखोकीको संक्रमण सामान्यरूपमा गर्मी लागेपछि कम हुने भए पनि हाल त्यस्तो स्थिति नदेखिएको एक भाइरोलजिस्टले बताए ।

हाल गर्मीयाम सुरु भइसकेको भारतका सहरहरूमा समेत स्वाइनको प्रकोप बन्द भएको छैन,ु उनले भने । भारतमा स्वाइनले करिब दुई हजारको मृत्यु भइसकेको छ । मुलुकको राजधानी, पहाडी इलाकासहित तराई क्षेत्रमा समेत स्वाइन देखिइरहेको छ । राजधानीको न्यूनतम तापक्रम १३र१४ डिग्री सेन्टिग्रेडभन्दा माथि गएपछि स्वाइन फ्लुको संक्रमण दर कम हुने धारणा विज्ञहरूको छ । राजधानीमा अझ दुई सातासम्म स्वाइन समस्याको रूपमा देखिन सक्छ । त्यसपछि न्यूनतम तापक्रम बढ्ने भएकाले कम हुन्छ, इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.बाबुराम मरासिनी भन्छन्, तराईमा हाल स्वाइनको समस्या पहिलेको दाँजोमा कम भइसकेको छ । तर उच्च पहाडी भेगमा चैतभरि रहन सक्छ । स्वाइनफ्लुको मुख्य लक्षण एक सय एक डिग्रीभन्दा बढी ज्वरो तीनरचार दिनभन्दा बढी रहनु, सास लिनमा समस्या, छातीमा दुखाइ, रुघा(खोकी र कफ, सुस्ती, थकाइ, बान्ता र भोक नलाग्नु हुन् । डा।पुनका अनुसार कडा रूपमा संक्रमण देखिन सक्ने सम्भावना भएकाहरूलाई लक्षण देखिएको ४८ घण्टाभित्रै एन्टिभाइरल औषधि दिनु आवश्यक हुन्छ । यो औषधिले रोगको तीव्रतालाई कम गर्छ । कडारूपमा स्वाइन देखिने बिरामीहरूलाई तुरुन्त अस्पताल भर्नासमेत गर्नुपर्छ ।

चिकित्सकहरूका अनुसार दम, श्वास रोगको समस्या भएकाहरूलाई संक्रमण हुने बढी खतरा हुन्छ । यस्तै मधुमेह, मुटु, कलेजो र स्नायु रोग भएकाहरू समेत संक्रमित हुने उच्च जोखिममा रहन्छन् । गर्भवती महिला, बुढापाका र पाँच वर्षमुनिका बालबालिकामा यो संक्रमणको खतरा अन्यको दाँजोमा बढी हुन्छ । एचआईभीरएडस वा अन्य कारणले रोग प्रतिरोधक क्षमता कम भएकाहरू पनि स्वाइनको उच्च जोखिममा हुन्छन् ।

डा संक्रमणका लक्षण

पहिलो दिन-हाच्छिउँ, जिउ दुखाइ, खोकी

दोस्रोदेखि चौथो दिन-तीव्र ज्वरो, सास फेर्न असजिलो, पहेंलो खकार, बढी हाच्छिउँ ।

पाँचदेखि सातौं दिन-सासमा समस्या बढ्छ

सातौंदेखि दसौं दिन-श्वासप्रश्वास प्रणाली फेल हुन्छ, बिरामीको मृत्यु हुन्छ

NH
turup
प्रतिक्रिया दिनुहोस्