Logo
|
Saturday 21st September 2019
NEWS PAPER

रोगीको आँसुः डाक्टरको रुमाल



DR_Prakash
डा. प्रकाशराज रेग्मी बरिष्ठ मुटुरोग विशेषज्ञ

रोगीलाई जाँचिसकेपछि उसको अभिभावकलाई बोलाएर डाक्टरले भन्न थाल्छन् ‘तपाईको छोरालाई ¥युमाटिक मुटुरोग भएको छ । मुटुको एउटा भल्भ खराब छ । लामो समय सम्म औषधि खानुपर्छ ।’
छातिको एक्सरे, मुटुको भिडियो एक्सरे (इकोकार्डियोग्राफी ), ई.सी.जी., रगतको जाँच आदि गराउनुस्, यस कागजमा लेखिएको सुई लगाइदिनुस् र औषधि खुवाउनुस् । सबै परीक्षणहरु गराएर अर्को हप्ता रिपोर्ट देखाउन आउनुस् । रिपोर्ट हेरेर मुटुको अप्रेसन गर्नुपर्छ कि पर्दैन, भनौँला । यति भनिसकेपछि डाक्टरले अर्को बिरामी जाँच्न थाल्छ । राम बहादुर आफ्नो रोगी छोरो कृष्णेलाई समाएर कोठाबाट बाहिर निस्कन्छ । उसले केही पनि बुझ्दैन । ढोकाको पालेलाई डाक्टरले लेखिदिएको पुर्जीबारे सोध्छ । पालेले झर्कदै एक्सरे र अन्य परीक्षणहरु गर्ने ठाउँहरुको बाटो देखाइदिन्छ । आफ्नो खल्ती रित्याएर डाक्टरले लेखिदिएको परीक्षणहरु पूरा गर्छ । डाक्टरले रिपोर्टहरु हेरिसकेपछि लामो सास फेर्दै भन्छन्–‘तपाईको छोराको मुटुको माइट्रल भल्भ खराब भएको छ, जति सक्यो चाँडो अप्रेसन गरेर कृत्रिम भल्भ हाल्नुपर्छ, अन्यथा रोगीलाई औषधि मात्र खुवाएर ठीक हुँदैन । यो ठूलो अप्रेसन हो, नेपालमा हुँदैन, दिल्ली अथवा भेलोर जानुपर्छ । कम्तीमा ३ देखि ५ लाख रुपियाँ सम्म लाग्छ ।’ यत्रो पैसा त म जुटाउन सक्दिनँ, मेरो छोरालाई बचाइदिनुस् डाक्टर साहेब भनेर राम बहादुर रुन थाल्छ । डाक्टरले रामबहादुरको छोरालाई अप्रेसन गराइदिन पनि सक्दैन, औषधि दिएर निको पार्न पनि सक्दैन, बस सल्लाह मात्र दिन सक्छ जुन सल्लाह रामेले कार्यान्वयन गर्न सक्दैन । रामेको आँसुले भरिएको अनुहारलाई डाक्टरले एकटकले हेरी मात्र रहन्छन् कि कर्तव्यविमुढ भएर ।
यो कुनै उपन्यासको अंश होइन किन्तु डाक्टरी पेसामा हाम्रो जस्तो गरिब मुलुक र सीमित उपचार सुविधा भएको ठाउँमा दैनिकजसो घटिरहने एउटा सामान्य घटनाको झलक हो । रामबहादुर जस्ता थुप्रै नेपालीहरु छन् जो गरिबीको कारण उपचार गराउन नसकेर आफ्ना छोराछोरीहरुलाई युवावस्थामै मृत्युको मुखमा पुगेको हेरिरहेका छन् ।
रामेले एक पल्ट कता हो कुन्नि सुनेको थियो मुटुको रोग धनीलाई, अलि उमेर छिप्पिसकेकालाई मात्र लाग्छ रे भन्ने । यो पनि सुनेको थियो कि काम नगर्ने, चुरोट पिउने, चिल्लो, बोसो बढी खाने सहर बजारमा बस्नेलाई बढी मात्रामा मुटुको रोगले छुन्छ भन्ने । उसको छोरा कृष्णे पहाडमै जन्म्यो, पहाडमै हुक्र्यो, भर्खर १५ बर्षको भयो, चुरोट खाँदैन, मासु खान दशैँ कुर्नुपर्छ तैपनि उसलाई खतरनाक मुटुको रोगले छोयो । आखिर कसरी उसले बुझ्नै सकेन । हो , मुटुको रोगका बारेमा गलत प्रचार गरिएको छ, यो धनी र उमेर ढल्केकालाई मात्र लाग्छ भन्ने । त्यस्तै चिनी धेरै खाएमा चिनी रोग र नुन धेरै खाएमा मुटुको रोग लाग्छ भन्ने प्रचार पनि गलत छ । पहाडमा हुर्केको कृष्णेलाई मुटुको रोगले कसरी छोयो त ? उसको व्यथाको कथा जति रोचक छ उत्तिकै मार्मिक पनि छ ।
१० बर्षको उमेरमा कृष्णेलाई घाँटी दुखेको थियो, जुन नुन पानी खाएर ठिक भयो । त्यसको ४ हप्तापछि उसलाई ठूलो ज्वरो आयो अनि खुट्टाका जोर्नीहरु पनि एक पछि अर्को गर्दै दुख्ने र सुन्निने भयो । हिड्नै नसक्ने भएपछि रामबहादुरले छोरालाई हेल्थ पोस्टमा पु¥यायो । हेल्थ पोस्टका साना डाक्टर अ.हे.व. ले ज्वरोका लागि सिटामोल र जोर्नी दुखेकाको लागि ब्रुफेन दिए । ७ दिन पछि रोग ठिक भयो । ४ महिनापछि ठीक यस्तै ज्वरो फक्र्यो । रामेले आफैँ सिटामोल र ब्रुफेन ल्याएर खवायो । डाक्टर देखाउने आवश्यकता नै ठानेन । कृष्णेलाई ठीक पनि भयो । रामे दङग प¥यो आँफै डाक्टर भएकोमा । ६ महिनापछि उसलाई फेरि ज्वरोले समायो तर यस पटक भने उसलाई मुटु हल्लिने र स्याँ स्याँ पनि भयो । खुट्टा सुन्निएर आयो । हेल्थ पोस्ट पु¥याएपछि अ.हे.व. ले जिल्ला अस्पतालतिर पठाइदिए । अस्पतालमा उसको उपचार भयो । इन्चार्ज पुर्जिमा खाने चक्कीहरु लेखिएको थियो तर सुई लगाउने सल्लाह दिएको थिएन । जस्तो सल्लाह पायो बिरामीले त्यस्तै ग¥यो अर्को पल्ट बिरामी पर्दा रामेले घरका गाईवस्तु बेचेर छोरालाई उपचार गराउन काठमाण्डौँ ल्यायो जहाँ लाखौं रुपियाँ खर्च गरेर उपचारका लागि दिल्ली पु¥याउनुपर्ने सल्लाह उसले पायो । आखिर उपचार गर्दागर्दै पनि किन यस्तो भयो त ? -2792
¥युमाटिक मुटुको रोग सूक्ष्म जीवाणुका कारण लाग्छ, जसले सुरुमा घाँटी दुखाउँछ, त्यसको केहि हप्तापछि ज्वरो आउने, जोर्नीहरु दुख्ने र सुन्निने हुन्छ अनि अन्त्यमा मुटुको भल्भलाई नष्ट पार्छ । भनिन्छ कि यसले जार्नीलाई चाट्छ तर मुटुलाई टोक्छ । ठीक समयमा सो जीवाणुलाई नष्ट पार्न एन्टिबायोटिक पेनिसिलिन प्रयोग गरिएको खण्डमा र एक पटक यो रोगले छोएपछि अनिश्चितकालसम्मका लागि ३ हप्ते पेनिसिलिनको सुई लिने गरेको खण्डमा यो रोग बढ्न पाउँदैन र मुटुको भल्भलाई जोगाउन सकिन्छ । कृष्णेले सुरुदेखि नै उचित सल्लाह पाएन । हेल्थ पोष्ट र जिल्ला अस्पताल कतैबाट पनि सुई लगाउने सल्लाह लिएन । जब विशेषज्ञको सल्लाह उसले पायो, तब ढिला भइसकेको थियो । १५ रुपियाँको सुईले हुने कामका लागि लाखौँ रुपियाँको आवश्यकता पर्ने भयो । ज्यान खतरामा प¥यो । यसका लागि दोषी को ? रामबहादुरको गरिबी र अज्ञानता अथवा स्वास्थ्यकर्मी ? यसका लागि निश्चय पनि ती स्वास्थ्यकर्मीहरु बढी मात्रामा दोषी छन् जसले कृष्णेलाई समयमै उचित सल्लाह दिएनन् । गरिब कृष्णे प्रति शायद कान्छालाई जस्तो व्यवहार गरियो, जुन स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा नहुनु पर्ने हो । हामीले कहिले सम्म रोगीको अज्ञानता र गरिबीलाई दोष दिने? गलत काम गर्ने चिकित्साकर्मी र समस्यालाई गम्भीरतापूर्वक नलिने सरकारी निकायका विरुद्ध पनि आवाज किन नउठाउने ?
नेपालमा त्यस्ता असङ्ख्य रामबहादुर र कृष्णे छन्, जो अज्ञानता र गरिबीको शिकार भएका छन् । खल्तीमा ५ रुपियाँ बोकेर ५ लाख बराबरको रोग लिएर हिँडेका छन् । तिनीहरु डाक्टरबाट यस्तो सल्लाह पाउँछन् जुन कार्यान्वयन गर्न सक्दैनन् । डाक्टरले रोग पत्ता लगाइसकेका छन् , उपचार पनि उनलाई थाहा छ तर तालिम र उपकरणहरुको अभावमा उनी केहि पनि गर्न सक्दैनन् । गरिबी र अज्ञानताका अगाडि डाक्टर पनि विवश छन् । जनताको स्वास्थ्यरक्षाको जिम्मेवारी लिएको सरकारलाई चिन्ता छैन् किन कि ऊ भन्छ—नेपाल गरीबहरुको देश हो र गरिबलाई मुटुको रोग नै लाग्दैन । यो गलत धारणालाई रामबहादुर जस्ता असङ्ख्य गरिब नेपाली रोगीहरुको आँसुले कहिले पखाल्ने हो र डाक्टरले रोगीको आँसु पुछ्न सक्ने रुमाल कहिले पाउन हो, भविष्यले नै देखाउला ।

NH
turup
प्रतिक्रिया दिनुहोस्