Logo
|
Thursday 25th April 2024
Logo

epaper

छारे रोग र मानसिक रोग सम्बन्धि औषधिको उत्पादन



जनस्वास्थ्य सरोकार, काठमाडौं । अत्यन्त प्रगतिशील र उदयमान औषधि उद्योगको रुपमा परिचित म्याग्नस फर्मा magnusप्रा.लि.ले पछिल्लो पटक छारे रोग तथा अन्य मानसिक रोगका लागि भेलिड—२५०/५०० ब्राण्ड नाममा Divalproex Sodium Extended Release Tablets USP  उत्पादन गरी नेपालै पहिलोपटक नेपाली बजारमा बिक्रीवितरण शुरु गरेको छ । यसअघि यस किसिमको औषधि भारतबाट आयातित हुने गर्दथ्यो । यो औषधि तुलनात्मक रुपमा असरदार भएको र बिरामीहरुले सस्तो मूल्यमा प्राप्त गर्नसक्ने कम्पनिका निर्देशक सुधिर मास्केले जनस्वास्थ्य सरोकारलाई बताउनुभयो । यस किसिमका औषधिको निरन्तर उत्पादन तथा वितरणले नेपालको औषधि आयातमा प्रतिस्थापन गर्नमा धेरै मद्धत पुग्ने निर्देशक मास्केले स्पष्ट पार्नुभयो ।
म्याग्नस फर्माले उत्पादन गरेका औषधिहरुमा ८० प्रतिशत भन्दा बढी पहिलो पटक नेपालमा उत्पादन गरोको औषधिहरु पर्दछन् । म्याग्नस फर्माले देशमै पहिलोपटक नयाँ मोलिक्युल्सहरु उत्पादन तथा वितरण गरेर एउटा नयाँ कोषे ढुंगा स्थापित गरेको छ । यस्ता औषधिहरुमा Gliption, Dopizel, Osard आदि पर्दछन् ।

प्रतिक्रिया दिनुहोस्