Logo
|
Friday 19th April 2024
Logo

epaper

देशभरका अस्पतालमा ओपीडी बन्द गर्ने घोषणा



काठमाडौं । नेपाल चिकित्सक संघको आहृवानमा डाक्टरहरुले बुधबारबाट देशभरको अस्पतालमा ओपीडी सेवा बन्द गर्ने Dr govinda1भएको छ ।
टिचिङ हस्पिटल पेसेन्ट संघको मंगलबार बसेको आकस्मिक बैठकले सरकारले डा. गोविन्द केसीको माग सम्बोधन नगरेको भन्दै कडा आन्दोलन गर्ने निर्णय गरेको हो । संघका अध्यक्ष अन्जनीकुमार झाले भने-‘भोलिबाट देशभर ओपीडी सेवा बन्द गर्ने निर्णय गरेका छौं ।’
डा. केसीको स्वास्थ्य गम्भीर बन्दै गएको र सरकारले माग सम्बोधन गर्न ढिला गएकाले ओपीडी बन्द गर्ने निर्णय गरिएको संघका वरिष्ठ उपाध्यक्ष पशुपति रेग्मीले बताए ।
उनले भने-‘अस्पतालमा भएका बिरामीहरुलाई हुर्नुपर्‍यो । तर, ओपीडीमा नयाँ बिरामी लिँदैनौं ।’
चिकित्सक संघले ४८ घन्टाभित्र डा। केसीका मागहरु पुरा नभए आकस्मिक सेवा समेत बन्द गर्ने चेतावनी दिएको छ ।
नयाँ मेडिकल कलेजहरुलाई सम्बन्धन दिन नहुने लगायतका १० बुँदे माग राखेर केसी १० दिनदेखि आमरण अनसनमा छन् ।

प्रतिक्रिया दिनुहोस्