Logo
|
Thursday 18th April 2024
Logo

epaper

हामी बिरामीसँग दुःख साट्छौं



Mamata Ghimire
ममता घिमिरे, अध्यक्ष, जीवन्त एड्भान्स काठमाडौं इमेजिङ प्रा.लि

नेपालमा पहिलोपटक थ्री टेस्ला एमआरआई सेवा शुरु गरेपछि आम सर्वसाधारणले स्वदेशमा नै अन्तर्राष्ट्रिय स्तरको प्रविधिबाट एडभान्सड डायग्नोस्टिक सेवा प्राप्त गर्न थालेका छन् । काडमाडौंको दरबारमार्गमा रहेको यो सेवा जीवन्त एडभान्सड काठमाडौं इमेजिङ प्रा.लि. नामबाट सञ्चालित छ । यसकी अध्यक्ष ममता घिमिरे भन्नुहुन्छ—‘थ्रि टेस्ला एमआरआइको महत्वबारे डाक्टर र बिरामी दुबैले राम्रोसँग बुझ्न जरुरी छ । पछिल्लो समयमा सरकारले गर्नुपर्ने काम निजी क्षेत्रले गरेको छ । यो साश्वत सत्य हो । नेपाली जनताका लागि ठूलो अवसर पनि हो यो ।’ प्रस्तुत छ, घिमिरेसँग गरिएको कुराकानी

यो मेसिनको महत्व के छ ?
यसबाट प्राप्त हुने इमेज अथाहा राम्रो छ । अरुसँग यसलाई तुलना नै गर्न सकिदैन ।
आम सर्वसाधारणको पहुँचभित्र छ ?
बिरामीका लागि थ्री टेस्ला एमआरआई पहुँचभित्र छ । यहाँ आएर उनीहरुले पाएको सेवा शत्प्रतिशत् भरपर्दो हुन्छ । यसबारे चिकित्सक एवं आम सर्वसाधारणले बुझ्न जरुरी छ ।

बिरामीले पाउने सेवा सुविधालाई कसरी व्यवस्थापन मिलाउनुभएको छ ?
हामीले गरेको यति ठूलो लगानी बिरामीको उत्कृष्ट सेवा र सुविधाका लागि नै हो । बिरामीहरुको रोगप्रति निकै संवेदनशील भएर सेवा प्रदान गरिरहेका छौं । एउटा बिरामीले आफ्नै घरको सदस्यको जस्तो केयर पाउँछ । हरेक दृष्टिकोणबाट बिरामीलाई सहयोग गरेका छौं । हामी बिरामीको दुःख साट्छौं ।

पाँच वर्षको अवधिमा यहाँले सँगालेका अनुभव बताइदिनुस् न ?
पूर्व मेचीदेखि पश्चिम महाकाली र तराइदेखि हिमालसम्मका बिरामीहरु उपचार सेवा लिन आउने गरेका छन् । तर यति धेरै हस्पिटल र डायग्नोस्टिक सेन्टरहरु हुँदा पनि सेवा अपर्याप्त नै भएको देखेको छु । उनीहरुले गुणस्तरीय सेवा पाउन जरुरी छ । गुणस्तरी सेवा कहाँ छ ? भन्ने कुराको धेरैमा जनचेतना छैन । धेरै नागरिक अनभिज्ञ छन् । कतिपय अवस्थामा म आफैं बिरामीको रिपोर्ट झोलामा बोकेर चिकित्सकको घरमा पुग्ने गर्छु । यसरी सेवा दिन पाउँदा गर्व लाग्छ ।
सेवा लिन यहाँ स्वःस्फूर्त आउन सकिन्छ वा डाक्टरको सिफारिस चाहिन्छ ?
कतिपय बिरामी स्वःस्फूर्त आउँछन् भने कति डाक्टरको सिफारिसमा आउने गरेका छन् । यहाँ आउने बिरामीहरु सही ठाउँमा आएर सेवा लिएका छन् भन्ने लाग्छ । अझ पहाड र हिमाली भेगका बिरामी आउँदा निकै खुशी लाग्छ । राम्रो मेसिनबाट राम्रो रिपोर्ट लिएर जान सफल भएका छन् । उनीहरुको रोग सही डायग्नोसिस भएको छ । यसले आफूलाई आफूदेखि नै खुशी लाग्छ ।

अन्तमा यहाँको के भनाइ छ ?

थ्री टेस्ला एमआरआईको सुविधा लिन विदेश जानुपर्ने समस्याको समाधान भएको छ । त्यसैले यसको महत्व बुझ्न जरुरी हुन्छ । यसबारे सञ्चारजगतले पनि बुझ्न जरुरी छ कि यसमा मूल्य मात्र जोडिएको छैन । कस्तो सेवा प्राप्त गर्न सकिन्छ ? भन्ने कुरा महत्वपूर्ण हुन्छ । यहाँ ख्यातिप्राप्त रेडियोलोजिष्ट चिकित्सकहरुले सेवा दिइरहनुभएको छ ।
थ्री टेस्ला एमआरआईका लागि २४ सै घण्टा बिजुलीको आपूर्ति हुनुपर्छ । यदि बिजुली तलमाथि भएमा मेसिनमा समस्या आउँछ । यसबारे सरकारले बुझ्नुपर्छ । सरकारले बिजुलीको सुविधा प्रदान गर्न सक्नुपर्छ । यो प्रविधि व्यापार मात्र होइन सेवा हो । यसको रनिङ कस्ट निकै महँगो छ र यो अति नै महँगो प्रविधि हो । तर हामीले सर्वसाधारणको हितलाई सर्बोपरी ठानेका छौं । यसका साथै सेवाका लागि बिरामीले लामो समय कुर्नुपर्दैन । डाक्टरहरु अति नै अनुभवी हुनुहुन्छ । म यहाँ प्रवेश गरेपछि एउटा न एउटा बिरामीलाई स्पर्श गरिरहेको हुन्छु । विशेष परिस्थितिमा व्यक्तिगत सहयोग पनि गर्छु । हर्कतले भ्याएसम्म म बिरामीलाई पूर्ण सहयोग गर्छु । यो मेरा लागि अपार सुखको क्षण हो ।

के हो थ्री टेस्ला एमआर आई ?

  • एमआरआइको शक्ति टेस्लामा मापन गरिन्छ । टेस्ला भनेको एमआरआइमा प्रयोग हुने म्याग्नेटको शक्ति हो ।
  • म्याग्नेटको शक्ति जति धेरै भयो त्यति नै स्क्यान गर्ने समय कम लाग्छ ।
  • थ्री टेस्ला एमआरआइको रेजुलेसन बढी हुने भएकाले मसिना स्ट्रक्चरहरु राम्रोसँग देख्न सकिन्छ ।
  • थ्री टेस्ला एमआरआईमा फंगसनल इमेजिङ जस्तोः ब्रेनको कुन भागबाट हात खुट्टा चलिरहेको छ, मस्तिष्कमा स्पीच (बोली), सुन्ने सेन्टर कहाँ छ जस्ता कुराहरु थाहा पाउन सकिन्छ ।
  • मस्तिष्कका कनेक्सनहरु शरीरका अन्य भागसँग कसरी जोडिएका छन् ? भन्ने जानकारी थ्री टेस्लाबाट स्पष्ट हुन्छ ।
  • यसले निश्चित फिजियोलोजीकल (शरीरक्रिया) वर्कहरु पनि देखाउन सक्छ ।
  •  विभिन्न रोगको केमिकल, कम्पोजिसन कस्तो छ ? सम्बन्धित पदार्थको घटबढ कति छ भन्ने कुरा एमआरआइ स्पेक्ट्रोस्कोपीबाट हेर्न सकिन्छ ।
  • मस्तिष्कमा भएको इन्फेक्सन, ट्यूमर एवं मेटावोलिक रोग छुट्याउन सकिन्छ ।
  • मांशपेशी, मस्तिष्क, ढाडका रोगहरु राम्रोसँग देखाउँछ ।
  •  घुँडालगायत शरीरका विभिन्न भागका जोर्नीहरुमा रोग भएको शंका भएमा पहिचानका लागि यो भरपर्दो प्रविधि मानिन्छ ।
  • क्यान्सर पहिचान गर्ने र त्यसको फैलावटको चरण  हेर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्