Logo
|
Thursday 25th April 2024
Logo

epaper

बीपी प्रतिष्ठानका कागजात अख्तियारको नियन्त्रणमा



धरान, चैत्र २२ – आर्थिक अनियमितता र भ्रष्टाचार भएको उजुरी परेपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा bpkihsशुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ ।

प्रतिष्ठानको योजना, आर्थिक, प्रशासन र एकेडेमीका काजपत्र आयोगको टोलीले नियन्त्रणमा लिएको छ ।

प्रहरी उपरीक्षक लालमणि आचार्य नेतृत्वमा आयोगको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले कागजपत्र नियन्त्रणमा लिएको हो । स्रोतका अनुसार शंकास्पद देखिएका ठेक्का प्रक्रिया, कर्मचारी भर्ना, लेखासँग सम्बन्धित अभिलेख पनि नियन्त्रणमा लिइएको छ ।

‘विभिन्न उजुरीका आधारमा परेकामध्ये आर्थिक वर्ष ०७०/७१ का बोलपत्र, कर्मचारी भर्ना, आर्थिक गतिविधिका महत्त्वपूर्ण फाइलहरू नियन्त्रणमा लिइएको छ,’ क्षेत्रीय प्रशासक डुल्लुराज बस्नेतले भने । उजुरीमा प्रतिष्ठानमा करोडौं रुपैयाँको चलखेल भएको उल्लेख छ ।
उजुरी परेपछि अख्तियारले छानबिन गर्ने प्रक्रिया सामान्य भएको प्रतिष्ठानका उपकुलपति डा. बलभद्रप्रसाद दासले बताए ।

प्रतिक्रिया दिनुहोस्