Logo
|
Saturday 21st September 2019
NEWS PAPER

विकास सर्जिकल उत्कृष्ट करदाताबाट सम्मानित



Bikash Surgical
आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणी शर्माबाट सम्मान पत्र ग्रहण गर्दै विकास सर्जिकल कन्सर्न प्रा.लि.का प्रबन्ध निर्देशक एबी भण्डारी

चैत २५, जनस्वास्थ्य सरोकार, भक्तपुर । विगत लामो समयदेखि मुलुकमा विश्वसनीय सर्जिकल सामानहरुको बिक्रीवितरण गर्दै आइरहेको विकास सर्जिकल कन्सर्न प्रा.लि. भक्तपुर जिल्लाकै उत्कृष्ट करदाताबाट सम्मानित भएको छ । आन्तरिक राजश्व विभागद्धारा हालै काठमाडौंमा आयोजित कार्यक्रममा विभागका महानिर्देशक चुडामणी शर्माले विकास सर्जिकल कन्सर्न प्रा.लिका प्रबन्ध निर्देशक अक्कल बहादुर (एबी) भण्डारीलाई सम्मानपत्र प्रदान गर्नुभयो । तेस्रो राष्ट्रिय कर दिवसको अवसरमा दिइएको सो सम्मान पत्रमा भनिएको छ—‘आर्थिक वर्ष २०६९/७० मा उच्चतम कर सहभागिता जनाउनुभएकोमा यो सम्मानपत्र प्रदान गरिएको छ । ’
सम्मानित हुनुभएका विकास सर्जिकल कन्सर्न प्रा.लि.का प्रबन्ध निर्देशक भण्डारीले स्वास्थ्यजस्तो संवेदनशील र सेवामुखी यो व्यवसायमा आफ्नो कम्पनिले कर तिर्न कुनै कञ्जुस्याई नगरेको बताउनुभयो ।

NH
turup
प्रतिक्रिया दिनुहोस्