Logo
|
Thursday 25th April 2024
Logo

epaper

बीरका बिरामी ट्रमा सेन्टरमा



जनस्वास्थ्य सरोकार, काठमाडौं । मुलुकको पुरानो बीर अस्पतालको आकस्मिक कक्ष भत्किएपछि बिरामीलाई ट्रमा Bir hospitalसेन्टरमा सारिएको छ । बैशाख १२ गते भएको बिनासकारी भूकम्पका कारण चर्किएको भवन मंगलबारको भूकम्पपछि ढल्न थालेपछि बिरामीलाई ट्रमा सेन्टरमा सारिएको हो । अस्पतालका निर्देशक डा. स्वयंप्रकाश पण्डित भन्छन्– ‘ इमर्जेन्सी विभागका पर्खालहरु चर्किएका र क्षत विक्षत अवस्थामा इँटा, सिमेन्टहरु झरेका कारण बिरामी र उपचार सेवा दिने चिकित्सक, नर्स, पारामेडिक्स कोही पनि बस्ने अवस्था भएन । त्यसैले तत्कालका लागि हामीले इमर्जेन्सी सेवा ट्रमा सेन्टरमा सारेका छौं ।’ अस्पतालमा रहेका ४ सय ६० शैयामध्ये भवन विभागले अधिकांशमा रातो स्टिकर लगाइदिएको छ । यसबाट बिरामी र स्वास्थ्यकर्मी त्रसित छन् । विनाशकारी भूकम्पका कारण वैशाख १२ मा चर्किएका भवन २९ गते आएको अर्को विनासकारी भूकम्पको धक्काले अस्पताललाई निकै क्षति पु¥याएपछि कतिपय बिरामी टुंडिखेलतिर भागेका थिए ।
यसअघि भवन विभागले अस्पतालको इमर्जेन्सी विभागमा ग्रीन स्टिकर लगाएको थियो । अस्पतालका कर्मचारीहरु डराइ डराइ भएपनि उपचार सेवा दिइरहेका थिए । अन्तत भवन भत्किन थालेपछि यहाँबाट बिरामी ट्रमा सेन्टरमा सानुपर्ने बाद्यता भयो—निर्देशक डा. पण्डिले भने । दैनिकजसो करिब १ हजार ५ सय भन्दा धेरै बिरामी उपचारका लागि अस्पतालमा आउने गर्छन् ।
भूकम्पकका कारण हालसम्म करिब ८ हजार ३ सय ४६ जनाको मृत्यू भएको छ भने करिब १९ हजार ४ सय ७३ जना घाइते भएका छन् । उनीहरुको बीर अस्पताल लगायतका बिभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्