Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

भूकम्पबाट ज्यान गुमाउनेको संख्या आठ हजार चार सय ६०



काठमाडौँ : बैशाखमा आएका दुर्इ शक्तिशाली भूकम्पबाट ज्यान गुमाउनेको सं‌ख्या साढे आठ हजार नजिक पुगेको छ । earthquike
वैशाख १२ गते र २९ गते गएका भूकम्पबाट ज्यान गुमाउनेको संख्या आठ हजार चार सय ६० पुगेको हो ।
गृह मन्त्रालयले शुक्रबार दिउँसो उपलब्ध गराएको जानकारीअनुसार वैशाख १२ को भूकम्पबाट हालसम्म आठ हजार तीन सय ४३ जनाको ज्यान गएको छ । त्यसैगरी वैशाख २९ को भूकम्पका कारण एक सय १७ जनाको ज्यान गएको छ ।
वैशाख २९ को भूकम्पबाट घाइते भएकामध्ये चार हजार पाँच सय ७१ जना पुगेका छन् । बैशाख २९ को भूकम्पबाट घाइते भएका एक हजार सात सय जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
दुबै भूकम्पमा ज्यान गुमाएकामध्ये हालसम्म आठ हजार तीन सय ९९ जनाको शव आफन्तलाई बुझाई सकिएको छ । रासस

 

प्रतिक्रिया दिनुहोस्