Logo
|
Thursday 28th March 2024
Logo

epaper

भूकम्पले २० लाख प्रजनन् उमेरका महिला प्रभावित



जनस्वास्थ्य सरोकार । वैशाख १२ गते गएको भूकम्पले करिब २० लाख प्रजनन् उमेर समूहका महिलाहरु प्रभावितReproductive भएका छन् । जसमध्ये करिब १ लाख २६ हजार गर्भवती महिला छन् र उनीहरुलाई सुरक्षित सुत्केरी समाग्री र प्रजनन स्वास्थ्य समाग्रीको शीघ्र आवश्यकता रहेको छ । लगभग २ हजार १ सय महिलाहरुमा अर्काे महिना नै प्रसुतिसम्बन्धि जटिलताले ग्रस्त हुने सम्भावना रहेको छ । शिविरमा रहेका विस्थापित महिला लगायत लगभग ४० हजार प्रजनन उमेर समुहका महिला यौन हिंसाको अत्यधिक जोखिममा रहेको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषले जनाएको छ ।

यसैबीच संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपिए) र अन्तराष्ट्रिय परिवार नियोजन महासंघ (आईपिपिएफ) ले वैशाख १२ गते आएको भूकम्पबाट प्रभावित गर्भवती र स्तनपान गराइरहेका महिला तथा युवतीको यौन तथा प्रजनन स्वास्थ्यको सुनिश्चित गर्न सहकार्य गरेका छन् ।

घुम्ती स्वास्थ्य शिविरको बिस्तार र सो शिविरलाई ब्यवस्थित बनाउन युएनएफपिएले आईपिपिएफको सदस्य संस्था नेपाल परिवार नियोजन संघ (एफपान) लाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिसकेको छ । युनएफपिएले आईपिपिएफको माध्यमद्धारा नेपाल परिवार नियोजन संघलाई प्रजनन उमेर समुहका महिलालाई सुरक्षित रुपमा सुत्केरी गराउन चाहिने प्रजनन स्वास्थ्य समाग्री तथा महिला र प्रजनन उमेरका किशोरीहरूका लागि अत्यावश्यक सरसफाईका सामग्री सहितका रक्षा सामग्री पनि केही मात्रामा प्रदान गरिरहेको जनाइएको छ ।

युएनएफपिए र आईपिपिएफले भूकम्पबाट प्रभावित क्षेत्रहरुमा संघको सञ्जालमार्फत घुम्ति स्वास्थ्य शिविरहरु स्थापना गरेर यौन तथा प्रजनन स्वास्थ्य सेवा प्रदान गरिरहेका छन् । अहिलेसम्म आईपिपिएफले आफ्नो अभियान अन्तर्गत संघका स्वयंसेवक र कर्मचारीहरु परिचालन गरी ३ घुम्ती टोली र एक रिफरल एकाई परिचालन गरिसकेका छन् । यस्ता मोबाइल टोलीहरुले करिब २ हजार भन्दा धेरै व्यक्तिलाई परामर्श, औषधि र चिकित्सक सेवा प्रदान गरिसकेका छन् । भक्तपुर, काभ्रे, ललितपुर, सिन्धुपाल्चोक र काठमाण्डौ सहित अति भूकम्प प्रभावित क्षेत्रमा अवस्थित दश वटा विभिन्न स्थानबाट यस्तो सेवा प्रदान भइरहेको छ ।

‘गर्भवती तथा सुत्केरी महिलालाई धेरैजसो विपत्को अवस्थामा बेवास्ता गरिन्छ, तर तिनीहरु नै सबैभन्दा कमजोर र जोखिमपूर्ण जनसंख्या हुन्’– युएनएफपिए प्रतिनिधि जुलियाभलिसी भन्नुहुन्छ–‘यस सहकार्यको माध्यमबाट हामीले जीवन रक्षाका लागि गरेका प्रयासहरु बढी प्रभावित समक्ष पुग्नेछन् ।’

भूकम्पबाट करिब ८ हजार ६७७ भन्दा बढीले जीवन गुमाएका छन् र करिब २१ हजार ९ सय ८५ जना भन्दा बढी घाइते भएका छन् । आसन्न मनसुनले प्रभावित जनसंख्या माथि थप विपत्तिको डर उत्पन्न गराएको छ । भविष्यमा पनि यौन तथा प्रजनन स्वास्थ्य सेवा लगायत जीवन रक्षाका लागि चाहिने महत्वपूर्ण सेवाको निरन्तरता जरुरी छ । गर्भवती महिला र स्तनपान गराउने आमाहरुको विशेष स्वास्थ्य सेवा र सुरक्षित प्रसुति प्रदान गर्नु, अनपेक्षित गर्भधारण हुनबाट रोक्नु र महिला र प्रजनन् उमेरका किशोरीहरूका लागि महिनावारी हुँदा उनीहरुको सरसफाईलाई ध्यान दिने कार्यहरुमा युएनएफपिए, आर्यपिपिएफ र नेपाल परिवार नियोजनसंघबीच भएको यस सहकार्यले निरन्तर सम्बोधन गर्ने जनाइएको छ । देशका धेरै भागहरु ध्वस्तभएका छन् र प्रभावित समुह आफैँ धेरै होशियार हुनु उत्साहजनक कुरा हो । हामीले गरेको प्रयास तथाप्र दान गरेका सेवामा महिला तथा युवालाई पनि संलग्न गराउनुपर्नेमा जोड दिइएको छ ।
विश्वभरमा हुने मातृ मृत्युको तीन भागको एक भाग आपतकालीन अवस्थामा प्रसुति सेवा र तालीम प्राप्त स्वास्थ्यकर्मीको उपलब्धतामा कमी हुनुले भइरहेको छ । यसले गर्दा अत्यधिक मातृ मृत्यु र बाल मृत्यु निम्त्याइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्