Logo
|
Thursday 25th April 2024
Logo

epaper

डा. गोविन्द केसीले १४ दिन पछि अनशन तोडे



काठमाडौं । विभिन्न माग राखेर १४ दिनदेखि अनशन बस्दै आएका टिचिङ अस्पतालका डाक्टर गोविन्द केसीले अनसन तोडेका छन् ।

सरकारसँग ११ बुँदे सहमति भएपछि आइतबार दिउँसो तीन बजे टिचिङ अस्पतालमा भर्ना भएका दुई बिरामीको हातबाटDr.-Govinda-KC जुस पिएर उनले अनसन तोडेका हुन् ।

टिचिङ अस्पतालको गणेशमान भवन अगाडी चौरमा राखिएका केसीलाई १८ महिनाकी बालिका सुभानी उप्रेती र रोल्पाका एक बिरामीले जुस खुवाएका थिए । मुख्य सचिव सोमलाल सुवेदी र स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठको कार्यक्रममा उपस्थिति थियो ।

सरकारी प्रतिनिधीहरुसित शनिबार मध्यराति ११ बुँदे सहमति भएपछि अनशन तोड्न केसी तयार भएका हुन् । चिकित्सा क्षेत्र सुधारको माग गर्दै डा. केसीले भदौ ७ गतेदेखि आमरण अनसन सुरु गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्