Logo
|
Saturday 21st September 2019
NEWS PAPER

मुलुक बाथ उपचारमा आत्मनिर्भर



जनस्वास्थ्य सरोकार । ‘इट्स इन यो ह्यान्ड टेक एक्सन’ अर्थात ‘तपाईंको आफ्नै हातमा छ, पहल गर्नुुस्’ भन्ने मुल DSC_1715
नाराका साथ यसबर्ष विश्व बाथ दिवस मनाइएको छ । हरेक बर्ष १२ अक्टोबरलाई विश्व बाथ रोग दिवसका रुपमा मनाउने गरिन्छ । बाथको पहिचान र उपचार गर्ने जिम्मेवारी आफ्नै हातमा भएकाले यसका लागि पहल गर्न जरुरी भएको यस नाराले स्पष्ट पारेको छ ।
विश्व बाथ रोग दिवसका अवसरमा काठमाडौंको रातोपुलस्थित नेशनल बाथरोग सेन्टर र बाथरोग निवारण संस्थाले काठमाडौंमा एक भव्य जागरण अभियान सञ्चालन गरेको छ । सो अभियानको उद्घाटन गर्दै नेपाली कांग्रेसका युवा नेता गगन थापाले युवाहरुको जोस र जाँगरले बाथरोग उपचारमा मुलुकलाई आत्मनिर्भरतातर्फ अघि बढाउन सकेकोमा सेन्टरलाई हार्दिक बधाई तथा शुभकामना दिनुभयो । सो अवसरमा औषधि उत्पादक संघका अध्यक्ष शंकर घिमिरले राज्यले स्वेदेशी कम्पनिहरुलाई प्राथमिकतामा राख्न सकेमा मुलुक आत्मनिर्भरतातर्फ अग्रसर हुँदै जाने बताउनुभयो । बाथरोग निवारण संस्थाका महासचिव रुपाल जोशीले बाथ उपचारका लागि अब विदेश जान आवश्यक नभएको जानकारी गराउनुभयो । औषधि व्यवसायी संघ बाग्मती शाखाका पूर्व महासचिव एवं औषधि व्यवसायी प्रशान्त मानन्धरले नेशनल बाथरोग सेन्टरले मुलुकका अति दुर्गम स्थानमा पुगेर बाथरोगको उपचार तथा निदानमा सहयोग पु¥याइरहेको जानकारी गराउनुभयो ।
वरिष्ठ बाथरोग विशेषज्ञ डा. बिनित बैद्यले आफूलाई शंका लागेमा तुरुन्त बाथरोग सेन्टरमा आएर रोग पहिचान र उपचार गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । सेन्टरका प्रबन्ध निर्देशक रोशन कक्षपतिले भन्नुभयो—‘व्यापार र व्यवसायमा संलग्न भएका हामीजस्ता युवाहरुले मुलुकलाई परनिर्भरताबाट मुक्ति दिलाउन आ—आफ्नो क्षेत्रबाट काम गर्न जरुरी छ । अहिले अघोषित नाकाबन्दीका कारण हामीले भोगिरहेको जटिल समस्या पनि आत्मनिर्भरता र स्वावलम्बनको अभाव नै हो । नेशनल बाथ रोग सेन्टर त्यस्तो ठाउँ हो जहाँबाट स्वदेशी तथा विदेशी बाथका बिरामीहरुले एकै ठाउँबाट अन्तर्राष्ट्रिस्तरको बाथ पहिचान र उपचारको सेवा प्राप्त गर्न सफल भएका छन् । बाथ पहिचान र उपचारमा हामी सक्षम भइसकेका छौं । बाथको उपचारका लागि अब विदेश जान आवश्यक छैन । बाथ उपचारमा मुलुकलाई स्वालम्बनको दिशातर्फ अग्रसर गराइरहेका छौं ।’
नेपालमा अन्तर्राष्ट्रिस्तरको नेशनल बाथरोग सेन्टर स्थापना भएकाले बाथका बिरामीहरुले बिगत २ वर्षदेखि अत्याधुनिक प्रयोगशालासहित ख्यातिप्राप्त बाथरोग विशेषज्ञ चिकित्सकहरुबाट बाथ पहिचान र उपचार सेवा प्राप्त गरिरहेका छन् ।
हाम्रो देश नेपालमा करिब ४० लाख विभिन्न किसिमका बाथरोगी भएको अनुमान छ । अमेरिकन कलेज अफ ¥यूमाटोलोजीका अनुसार, हरेक मुलुकका नागरिकमध्ये करिब १० प्रतिशत नागरिकमा बाथको समस्या हुनसक्छ ।
नेपालमा गठिया, हड्डी खिइने र युरिक एसिड बाथ धेरै भेटिएको छ । यद्यपी नेपालमा दिन प्रतिदिन बाथ रोग पहिचान हुने क्रम बढेको भए पनि उपचार सेवा दिने विशेषज्ञ चिकित्सकहरुको कमी छ । करिब १ लाख जनताका लागि १ जना बाथ रोग विशेषज्ञ आवश्यक पर्ने विश्व स्वास्थ्य संगठनको प्रावधान भएपनि नेपालमा एकजना बाथ रोग विशेषज्ञको भागमा करिब ९१ लाख जनता पर्छन् । हाल मुलुकमा ४ जना मात्र बाथ विशेषज्ञ रहेका छन् । यो बाथरोगीको संख्याको तुलनामा निकै कम हो । कतिपय अस्पतालहरुमा अर्थोपेडिक र मेडिसिन विभागबीच बाथ रोगीहरु सिफारिस गर्ने परिपाटी छ । बाथरोगका बिरामीहरु सबै बाथ रोग विशेषज्ञकहा“ ज“ँदा अहिलेको जनशक्तिले भ्याउन सक्ने अवथा छैन ।
सबै बाथ रोग कडा हु“दैनन र कतिपय औषधि खाएपछि हराएर पनि जान्छन् । कतिपय पुनः बल्झिएर समस्या ल्याउन सक्छन् भने कतिपयमा जीवनभर औषधिको सेवन गर्नुपर्छ । तर बाथ रोगमा सही औषधि चुन्न नसकी दुखाई कम गर्ने औषधि मात्र सेवन गर्दा यसले मुटु, मिर्गौला, आ“खा, मस्तिष्कजस्ता शरीरका महत्वपूर्ण अंगहरुलाई असर पार्नसक्छ र व्यक्तिको मृत्युसमेत हुनसक्छ । त्यसैले रोगको सही पहिचान हुनुपर्छ र नियमित रुपमा सही औषधि खान आवश्यक हुन्छ ।
नेपालको भौगोलिक बनोटका कारण चोटपटक लाग्ने, हि“डडूल र भारी बोक्दा जोर्नीहरु खिइने, युरिक एसिडको समस्या, अस्वस्थकर खानपान, बढ्दो शारीरिक तौल, मधुमेह, इन्फेक्सन, वंशाणुगत, वातावरण आदिले कतिपय बाथरोग बढिरहेका छन् भने कतिको आ“कडा एकिन छैन । नेपालमा बाथरोग विशेषज्ञहरुको संख्या बृद्धि गर्न यो स“ग सम्बन्धित चिकित्सकहरुलाई राज्यले प्रोत्साहन दिनुपर्छ । बाथरोग शरीरको इम्युनोलोजीस“ग सम्बन्धि भएकाले इम्युनोलोजी र ¥यूम्याटोलोजी एक अर्काका परिपूरक हुन् । त्यसैले राज्यले बाथ रोगसम्बन्धि विषयमा पढ्न जाने चिकित्सकलाई छात्रबृत्तिको व्यवस्थालगायतका विभिन्न सुविधाहरु दिएर आकर्षित गर्न आवश्यक छ ।
नेशनल बाथ रोग सेन्टरका वरिष्ठ बाथ विशेषज्ञ डा. विनित बैद्यका अनुसार, बाथ रोग भन्नाले शरीरको रोग प्रतिरोधात्मक शक्तिले आफ्नै शरीरको अंगलाई असर गरेर हुने रोग भन्ने बुझिन्छ । बाथ रोग १ सय भन्दा बढी प्रकारका हुन्छन् । विभिन्न प्रकारका बाथले विभिन्न लक्षण देखाउ“छन् । तर सबैजसो बाथ रोगमा जोर्नी दुख्नु तथा सुन्निनु सामान्यत देखिने लक्षण हुन् ।

बाथ रोगका लक्षण

-हातको औंलाहरु दुख्ने वा सुन्निनेDSC_1731
– बिहान उठ्दा हात खुट्टा वा शरीर अरठ्ठो हुने
– खुट्टाको बूढी औंला वरपर रातो भएर टेक्न नहुने
– गोलीग“ँठो, घु“डा दुख्ने र सुन्निने
– राति तथा बिहान ढाड दुख्ने र अठ्ठो हुने
– कुकुच्चा दुख्ने (प्रायःबिहान उठ्ने बेला)
– पाइताला पोल्ने (प्रायःराति) वा झम्झमाउने
– पिडौला दुख्ने वा करकर खाने
– जिउ गल्ने र छिटो थकान हुने
– मांशपेशीहरु कमजोर हुने
– छालामा डावर वा निको नहुने घाउ आइरहने
– चिसोमा काम गर्दा हात खुट्टा निलो हुने
बाथरोग हुने कारण
बाथ रोग हुनमा कुनै एक कारण मात्र देखिएको छैन । यो वंशाणुगत पनि हुनसक्छ । आमा बुबामध्ये एकजनालाई बाथ रोग भएमा उनीहरुबाट जन्मेका बच्चामा बाथ रोग हुने संभावना ३० प्रतिशत हुनसक्छ । रुघाखोकी, भाइरल इन्फेक्सन, एलर्जी, झाडापखाला आदिले रोग प्रतिरोधात्मक क्षमता कमजोर तुल्याइदिन्छ र बाथरोगको जोखिम बढाउनसक्छ । धेरै चुरोट पिउने व्यक्तिहरुमा गठीया बाथ, ढाडको बाथ र कडा खालको बाथ हुने संभावना रहेको छ । प्रदूषित वातावरण तथा चुरोटको धूवाँले पनि बाथ रोगलाई बढाइदिन्छ । यसका साथै चिसो वातावरण, चुरोटको धु“वा, वंशाणुगत जस्ता समस्याले शरीरमा वाथरोगको उत्पत्ति हुनसक्छ ।
नेपालमा पाइने वाथरोगका किसिम
नेपालमा बढी देखिने गठिया बाथ हो । यो धेरै महिलाहरुमा देखिन्छ । यसका साथै एसएलई, लुपस, घु“डाको हड्डीहरु खिइने, युरिक एसिडको बाथ (गाउट) बढी देखिने गरेको छ । यसबाहेक मुटुलाई असर गर्ने, मांशपेशीहरु गल्दै जाने, छाला टाइट हुँदै जाने, औंलाहरु निलो हुने बाथ पनि कतिपयलाई देखिने गरेको छ । शरीरको रोग निरोधक शक्तिले आफ्नो शरीरको कुन अंगलाई असर गर्छ ? भन्ने कुरासँग बाथरोगको किसिम निर्भर गर्छ । नेपाली समाजमा जोर्नी र शरीर दुःख्ने समस्या धेरैलाई हुने गर्छ । शरीरमा हुन सक्ने एक सयभन्दा बढी किसिमका बाथरोग छन् । यी मध्ये नेपालमा हुने बाथरोगहरु यस प्रकार छन् ।
बाथ रोगको पहिचान
धेरैजसो बाथ रोगको लक्षणका आधारमा रोग पहिचान गरिन्छ । दुख्ने, सुन्निे र अ¥ह«रो हुने बाथ रोगका लक्षण हुन् । बाथले कुन कुन जोर्नीमा असर गरेको छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । घु“डामा मात्र समस्या भएमा जोर्नी खिइएको हुनसक्छ । हातको औंलाहरुमा मात्र असर गरेको छ भने गडिया बाथ हुने संभावना बढी हुन्छ । मेरुदण्डको हड्डी खिइएमा एंकेलोजिङ स्पोण्डिलाइटिसको संभावना हुन्छ । रोगको लक्षण र बिरामीलाई जा“चेर रोगको ९० प्रतिशत डायग्नोसिस गर्न सकिन्छ । बाथ कतिको कडा छ भन्ने पहिचान गर्न रगतको जा“चले मद्दत गर्छ ।
बाथ रोगबाट बच्ने उपाय
मेडिकल साइन्सले बाथ रोग लाग्नै नदिने उपाय अहिलेसम्म पत्ता लगाउन सकेको छैन । यसस“ग सम्बन्धि भ्याक्सिन र औषधिहरु पनि छैनन् । परिवारका कुनै सदस्यलाई बाथ रोग भएमा अन्य सदस्यहरु सतर्क हुनुपर्छ । डेढ महिनादेखि तीन महिनाभित्रमा बाथ रोग पत्ता लगाउने कोशिष गर्नुपर्छ । बाथ रोग भएको पत्ता लागेमा सेकेन्डरी प्रिभेन्सन अपनाई जटिलतालाई रोक्नतिर लाग्नुपर्छ ।
खानपान
धेरैजसो बाथ रोगमा खाना बार्न आवश्यक हु“दैन । तर युरिक एसिड बाथमा भने खाना बार्न आवश्यक हुन्छ । युरिक एसिड बाथमा खुट्टाको बूढी औंला रातो भएर दुख्ने र सुन्निने हुन्छ । प्रोटिनयुक्त खाना जस्तै—सुकेको गेडागुडी, टमाटर, काउली, बन्दा, स्याउ, कोक, फ्यान्टा, काजु, पेस्ता, खसी, रा“गा, बँदेलको मासु, ज“ँड रक्सी आदिले युरिक एसिड बाथलाई बढाइदिन्छ । युरिक एसिड बाथ १ प्रतिशतलाई मात्र हुने गर्छ ।
सावधानी
बाथको जटिलताको आधारमा सावधानी अपनाउनुपर्छ । बाथका कारण हड्डी खिइन थालेपछि भू“इमा टुक्रुक्क नबस्ने, पलेँटी मारेर नबस्ने, उकालो ओरालो धेरै नगर्ने, जोर्नीलाई धेरै भार पर्ने काम गर्न हुँदैन र जोर्नीलाई मोड्न पनि हुँदैन । चिसोमा धेरै काम नगर्ने, मनतातो पानी प्रयोग गर्ने, चुरोटको धु“वामा नबस्ने, १० बजे अघिको घाम ताप्दा फाइदा हुन्छ । बिहानको कलिलो घाममा भिटामिन डी प्राप्त हुन्छ । नेपाल, भारतलगायत दक्षिण एसियाका देशहरुमा बस्ने व्यक्तिहरुमा भिटामिन डी को कमी धेरै देखिएको छ । भिटामिन डीले बाथसँग मात्र नभई शरीर दुख्ने, क्यान्सर, मुटु रोग सँग पनि सम्बन्ध राख्छ । भिटामिन डी को कमी हुनेहरुमा सामान्य बाथ रोग भएमा यो चा“डै कडा बन्दै जान्छ । भिटामिन डी को प्राकृतिक स्रोत घाम नै हो ।
बाथ रोगको औषधि
बाथको औषधि क्यान्सरको औषधिबाट शुरु भएको हो । बाथ रोग दीर्घ रोग हो । तर यसले क्यान्सर जस्तो तुरुन्त ज्यान लि“दैन । सामान्य मानिसको औषत आयुको तुलनामा बाथ रोग भएकाहरुको औषत आयु १०—१५ वर्ष कम देखिन्छ । बाथ रोगले, मुटु, मिर्गौला, मस्तिष्कलगायत शरीरका विभिन्न भित्री अंगहरुमा असर गर्ने भएकाले औषत आयु कम हुने गरेको हो । बाथका कारण जोर्नी दुखेर कुनै पनि व्यक्तिको ज्यान जा“दैन । क्यान्सर जस्तै भित्र भित्र दीर्घकालीन असर गर्ने भएकाले यसको मुख्य औषधि मेटाक्याप्सेट हो । यो क्यान्सरका बिरामीलाई पनि प्रयोग गरिन्छ । अहिले करिब २ लाख रुपिय“ँ पर्ने गठिया बाथको नय“ँ इन्जेक्सन आएको छ । यसले एक वर्षसम्म काम गर्छ । लिम्फोमामा प्रयोग हुने औषधि हो यो । लुपसले फोक्सो, मिर्गौला आदिमा पारेको असरका लागि प्रयोग गरिने साइडफ्लक्स नामको औषधि क्यान्सरकै औषधि हो । प्राय लुपसका लागि प्रयोग हुने औषधि कडा खालको हुन्छ । सही समय र तरिका मिलाएर खाएमा तीन चार महिनाको रगत जाँचमा शरीरमा नकारात्मक असर परेको देखिएको छैन । त्यसैले चिकित्सकको नियमित फलोअपमा रहनुपर्छ ।
बायोलोजिकल एजेन्टस्
बाथ रोगका लागि बायोलोजिकल एजेन्ट्स च“ँडै नेपाली बजारमा आउ“दैछ । यो महँगो औषधि हो । यसको मूल्य एक डोजको ४ लाख रुपिय“ँ पर्छ । यो हरेक २—२ महिनामा लगाउनुपर्छ । लुपस बाथले फोक्सो, मिर्गाैलामा समस्या पारेर भेन्टिलेटरमा राख्नुपर्ने अवस्थाका बिरामीहरुलाई यो औषधि प्रयोग गरिन्छ । यसका साथै कडा गठिया बाथ, बच्चा जन्माउने योजनामा रहेका दम्पत्तिहरु जसलाई कडा खालको बाथको औषधि दिन मिल्दैन, उनीहरुलाई यो बायोलोजिकल एजेन्ट्स दिनुपर्छ ।
बाथ रोगमा फिजियोथेरापी
बाथ रोगमा औषधि सँगै जोर्नीको चाललाई तुरुन्त राख्न फिजियोथेरापीको आवश्यकता पर्छ । बीचमा औषधि छोड्नु हुँदैन । औषधि खाएर जति धेरै फिजियोथेरापी ग¥यो त्यति नै हड्डी खिइने बाथ न्यूनिकरण हु“दै जान्छ । केटाहरुमा हुने ढाडको बाथमा औषधि ५० प्रतिशत काम गर्छ भने ५० प्रतिशत साइकलिङ, रनिङ, जगिङले काम गर्छ ।

NH
turup
प्रतिक्रिया दिनुहोस्