Logo
|
Saturday 20th April 2024
Logo

epaper

ग्रान्डी अस्पताल चौथो वर्षमा प्रवेश



जनस्वास्थ्य सरोकार । काठमाडौंको धापासीमा रहेको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले आज आप्नो तेश्रो स्थापना12482722_10153471813438198_1414099967_o
दिवस मनाएको छ । अस्पतालमा उपचार सेवा संचालन भएको तेश्रो बर्ष पुरा भएको उपलक्षमा २०७२ पुस १९ गते ग्रान्डी अस्पताल परिसरमा एक संक्षिप्त कार्यक्रमको समेत आयोजना गरिएको थियो ।संचालनको तेश्रो बर्ष पुरा गर्दा सम्म यस अस्पतालले इभिडेन्स बेस्ड मेडिसिन मा आधारित उपचारका माध्यमबाट हजारौंको संख्यामा बिरामीहरुलाई उपचार गरिसकेको छ ।
चिकित्सक र नर्सिङ स्टाफ सहितको एयर एम्बुलेन्स सेवाको माध्यमबाट आकस्मिक उपचार र उद्धार गरी सयौंको संख्यामा बिरामीहरुलाई अस्पतालमा ल्याएर सफल उपचार गरिसकेको छ । यस कार्यमा अस्पतालको छतमा रहेको सुरक्षित हेलिप्याडले पनि महत्वपुर्ण भूमिका खेलेको छ ।
अस्पतालको आइसियू सिसियू र हाईकेयरले बिरामीको उपचारमा आवश्यक विशेष उपचार आवश्यकतालाई पुरा गर्नकालागि महत्वपूर्ण भूमिका खेलेको छ ।
हृदयाघात भएर आएकाहरुकोलागि कार्डियाक इन्टरभेन्सन देखी मुटुमा छुरा रोपिएर आएका बिरामीको सफल शल्यकृया सम्म अनि छिनेका हात र औंलाहरु जोड्ने सम्मका जटिल शल्यकृयामा यस अस्पतालले सफलता हाँसिल गरिसकेको छ । त्यसैगरी दुर्घटनाबाट हुने चोटपटक जन्य बिरामीहरुकालागि यो अस्पताल एउटा उत्कृष्ट गन्तब्यका रुपमा स्थापित भएको छ । खेलकुदका बखत लाग्ने चोटपटकको क्यामेराको प्रयोगबाट गरिने आर्थोस्कोपिक उपचार र स्पोर्टस् मेडिसिनमा पनि ग्रान्डी अस्पताल पहिलो गन्तब्यका रुपमा रहेको छ ।
त्यसैगरी न्यूरो सर्जरी, स्पाइनल सर्जरी र ल्याप्रोस्कोपिक रेनल र एब्डोमिनल इन्टरभेन्सनकालागि पनि यो अस्पताल उच्च प्राथमिकताको गन्तब्यको रुपमा स्थापित भइसकेको छ । यस किसिमका उपचार सेवा अत्याधुनिक र बिश्वस्तरिय उपकरण र दक्ष तथा अनुभवि डाक्टरहरुको टिमले प्रदान गर्ने हुनाले यो अस्पताल सार्थकरुपमा एक अन्तर्राष्ट्रिय अस्पताल बन्न सफल भएको छ ।
यता स्त्री तथा प्रसुतिरोग सेवा र नियोन्याटल केयर सहितको बालरोग सेवाले पनि अस्पताललाई पुर्णता दिएको छ । 12483342_10153471813108198_1870475702_nसाथमा यस अस्पतालको फर्टिलिटी सेन्टर गान्डी आइभिएफ ले सयौ दम्पतिहरुलाई सन्तान सुख प्रदान गरेको छ ।
ग्रान्डी अस्पतालमा संचालित ह्यान्ड हाइजिन प्रोग्राम तथा एन्टिवायोटिक स्टिवर्डसिप प्रोग्रामले पनि यस अस्पतालको सेवाको गुणस्तरलाई खास उचाई प्रदान गरेको छ । त्यसैगरी संक्रमित बिरामिहरुलाई अलग्गै राखेर उपचार गरिने बिशेष कार्यक्रम समेत ग्रान्डी अस्पतालमा संचालित छ ।
सबैभन्दा महत्वपूर्ण कुरा के छ भने ग्रान्डी अस्पतालमा एकैछानामुनी ३५ वटा बिभिन्न बिशेषज्ञ उपचार सेवाहरु उपलब्ध रहेका छन् । अलग अलग बिधाका बिशेषज्ञहरुको सहज उपलब्धताले जटिल भन्दा जटिल प्रकृतिका बिरामीहरुको उपचार समेत संभव हुने गरेको छ ।
नेपालमा बिश्वस्तरको उपचार सेवा प्रदानगर्ने अन्तर्राष्ट्रिय अस्पतालको आवश्यकता खड्कीरहेका बेला तीन बर्ष अघि परिकल्पना गरिएको ग्रान्डी अस्पताल उपचारका लागि बिदेश जाने नेपालीहरुकालागि बास्वमै एउटा राम्रो बिकल्पको रुपमा स्थापित भएको छ ।

प्रतिक्रिया दिनुहोस्