Logo
|
Wednesday 24th April 2024
Logo

epaper

एपोनका पूर्व अध्यक्ष अमात्य रहेनन्



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल फर्मास्युटिकल्स प्रा.लि. (एनपिएल) का प्रबन्ध निर्देशक एवं औषधि उत्पादनmahendra amatya dai संघ (एपोन) का पूर्व अध्यक्ष महेन्द्रबहादुर अमात्यको गए राती निधन भएको छ । मुटु सम्वन्धिको समस्याले लामो समय थलीएका ६५ वर्षीय अमात्यको हिजो राती काठमाडौंको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा मृत्यू भएको हो । अमात्यको शव उनको गृह जिल्ला बीरगञ्ज लैजाने तयारीमा रहेको नेपाल फर्मास्युटिकलस प्रा.लि.का बजार निर्देशक महेश गोर्खालीले बताए ।
माघ १२ गते मंगलबारका दिन अमात्यको मुटुको चाल एक्कासी घटेपछि बीरगञ्जस्थित स्थानीय अस्पतालमा उनलाई भेन्टिलेटरमा राखिएको थियो । अवस्था सिकिस्त भएपछि उनलाई थप उपचारका लागि एक साता अघि ग्रान्डी अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा अमात्यको अवस्थामा केही सुधार देखिएको चिकित्सकहरुले बताएपनि अवस्था झन् जटिल बन्दै गएपछि उनको मृत्यू भएको चिकित्सकले बताएका छन् ।
अमात्यको श्रीमती, दुई छोरी र एक छोरा रहेका छन् ।
जनस्वास्थ्य सरोकारले अमात्यको निधनले नेपाली औषधि उत्पादनको क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्ने एक हस्ती गुमाएकोमा दुःख व्यक्त गर्दै उनीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्