Logo
|
Wednesday 24th April 2024
Logo

epaper

जिकाबारे आकस्मिक अनुसन्धान गर



लामखुट्टेको टोकाईबाट सर्ने जिका भाइरसको संक्रमणपछि बच्चाहरु सानो टाउको र अर्धविकसित मस्तिष्कसहित jika virus1जन्मिनुको कारण पत्ता लगाउनका निम्ति आकस्मिक अनुसन्धान गर्न राष्ट्रसंघका स्वास्थ्य अधिकारीहरुले आग्रह गरेका छन्।

विश्व स्वास्थ्य संगठनले जिका भाइरस विश्वभर जनस्वास्थ्यका निम्ति खतरा भएको घोषणा गरेको छ।

जिका भाइरसका कारण विश्वव्यापी जनस्वास्थ्यमा आपतकालीन अवस्था घोषणा गर्ने निष्कर्षमा पुग्न विज्ञहरुलाई ४ घण्टाभन्दा कम समय लागेको थियो।

उक्त निर्णय जिका संक्रमणको कारणमा चाहिँ आधारित छैन किनकि तुलनात्मक रुपमा अधिकांश मानिसहरुमा जिका संक्रमणको खतरा सामान्य देखिन्छ।

जटिलता

यो खासगरी बच्चाहरु साना टाउको र अर्धविकसित मस्तिष्कसहित जन्मिनुसँग सम्बन्धित छ।

विश्व स्वास्थ्य संगठनले जिका भाइरसविरुद्ध तत्काल कदम चाल्नुपर्नेमा जोड दिएको छ।

उसले भनेको छ- दक्षिण अमेरिकामा स्वास्थ्यमा जटिलतासहित बच्चाहरु जन्मिनु असाधारण घटनाको रुपमा स्थापित भएको छ।

विश्व स्वास्थ्य संगठनकी प्रमुख मार्गरेट चेनले जतिसक्दो चाँडो अनुसन्धानकर्ताहरुले जिका भाइरसविरुद्ध खोप र उपचारको विकास गर्न आवश्यक रहेको बताइन।

प्रतिबन्ध

विश्व स्वास्थ्य संगठनका अनुसार वर्तमान समयमा जिकाविरुद्धको खोप र उपचार उपलब्ध छैन।

उक्त संगठनले चाहिँ व्यापार र यात्रामा प्रतिबन्ध लगाउन आवश्कय नरहेको जनाएको छ।

यद्यपि यात्रा गर्नेहरुलाई लामखुट्टेको टोकाईबाट बच्न र लामखुट्टे हुने खाल्टाखुल्टीबाट टाढा रहन उक्त संगठनले सुझाव दिएको छ।

तीव्र गतिमा फैलिरहेको जिका भाइरसबाट अमेरिकी महादेशमा यो वर्ष ४० लाख मानिसहरु संक्रमित हुने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्