Logo
|
Thursday 28th March 2024
Logo

epaper

विश्व क्यान्सर दिवस २०१६— ‘हामी सक्छौं, म सक्छु’



जनस्वास्थ्य सरोकार, काठमाडौं । आज विश्व क्यान्सर दिवस । हरेक वर्ष फेब्रुअरी ४ तारेखका दिन विश्व क्यान्सर दिवस WCD2016-2018-threeyearcampaignमनाउने गरिन्छ । ‘हामी सक्छौं, म सक्छु’ भन्ने मूल नाराका साथ यो वर्ष नेपालमा पजि विभिन्न कार्यक्रमको आयोजना गरी विश्व क्यान्सर दिवस मनाइँदैछ ।
विश्व क्यान्सर दिवसको अवसरमा ललितपुरको हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालले एक महिनासम्म क्यान्सरसम्बन्धी जनचेतनामूलक कार्यक्रम र क्यान्सरको प्रारम्भिक परीक्षण शिविरको आयोजना शुरु गरेको छ ।
क्यान्सर दिवसका दिन अस्पतालले रक्तदानका साथै यो दिन सम्पूर्ण बहिरङ्ग सेवा निःशुल्क गरेको छ । अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर बिजेशराज घिमिरेका अनुसार, अस्पतालले अग्रेजी वर्षको फेब्रुरी महिनाभरी मेमोग्राफी सेवामा ५० प्रतीशतले छुट दिने भएको छ ।
विकासोन्मुख देशहरुमा वर्षेनी ८० लाख क्यान्सरका नयाँ बिरामीहरुको पहिचान हुने र ५३ लाख व्यक्तिको क्यान्सरकै कारण मृत्यु हुने गरेको एक अध्ययनले देखाएको छ । यसैगरी नेपालमा पनि ७० हजार भन्दा बढी व्यक्तिलाई विभिन्न खालका क्यान्सर भएको र वर्षेनी २० देखि २५ हजार सम्म क्यान्सरका नयाँ बिरामीहरु थपिने गरेको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्