Logo
|
Thursday 19th September 2019
NEWS PAPER

नेपालमा बाथ रोगको समस्या



– बाथ रोग भन्नाले शरीरको रोग निरोधक शक्तिले आफ्नै शरीरको अंगलाई असर गरेर हुने रोग हो ।

Dr.-Binit-Vaidya
डा. बिनित बैद्य बाथरोग विशेषज्ञ नेशनल बाथरोग सेन्टर

-बाथ रोग धेरै प्रकारका हुन्छन् । विभिन्न प्रकारका बाथले विभिन्न लक्षण देखाउँछन् । तर सबैजसो बाथ रोगमा जोर्नी दुख्ने तथा सुन्निने सामान्यत देखिने लक्षण हुन् ।
– बाथ रोग उपचार पद्धतिको विकास भएको लगभग १५—२० वर्ष मात्र भएको छ । नेपालमा बाथरोगको अवस्थाका बारे इपिडिमियोलोजिकल सर्वेक्षण हुन सकेको छैन ।
-अमेरिकन कलेज अफ ¥यूम्याटोलोजीका अनुसार, हरेक देशका जनसंख्यामध्ये १० प्रतिशतमा बाथ रोग हुनसक्ने संभावना रहेको छ । यसैलाई आधार मान्दा नेपालमा करिब २५—३० लाख जनतामा बाथ रोग हुनसक्ने अनुमान छ ।
– नेपालमा घुँडा, ढाडको हड्डी खिइने समस्यालाई पनि हाडजोर्नी दुःख्ने समस्यामा राख्ने हो भने नेपालमा बाथरोगीको संख्या निकै धेरै भएको अनुमान गर्न सकिन्छ । बूढाबूढी र मोटा मानिसमा यस किसिमको समस्या धेरै हुने गर्छ । सयभन्दा बढी प्रकारका बाथ रोगहरूमध्ये गठिया बाथ अथवा ¥यूमेटोइड आर्थराइटिस सबैभन्दा धेरै देखिने बाथ हो । गठिया बाथले मुख्यतया हात तथा खुट्टाका साना जोर्नीलाई असर गर्छ । यसले १५ देखि ४५ वर्षका महिलालाई ज्यादा असर गर्ने देखिएतापनि बालकदेखि वृद्ध, महिला तथा पुरुष सबैलाई यसले समात्न सक्छ । काम गरेर खाने उमेर समूहका व्यक्तिको कार्यक्षमतामा ¥ह«ास ल्याउने भएकाले बाथ चाँडै नियन्त्रण गर्न जरुरी हुन्छ ।

बाथरोग हुने कारण
– यो वंशाणुगत पनि हुनसक्छ । आमा बुबामध्ये एकजनालाई बाथ रोग भएमा उनीहरुबाट जन्मेका बच्चामा बाथ रोग हुने संभावना ३० प्रतिशत हुन्छ ।
– रुघाखोकी, भाइरल इन्फेक्सन, एलर्जी, झाडापखाला आदिले रोग प्रतिरोधात्मक क्षमता कमजोर तुल्याइदिन्छ र बाथरोगको जोखिम बढाउनसक्छ ।
-धेरै चुरोट पिउने व्यक्तिहरुमा गठीया बाथ, ढाडको बाथ र कडा खालको बाथ हुने संभावना रहेको छ ।
-प्रदूषित वातावरण तथा चुरोटको धूवाँले पनि बाथ रोगलाई बढाइदिन्छ । य
– चिसो वातावरण, चुरोटको धुँवा, वंशाणुगत जस्ता समस्याले शरीरमा वाथरोगको उत्पत्ति हुनसक्छ ।
बाथ रोगबाट बच्ने उपाय
– मेडिकल साइन्सले बाथ रोग लाग्नै नदिने उपाय अहिलेसम्म पत्ता लगाउन सकेको छैन ।
– यससँग सम्बन्धि भ्याक्सिन र औषधिहरु पनि छैनन् ।
-परिवारका कुनै सदस्यलाई बाथ रोग भएमा अन्य सदस्यहरु सतर्क हुनुपर्छ ।
– डेढ महिनादेखि तीन महिनाभित्रमा बाथ रोग पत्ता लगाउने कोशिष गर्नुपर्छ ।
– बाथ रोग भएको पत्ता लागेमा सेकेन्डरी प्रिभेन्सन अपनाई जटिलतालाई रोक्नतिर लाग्नुपर्छ ।

खानपान
धेरैजसो बाथ रोगमा खाना बार्न आवश्यक हुँदैन । तर युरिक एसिड बाथमा भने खाना बार्न आवश्यक हुन्छ । युरिक एसिड बाथमा खुट्टाको बूढी औंला रातो भएर दुख्ने र सुन्निने हुन्छ । प्रोटिनयुक्त खाना जस्तै—सुकेको गेडागुडी, टमाटर, काउली, बन्दा, स्याउ, कोक, फ्यान्टा, काजु, पेस्ता, खसी, राँगा, बँदेलको मासु, जाँड रक्सी आदिले युरिक एसिड बाथलाई बढाइदिन्छ । युरिक एसिड बाथ १ प्रतिशतलाई मात्र हुने गर्छ ।

सावधानी
-बाथको जटिलताको आधारमा सावधानी अपनाउनुपर्छ । बाथका कारण हड्डी खिइन थालेपछि भूँइमा टुक्रुक्क नबस्ने, पलेँटी मारेर नबस्ने, उकालो ओरालो धेरै नगर्ने, जोर्नीलाई धेरै भार पर्ने काम गर्न हुँदैन र जोर्नीलाई मोड्न पनि हुँदैन ।
– चिसोमा धेरै काम नगर्ने, मनतातो पानी प्रयोग गर्ने, चुरोटको धुँवामा नबस्ने, १० बजे अघिको घाम ताप्दा फाइदा हुन्छ ।
– बिहानको कलिलो घाममा भिटामिन डी प्राप्त हुन्छ । नेपाल, भारतलगायत दक्षिण एसियाका देशहरुमा बस्ने व्यक्तिहरुमा भिटामिन डी को कमी धेरै देखिएको छ । भिटामिन डीले बाथसँग मात्र नभई शरीर दुख्ने, क्यान्सर, मुटु रोग सँग पनि सम्बन्ध राख्छ । भिटामिन डी को कमी हुनेहरुमा सामान्य बाथ रोग भएमा यो चाँडै कडा बन्दै जान्छ । भिटामिन डी को प्राकृतिक स्रोत घाम नै हो ।
कस्तो अवस्थामा एनालजेसिक र स्टेरोइड दिनुपर्छ ?
औषधिहरुलाई तरिका मिलाएर साइड इफेक्ट नहुने गरी निश्चित समयमा खानुपर्छ । बाथ रोगीहरुमा स्टेरोइड औषधि प्रयोग गर्दा घटाउँदै घटाउँदै डेढ २ महिनासम्म प्रयोग गरिन्छ । औषधि छुटेमा वा चिसोका कारण बाथ रोग बढेमा १०—१५ दिन ब्रिजिङ थेरापी दिनुपर्छ । यस्तो अवस्थामा स्टेरोइड एनाल्जेसिक बाहेक अरु उपाय हुँदैन ।

बाथ रोगको औषधि
बाथको औषधि क्यान्सरको औषधिबाट शुरु भएको हो । बाथ रोग दीर्घ रोग हो । तर यसले क्यान्सर जस्तो तुरुन्त ज्यान लिँदैन । सामान्य मानिसको औषत आयुको तुलनामा बाथ रोग भएकाहरुको औषत आयु १०—१५ वर्ष कम देखिन्छ । बाथ रोगले, मुटु, मिर्गौला, मस्तिष्कलगायत शरीरका विभिन्न भित्री अंगहरुमा असर गर्ने भएकाले औषत आयु कम हुने गरेको हो । बाथका कारण जोर्नी दुखेर कुनै पनि व्यक्तिको ज्यान जाँदैन । क्यान्सर जस्तै भित्र भित्र दीर्घकालीन असर गर्ने भएकाले यसको मुख्य औषधि मेटाक्याप्सेट हो । यो क्यान्सरका बिरामीलाई पनि प्रयोग गरिन्छ । अहिले करिब २ लाख रुपियाँ पर्ने गठिया बाथको नयाँ इन्जेक्सन आएको छ । यसले एक वर्षसम्म काम गर्छ । लिम्फोमामा प्रयोग हुने औषधि हो यो । लुपसले फोक्सो, मिर्गौला आदिमा पारेको असरका लागि प्रयोग गरिने साइडफ्लक्स नामको औषधि क्यान्सरकै औषधि हो । प्राय लुपसका लागि प्रयोग हुने औषधि कडा खालको हुन्छ । सही समय र तरिका मिलाएर खाएमा तीन चार महिनाको रगत जाँचमा शरीरमा नकारात्मक असर परेको देखिएको छैन । त्यसैले चिकित्सकको नियमित फलोअपमा रहनुपर्छ ।

बायोलोजिकल एजेन्टस्
बाथ रोगका लागि बायोलोजिकल एजेन्ट्स चाँडै नेपाली बजारमा आउँदैछ । यो महँगो औषधि हो । यसको मूल्य एक डोजको ४ लाख रुपियाँ पर्छ । यो हरेक २—२ महिनामा लगाउनुपर्छ । लुपस बाथले फोक्सो, मिर्गाैलामा समस्या पारेर भेन्टिलेटरमा राख्नुपर्ने अवस्थाका बिरामीहरुलाई यो औषधि प्रयोग गरिन्छ । यसका साथै कडा गठिया बाथ, बच्चा जन्माउने योजनामा रहेका दम्पत्तिहरु जसलाई कडा खालको बाथको औषधि दिन मिल्दैन, उनीहरुलाई यो बायोलोजिकल एजेन्ट्स दिनुपर्छ ।
बाथ रोगमा फिजियोथेरापी
बाथ रोगमा औषधि सँगै जोर्नीको चाललाई तुरुन्त राख्न फिजियोथेरापीको आवश्यकता पर्छ । बीचमा औषधि छोड्नु हुँदैन । औषधि खाएर जति धेरै फिजियोथेरापी ग¥यो त्यति नै हड्डी खिइने बाथ न्यूनिकरण हुँदै जान्छ । केटाहरुमा हुने ढाडको बाथमा औषधि ५० प्रतिशत काम गर्छ भने ५० प्रतिशत साइकलिङ, रनिङ, जगिङले काम गर्छ ।
अभ्यास
१. घुँडालाई माथि उठाएर कसेर राख्ने, जबसम्म गल्दैन उठाइराख्ने । दुवै गोडा पालैपालो कम्तिमा आधा घण्टादेखि ४५ मिनेसम्म जुनसकुै समयमा गरेपनि हुन्छ । अभ्यास गर्दा नियमित ३० देखि ४५ मिनेटसम्म गर्नुपर्छ ।
२. दुवै गोडाले सिरानीलाई थिचेर सिधा सुत्ने ।
३. दुवै घुँडाले सिरानीलाई चेपेर बस्ने ।

NH
turup
प्रतिक्रिया दिनुहोस्