Logo
|
Wednesday 24th April 2024
Logo

epaper

नेता आचार्यको स्वास्थ्य—‘पख र हेर’



Upendra devkota
वरिष्ठ न्यूरो सर्जन प्रा.डा. उपेन्द्र देवकोटा

जनस्वास्थ्य सरोकार, काठमाडौं । मस्तिष्कघात भएर बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचाररत नेपाली कांग्रेसका केन्द्रिय सदस्य नरहरि अचार्यको स्वास्थ्य अवस्थामा सुधार आएपनि अझै ‘पख र हेर’ भन्ने अवस्थामा रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । अस्पतालका प्रशासन प्रमुख वसन्त देवकोटाले जनस्वास्थ्य सरोकारसँग कुरा गर्दै भने—‘ हिजो ल्याएको भन्दा स्वास्थ्यवस्थामा केही सुधार आएको छ । यसरी सुधार हुँदै गयो भने उहाँलाई झोल कुरा खुवाउन सकिन्छ ।’
उपचारमा संलग्न चिकित्सकहरु भन्छन्—‘दुई हप्तासम्म यस किसिमका बिरामीहरु खतरामुक्त हुन सक्दैनन् । अस्पतालका वरिष्ठ न्यूरो सर्जन प्रा.डा. उपेन्द्र देवकोटा भन्छन्—मस्तिष्कमा जमेको थेग्लो दुई हप्तासम्म निरन्तर औषधि सेवनबाट पग्लेर जानसक्ने संभावना हुन्छ । दुई हप्तासम्म ‘पख र हेर’ भन्दा अरु विकल्प हुँदैन । यदि दुई
हप्ताको अन्तरालमा जमेको रगतको थेग्लो पग्लिएर गयो र पुनः दोहोरिएन भने खतरामुक्त भएको भन्न सकिन्छ ।’
चिकित्सकहरुका अनुसार मस्तिष्कमा जमेको थेग्लो दुई हप्तामा पुन दोहोरिन पनि सक्छ ।
आचार्यको चेत खुलेपनि बोली फर्किन सकेको छैन । प्रा.डा. उपेन्द्र देवकोटाले भने—‘उहाँले आँखा खोल्नुभएको छ । सबै कुरा थाहा हुन्छ र बोल्न सक्नुहुन्न ।’ मस्तिष्को बोल्ने केन्द्रमा जोडिएका रगतका नसालाई असर पुगेकाले बोल्न नसकेको प्रा.डा. देवकोटाले स्पष्ट पारे । उनले भने रगतको थेग्रो पग्लिएर गएमा बोल्न सक्ने आशा छ ।

Neurology-Hospital-Nepal (1)
बाँसबारीस्थित न्यूरो अस्पताल

मस्तिष्कघातका कारण आचार्यको शरीरको दायाँ भाग चलेको छैन । प्रा.डा. देवकोटाका अनुसार, समय खेर नफाली आवश्यक उपचार प्राक्रिया अघि बढाएकाले उहाँलाई बचाउने आशा छ । नसामा रगत जमेर हुने मस्तिष्कघात भएका व्यक्तिलाई साढे तीन घण्टाभित्र सम्बधित अस्पतालमा पु¥याई उपचार शुरु गर्न सकेमा यो उपचार नेपालमा पनि सफल हुनसक्छ । ‘अहिले शल्यक्रिया गर्न आवश्यक छैन । औषधि चलाएर उहाँको अवस्थालाई स्थिर राख्ने कोशिस गरेका छौं ।’ प्रा.डा. देवकोटाले भने । चिकित्सकहरुका अनुसार, यस्तो समस्यामा शल्यक्रिया गरेमा करिब ७० प्रतिशत बिरामीको मृत्यू हुने संभावना रहन्छ । आचार्यलाई मस्तिष्कघात भएको तीन घण्टाभित्र अस्पताल ल्याइएकाले स्वास्थ्य अवस्था चिन्ताजनक तर स्थिर राख्न सफल भएको प्रा.डा. देवकोटाले दावी गरे । सुशिल कोइरालाको निधन लगत्तै माघ २६ गते बिहान कोइराला निवास पुगेका आचार्य पत्रकारसँगको कुराकानीकै क्रममा बेहोस भएका थिए । तत्कालै शहिद गंगालाल अस्पताल पु¥याइएका आचार्यको एक्कासी उच्च रक्तचाप बढेका कारण मष्तिष्कघात भएको थियो । उनको मष्तिष्कको दायाँ भागमा रगत जमेको देखिएको थियो । थप उपचारकालागि नेता आचार्यलाई न्यूरो अस्पताल बाँसबारी पु¥याइएको थियो ।
मस्तिष्कघात हुनमा उच्च रक्तचाप, मधुमेह र बुढ्यौलीपना मुख्य कारण मानिएको चिकित्सकहरु बताउँछन् । वरिष्ठ narhariनसा रोग विशेषज्ञ प्रा.डा.रबिन्द्र श्रेष्ठका अनुसार, मद्यपान, धुम्रपान, मुटुको चालमा गडबडी, मुटुरोग तथा रक्तसञ्चारसम्बन्धि समस्याले मस्तिष्कघातलाई निम्त्याइरहेको छ ।
उच्चरक्तचापले मस्तिष्कका नशाहरु फूलेर फूट्न सक्छन् । यसरी नसा फूटेमा ब्लिडिङ भई मस्तिष्कलाई रगत आपूर्ति गर्ने नसा निस्कृय हुन्छ र मस्तिष्कघात हुन्छ । यसका साथै मधुमेहको समस्यामा चिनी र कोलेस्ट्रोलको मात्रा बढ्ने कारण मस्तिष्कमा रगत आपूर्ति गर्ने नसा साँघुरो हुँदै जान्छन् । यसबाट मस्तिष्कघात हुने संभावना हुन्छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार, प्रतिवर्ष विश्वमा हुने १ करोड ५० लाख मस्तिष्कघातमध्ये १५ लाख व्यक्ति चिकित्सकको उपचारपछि सामान्य अवस्थामा फर्किने गरेका छन् । त्यसमा ७५ लाख अपाङ्ग हुने गरेका छन् भने ५० लाखको ज्यान जाने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्