Logo
|
Thursday 25th April 2024
Logo

epaper

नक्कली एचआईभी किट बेच्ने सेरोल्याब नेपाल ट्रेडर्सका सञ्चालक किरण कुमार श्रेष्ठमाथि कालोबजारी र ठगी मुद्धा



जनस्वास्थ्य सरोकार, ललितपुर । नक्कली लेबल (स्टिकर) टाँसेर गुणस्तरहीन एचआईभी टेष्ट किट बेच्ने ललितपुरकोkiran Kumar shrestha सानेपास्थित सेरोल्याब नेपाल ट्रेडर्सका सञ्चालक किरण कुमार श्रेष्ठमाथि नेपाल प्रहरीले कालोबजारी ऐन तथा ठगी अन्तर्गत अदालतमा मुद्धा दायर गर्ने भएको छ ।
उनलाई माघ ५ गते सानेपास्थित आफ्नै प्रहरीले पक्राउ गरेको थियो । हाल उनलाई महानगरीय प्रहरी परिसर ललितपुरमा राखिएको छ । अभियुक्त श्रेष्ठले चीनको छेन्जुुस्थित अटोवायो डाइग्नोष्टिक कम्पनीबाट एचआइभी टेष्ट गर्ने किट खरिद गर्ने र आफ्नै कार्यालयको कम्प्युटर र कलरप्रिन्ट प्रयोग गरी इटालियन प्रशिद्ध कम्पनी ‘एडलटिस’ को नाम र ठेगाना भएको लेबल टाँसी मेडिकल तथा ल्याबहरुमा पठाउने गरेको प्रहरी अनुसन्धानबाट भेटिएको छ । बजारमा एचआईभी टेष्ट गर्ने किट नक्कली भेटिन थालेपछि इटालिएन कम्पनिको नेपालस्थित आधिकारिक बिक्रेता ‘मेडिसर्व इन्टरनेशनल प्र्रा.लि. र मेडिकल तथा सर्जिकल व्यवासायीहरुको छाता संगठन केमसानको अगुवाइमा प्रहरीमा उजुरी परेको थियो ।
डेढ महिना लामो निगरानीपछि श्रेष्ठलाई पक्राउ गरिएको एसएसपी पीताम्बर अधिकाले जानकारी दिए । ‘उनले जनस्वास्थ्यमा गम्भीर खेलवाड गरे’—अधिकारीले भने—‘हामी कालोबजारी तथा ठगीको मुद्धा चलाउदै छौं ।’ श्रेष्ठले बीरेन्द्र सैनिक अस्पताललगायतका धेरै स्वास्थ्य निकायमा नक्कली किट बेच्ने गरेको प्रहरीले बताएको छ । सेनाले मिसनमा पाठाउन पहिले त्यहाँ जाने कर्मचारीको एचआईभी टेष्ट गर्छ । बैदेशिक रोजगारीमा जाँदा स्वास्थ्य परीक्षण गर्ने मेडिकलहरुबाट सबैभन्दा धेरै किट बेच्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । नक्कली किटबाट एचआईभी टेष्ट गर्दा एचआईभी भएकाहरुलाई नभएको र नभएकाहरुलाई भएको समेत देखाउने गरेको प्रहरीले जनाएको छ ।
उनले चिनबाट २ हजारमा किट ल्याएर त्यसलाई इटालिएन कम्पनिको हो भन्दै ६ हजार रुपियाँमा बेच्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
गोदाममा छापा मारेर प्रहरीले २१ थान किट र कम्प्युटर बरामद गरेकोे छ ।

प्रतिक्रिया दिनुहोस्