Logo
|
Thursday 28th March 2024
Logo

epaper

निदान हस्पिटलद्वारा भट्टेडाँडामा निः शुल्क स्वास्थ्य शिविर



जनस्वास्थ्य सरोकार, ललितपुर । निदान हस्पिटलले ललितपुरको भट्टेडाँडामा गरेको वृहत निःशुल्क स्वास्थ्य camp pic (1)शिविरबाट १ सय ६० बिरामीले लाभ लिन सफल भएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरको आव्हानमा फागुन ५ गते उक्त शिविर सञ्चालन गरिएको थियो । हस्पिटलका चिकित्सक डा. दिपक राज बरालको नेतृत्वमा सम्पन्न यस स्वास्थ्य शिविरमा आँखा, स्त्री रोग तथा सामान्य चिकित्सासम्बन्धि परीक्षण गरिएको थियो । डा. बरालले भने आगामी दिनमा निदान अस्पतालले ललितपुरका विकट ठाउँमा स्वास्थ्य शिविर सञ्चालन गरेर लाभ दिदै जाने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्