Logo
|
Friday 19th April 2024
Logo

epaper

ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा संक्रमण नियन्त्रण सम्वन्धि तालिम



जनस्वास्थ्य सरोकार, काठमाडौं । ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा संक्रमण नियन्त्रण तथा ह्यान्ड हाईजिन सम्वन्धि12788597_10153589683333198_652846662_o तालिम सम्पन्न भएको छ ।

अस्पतालमा कार्यरत डाक्टर नर्स तथा क्लिनिकल स्टाफहरुलाई नियमित शिक्षा कार्यक्रम अन्तर्गत इन्टरनेशनल फेडरेसन अफ इन्फेक्सन कन्ट्रोलको पाठ्यक्रममा आधारित २८ लेक्चर सहितको बिशेष तालिम दिईएको हो ।

तालिममा ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका इन्फेक्सन कन्ट्रोल बिभागका अमेरिकी चिकित्सक डा. एन्ड्यू ट्रोटर र ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका इन्टेन्सिभिष्ट तथा क्लिनिकल कोअर्डिनेटर डा. सुभाष प्रसाद आचार्यले प्रशिक्षण दिनु भएको थियो ।

बेसिक इन्फेक्सन प्रिभेन्सन एण्ड कन्ट्रोल तालिममा सहभागि क्लिनिकल स्टाफहरुलाई हरेक लेक्चर पछि प्रश्नोत्तर तथा सामूहिक प्रोजेक्ट वर्क र अन्तिम परिक्षा समेत लिईएको थियो ।

तालिमको समापन तथा सर्टिफिकेट बितरण कार्यक्रमलाई सम्वोधन गर्दै ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाईरेक्टर डा. चक्रराज पाण्डेले तालिममा सिकेका सिप र ज्ञानलाई ब्यबहारिक रुपमा दैनिक अभ्यासमा निरन्तर ल्याउनुपर्नेमा जोड दिनुभएको थियो। अस्पतालमा आउने आगन्तुक तथा अतिथिहरुले ग्रान्डी अस्पतालको संक्रमण नियन्त्रण तथा ह्यान्ड हाईजिन कार्यक्रम बारे जानकारी पाँउदा अत्यन्त उत्सहित हुने गरेको र यसलाई अव संस्कृतिकै रुपमा अगाडि लिएर जानुपर्नेमा उहाँको जोड थियो ।

कार्यक्रममा बोल्दै ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका इन्फेक्सन कन्ट्रोल बिभागका अमेरिकी चिकित्सक डा. एन्ड्यू ट्रोटरले नेपाल जस्तो बिकासोन्मुख मुलुकमा इन्फेक्सन कन्ट्रोल ठूलो समस्याका रुपमा रहेको बताउनु भएको छ । यो जिम्मेवारी अधिकांश समय नर्सिङ स्टाफहरुको  काँधमा आउने गरेको हुनाले यस किसिमका तालिमहरु महत्वपूर्ण रहेको उहाँको ठहर छ । यस किसिमका तालिमले बिरामीको मृत्युको कारणहरुमध्ये एक रहेको अस्पतालजन्य संक्रमणको जोखिम न्यूनिकरणमा पनि महत्वपूर्ण भुमिका खेल्ने उहाँको ठहर छ ।

कार्यक्रमलाई सम्वोधन गर्दै ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका इन्टेन्सिभिष्ट तथा क्लिनिकल कोअर्डिनेटर डा. सुभाष प्रसाद आचार्यले तालिमका दौरानमा सिकेका सिप र ज्ञानलाई आफुमा मात्र सिमित नराखेर आफ्ना यूनिटका साथिहरुमा बाड्न आग्रह गर्नुभएको थियो ।

त्यसैगरी ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालकी नर्सिङ डाइरेक्टर एल डी महर्जनले कार्यक्रमलाई सम्बोधन गर्दै तालिम अत्यन्त ब्यवहारिक र उपयोगिरहेको जिकीर गर्दै यसले प्रशिक्षार्थिहरुलाई स्तरिय सेवा प्रदान गर्न थप आत्मबिश्वास प्रदान गरेको बताउनुभएको थियो ।

प्रशिक्षणमा सहभागि सिनिएर स्टाफ नर्स स्वीकृति शर्माले यस किसिमको बिशिष्ठ तालिमले आफुहरुलाई आगामी दिनमा कामगर्न थप उर्जा प्रदानगरेको र स्तरिय नर्सिङ सेवा प्रदानगर्न उत्प्रेरणा दिएको बताउनु भएको थियो ।

ग्रान्डी अस्पतालको इन्फेक्सन कन्ट्रोल कार्यक्रमलाई थप प्रभावकारी बनाउने उद्देश्य सहित संचालित तालिममा नर्सिङ स्टाफ २० जना एकजना मेडिकल अफिसर एकजना फार्मासिष्ट सहित २२ जना सहभागि रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्