Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

काठमाडौंमा युरोकोन सम्मेलन सम्पन्न, मुलुकमै विश्वस्तरीय प्रबिधिबाट युरोको उपचार संभव—प्रा.डा. ज्ञवाली



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल एसोसिएसन अफ युरोलोजिकल सर्जन्सको आयोजनामा काठमाडौंमा भएको
Untitled-1 copy copyतीनदिने युरोकन सम्मेलन २८ चैत २०७२ मा सम्पन्न भएको छ । यो सम्मेलन हरेक दुई वर्षमा हुने गर्छ । सम्मेलनमा ३१ वटा कार्यपत्रमाथि छलफल भएका थिए । सम्मेलनमा नेपाल, भारत, चीन, कुवेत, सिंगापुर र न्यूजिल्याण्डका १५० जनाभन्दा धेरे युरोसर्जनहरुको सहभागिता रहेको थियो ।
सो अवसरमा युरोलोजीको शल्यक्रियासम्बन्धि प्रि—कन्फरेन्स लाइभ अपरेटिभ वर्कशप गत २६ गते ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा गरिएको थियो । युरोसर्जरीको क्षेत्रमा भएका अत्याधुनिक प्रविधिबारे नयाँ पुस्ताका सर्जनहरुलाई प्रशिक्षण प्रदान गर्न राखिएको यस लाइभ अपरेटिभ वर्कशपमा बरिष्ठ युरोसर्जन प्रा.डा.प्रेमराज ज्ञवाली, भारतका युरोसर्जन डा. कान्दर्भ पारिख, डा. प्रभाकर मुनीअप्पन र चीनका युरोसर्जन प्रा. डा. चुन सियाओले पाँचवटा रेट्रोग्रेडइन्ट्रा(रेनल) सर्जरी र एउटा 12986476_10153703685123198_856650943_oप्रोस्टेट सर्जरी गरेर देखाएका थिए । 12962485_10153703679538198_611364888_o
वरिष्ठ युरोसर्जन प्रा.डा.ज्ञवालीले भन्नुभयो—युरोलोेजीसँग सम्बन्धित उपचारका लागि बिदेश जानुपर्ने बाध्यता छैन । मुलुकमै विश्वस्तरको उच्च प्रबिधिबाट उपचार संभव छ ।’

प्रतिक्रिया दिनुहोस्