Logo
|
Thursday 28th March 2024
Logo

epaper

स्वास्थ्यमन्त्रीमा गगन थापा



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं युवा सांसद गगन थापाले स्वास्थ्य gaganमन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । आज (भदौ १० गते) राष्ट्रपति कार्यालयमा थापाले पद तथा गोपनियताको सपथ ग्रहण लगत्तै बिहान ११ बजे स्वास्थ्य मन्त्रालय पुगी मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन् । सत्तासाझेदार नेपाली कांग्रेसले भदौ ९ गते सरकारमा सिफारिस गरेको १३ जना मन्त्रीमध्ये थापा स्वास्थ्य मन्त्रीमा सिफारिस भएका थिए ।
मन्त्री थापा नेपालका राजनीतिज्ञ तथा नेपाली काँग्रेसका नेता हुन् । उनलाई कांग्रेसका प्रखर वक्ताका रुपमा लिइन्छ । थापा जनआन्दोलन–२ बाट राजनीतिक वृत्तमा चिनिए ।
थापाको जन्म २०३३ सालमा काठमाडौंको प्रसूति गृहमा भएको थियो । बुबा महेन्द्रकुमार थापा र आमा रामेश्वरीका उनी माइला छोरा हुन् । उनका एक दाजु पवन र दुई भाइ सुमन र जीवन थापा छन् । सिद्धार्थ वनस्थली हाइस्कूलमा अध्ययन गरेका गगनको इच्छा डाक्टर वा इन्जिनियर बन्ने थियो । उनलाई बिद्यालय र परिवारमा पनि त्यही कुरा सिकाइन्थ्यो । २०४६ सालको जनआन्दोलनमा गगन राजनीतिमा सक्रिय भए । त्यतिबेला उनी कक्षा ९ मा अध्ययन गर्थे । तर राजनीतिमा लाग्ने सोचाइ लिएका थिएनन् । दोस्रो सविधान सभामा कृषि तथा जलस्रोत समितिको सभापतिको प्रभावशाली भूमिका निर्वाह गरेका थापा एक सभासदको रुपमा सदा चर्चाको शिखरमा रहे ।

गगनका बुबा महेन्द्र सिन्धुपाल्चोकमा नेपाल विद्युत प्राधिकरणमा इन्जिनियर भएका कारण उनको बाल्यकालीन केही समय त्यहीँ बित्यो । समाजशास्त्रमा स्नातकोत्तर अध्ययन गरेका थापाले २०५९ साल देखि २०६१ सालसम्म नेपाल विद्यार्थी संघको महामन्त्री भएर काम गरे । नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि थापा राजाको सक्रिय शासनका बेला गणतन्त्रको आवाज प्रखर रूपमा उठाउने युवाको रूपमा परिचित छन् । थपा दर्जनांै पटक हिरासतमा परेका छन् ।

संविधान सभामा नेपाली काँग्रेस नामक पुस्तकका लेखक थापाले नेपाली काँग्रेसका नेता अर्जुन नरसिंह केसीकी छोरी डा.अञ्जना के.सी सँग २०६५ वैशाखमा विवाह गरे ।

गगन थापाको राजनीति प्रवेश

त्रिचन्द्र क्याम्पसमा पढ्न थालेपछि उनी विद्यार्थी संगठनमा लागे । यसपछि नेविसंघको सदस्य भएर राजनीति गरिरहे । २०५१ सालमा उनी त्रिचन्द्र स्वतन्त्र विद्यार्थी युनियनको सदस्यमा निर्वाचित भए । त्यसपछि उनले राजनीति मार्फत अघि बढ्ने अठोट गरे । त्रिचन्द्र स्ववियुमा सदस्य सचिव हुँदै सभापति समेत बने गगन । २०५५ सालमा स्ववियु सभापति भएपछि नेविसंघको केन्द्रीय राजनीतिमा उनको संलग्नता बढ्यो । उनी उपाध्यक्ष हुँदै महामन्त्री समेत बने ।
गगनले २०५१ सालमा जीवनमा पहिलोपटक हिरासत बस्नुप¥यो । त्यतिबेला एमालेको अल्पमतको सरकार थियो । गृहमन्त्री केपी ओली थिए । नेविसंघले नेपाल बन्द आह्वान गरेको थियो । त्यसपछि उनी आठ, दश पटक जेल परे । २०५९ असोज १८ पछि सूर्यबहादुर थापा प्रधानमन्त्री हुँदा उनी सहित गुरुराज घिमिरे र पुरुषोत्तम पौडेललाई राजकाज मुद्दा लाग्यो । त्यसपछि उनका अधिकांश समय सडक आन्दोलनमा बिते । माघ १९ पछि पनि गगनलाई राजद्रोहको मुद्दाले छाडेन । उनी पक्राउ पर्दै छुट्दै गरे । लोकतान्त्रिक आन्दोलनमा उनको प्रखर व्यक्तित्व अनि लोकप्रीय छविको जताततै प्रशंसा भइरह्यो । त्यसपछिका दिनहरुमा उनी लोकतन्त्र कै नायक बन्न सफल भए । नेपाली काँग्रेसको १३ आंै महाधिवेशनमा महामन्त्री पदको लागि आफ्नो उम्मेदारी घोषणा गरेका थापालाई नेपाली कांग्रेसको भावी सभापतिको रुपमा पनि हेरिन्छ ।

प्रतिक्रिया दिनुहोस्