Logo
|
Thursday 25th April 2024
Logo

epaper

 मध्यपश्चिम क्षेत्रका नागरिकमा आँखा रोगको समस्या



खजुरा बाँके, ३ कात्तिक । मध्यपश्चिमाञ्चल क्षेत्रका जिल्लाकामा सबैभन्दा बढी आँखा रोगको समस्या बढदै आएको छ ।

भेरी अञ्चलमा हाल शून्य दशमलव ५७ प्रतिशत नागरिकमा आँखाको समस्या देखा परेको छ । स्थानीय ‘फत्तेबाल आँखा अस्पताल फुल्टेक्र’ का प्रबन्धक कौशलकुमार बर्माका अनुसार, शून्य दशमलव २ प्रतिशत आँखाको समस्या भएको जिल्लालाई मात्र ‘अन्धोपनमुक्त जिल्ला’ मानिन्छ ।

सो अस्पतालले वार्षिक एक लाख २० हजार बिरामीको उपचार गर्दै आए पनि यस क्षेत्रका बासिन्दामा भने आँखा रोगकोeye-problem समस्या अझै घटेको छैन । विसं २०४३ मा स्थापित सो अस्पतालले मध्यपश्चिमको बाँके, बर्दिया, जाजरकोट, सुर्खेत, दैलेख र डोल्पा जिल्लामा पनि आँखा उपचार सेवा दिँदै आएको छ ।

कुल १५० शै्यया क्षमताको सो अस्पतालमा मध्यपश्चिमाञ्चलका प्रायः सबै जिल्ला र भारतबाट समेत बिरामी उपचारका लागि आउने गरेको जनाइएको छ । आँखाका बिरामीलाई निःशुल्क उपचार सेवा दिने उद्देश्य लिएको सो अस्पतालले निःशुल्क शल्यक्रिया तथा आँखा जाँच र उपचार शिविरसमेत सञ्चालन गर्दै आएको छ । रासस

प्रतिक्रिया दिनुहोस्