Logo
|
Saturday 20th April 2024
Logo

epaper

सबिनको उपचार र पढाई खर्च जुट्यो



जाजरकोट, ८ मङ्सिर । गत कात्तिक ८ गते भँैसीले कुल्चिएपछि खुट्टा भाँचिएका चार वर्षीय बालक सबिन केसीलाई उपचारका साथै पढाइ खर्च जुटेको छ ।

आमा दोस्रो बिहे गरेर गएकी र बाबुको मृत्यु भएका सक्ला–१ लैखम घर भई खगेनकोट–९ मङ्सिरीमा मावलीघरमा बस्दै आएका सबिनको treatment-04विभिन्न सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा समाचार आएपछि उपचारका लागि रकम जुटेको हो ।

सबिनको कहालिलाग्दो अवस्थाको समाचार पढेपछि हाल वैदेशिक रोजगारीमा रहेका डाँडागाउँ–७ चाउलेचौरका लक्ष्मण रसाइलीले विभिन्न माध्यमबाट सङ्कलन गरी कतारबाट रु ३१ हजार रुपैयाँ उपलब्ध गराउनुभएको छ ।

त्यस्तै, गोर्खाकी सरिता गुरुङले विभिन्न ठाउँबाट सङ्कलन गरी रु एक लाख ४७ हजार रुपैयाँ हस्तान्तरण गर्नुभएको छ । सबिनको उपचार कार्य सम्पन्न गरी सिटिजन्स बैंकमा खाता खोली बाँकी रकम भावी दिनमा पढ्नका लागि राखिएको छ । आफैँ गरिब भई वैदेशिक रोजगारीमा रहेका रसाइलीले बाँकी रकम नेपाल आएर घरमै गई सबिनलाई हस्तान्तरण गर्ने बताएका छन् ।

यसरी जनसाधारणले रकम ठाउँठाउँबाट जुटाएर उपचार खर्च उपलब्ध गराउँदासम्म पनि राज्य भने कानमा तेल हालेर बसेको छ । रसाइलीले योभन्दा अगाडि रोल्पालगायत देशका विभिन्न ठाउँका २० जनाभन्दा बढी अलपत्र परेका युवालाई नेपाल फर्काउन रकम जुटाएर सहयोग गर्दै आएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्