Logo
|
Friday 29th March 2024
Logo

epaper

क्यान्सरपीडित बालकलाई इजरायलबाट सहयोग



उर्लाबारी (मोरङ), ९ मङ्सिर । आर्थिक अभावले उपचारमा समस्या भएका मोरङ पथरीशनिश्चरे–८ जिरिखिम्तीका १२ वर्षीय क्यान्सरपीडित cancerउत्सव धिमालको उपचारका लागि इजरायलमा रहेका नेपालीले रु एक लाख १० हजार सहयोग पठाएका छन् ।

पथरीशनिश्चरे–८ का मधु काङ्वाको नेतृत्वमा इजरायलमा रहेका नेपालीले सङ्कलन गरेको सो रकम क्यान्सरपीडित बालकका बुबा छत्रबहादुर धिमाललाई हस्तान्तरण गरिएको छ ।

ती बालकको अवस्थाबारे राससमा यसअघि प्रकाशित समाचारलाई अन्य सञ्चारमाध्यमले पनि प्राथमिकताका साथ प्रकाशित गरेपछि सहयोग जुट्ने क्रम बढेको हो ।

स्थानीय एभरेष्ट माविमा कक्षा ६ मा अध्ययनरत विपन्न परिवारका उत्सवको टाउकाको क्यान्सरको उपचारका लागि हालसम्म रु चार लाख ४९ हजार २७३ सङ्कलन भएको अभियान समितिका संयोजक साजन धिमालले जानकारी दिनुभयो । ब्रेन ट्युमरबाट क्यान्सर भएका बालकको हाल भारत बुम्बईको टाटा मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्