Logo
|
Thursday 28th March 2024
Logo

epaper

डा केसीका माग सम्बोधन गर्न प्रधानमन्त्रीको निर्देशन



काठमाडौँ, १६ मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिकित्सक डा गोविन्द केसीका माग सम्बोधन गर्न आज शिक्षा र dr-govindaस्वास्थ्यमन्त्रीलाई निर्देशन दिनुभएको छ ।

शिक्षामन्त्री धनीराम पौडेल र स्वास्थ्यमन्त्री गगन थापालाई आज प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइ उहाँले सो निर्देशन दिनुभएको हो । चिकित्सा शिक्षा सुधारको माग गर्दै १९ दिनदेखि आमरण अनशनमा रहनुभएका डा केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि प्रधानमन्त्री दाहालले त्यसमा चासो दिनुभएको हो । सो अवसरमा शिक्षामन्त्री पौडेलले चाँडोभन्दा चाँडो केसीका माग सम्बोधन गरेर अनशन तोड्ने वातावरण निर्माण गर्न लगाउने बताउनुभयो ।यसैबीच चिकित्सा शिक्षा सुधारका लागि रमेशकान्त अधिकारीको संयोजकत्वमा बनेको कार्यदलले आज सरकारलाई प्रतिवेदन बुझाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्