Logo
|
Saturday 20th April 2024
Logo

epaper

नवनियुक्त डीन प्रा.डा.अग्रवालद्वारा पदभार ग्रहण



काठमाडौँ, १९ मङ्सिर । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का नवनियुक्त प्रा डा जगदीशप्रसाद dr-jagadish-agrawalअग्रवालले आज पदभार ग्रहण गर्नुभएको छ ।

वरिष्ठताका आधारमा आइओएमको डिन नियुक्त गर्नुपर्ने माग राख्दै प्रा डा गोविन्द केसीले २२ दिने अनशन आजै मात्रै तोड्नुभएको छ । सरकारसँग भएको सोही सहमति कार्यान्वयन गर्दै प्रा डा अग्रवाल शनिबार डिन नियुक्त हुनुभएको हो । डा केसीले आज बिहान अनशन तोडेपछि उहाँले पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहण गर्दै नवनियुक्त डिन प्रा डा अग्रवालले आफूले सबैको सहयोग र सल्लाहमा आइओएमको जिम्मेवारी पूरा गर्ने बताउनुभयो । उहाँले चिकित्सा शिक्षाको विकृतिविरुद्ध आफ्नो सदैव साथ रहने पनि बताउनुभयो ।
यता आइओएम बचाऊ सङ्र्घष समिति २०७३ ले भने प्रा डा अग्रवाललाई नियुक्त गरेपछि डिन कार्यालयमा तालाबन्दी गरेको छ । समितिले त्रिविको कार्याकारी परिषद्को पूर्ण बैठकले नियम र कानुनसम्मत तरिकाबाट चुनिएका डिनलाई कुनै वैयक्तिक माग राखी अनशनको कारण देखाउँदै सरकारले अवैधानिक तबरबाट राजीनामा दिन बाध्य पारिएको आरोप लगाएको छ ।
यसअघि त्रिवि उपकुलपति डा तीर्थ खनियाँले आइओएमका प्रा डा केपी सिंहलाई डिन नियुक्त गर्नुभएको थियो तर वरिष्ठता मिचिएको भन्दै उपकुलपति र डिनको राजीनामा माग गर्दै प्रा डा केसी गत कात्तिक २८ गतेदेखि आमरण अनशन बस्नुभएको थियो ।
गत शुक्रबार डा केसीको जीवनभन्दा आफ्नो पद ठूलो नभएको भन्दै डिन प्रा डा सिंहले राजीनामा दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्