Logo
|
Saturday 20th April 2024
Logo

epaper

मुलुकमा पहिलोेपटक कलेजो प्रत्यारोपण



जनस्वास्थ्य सरोकार, २३ मंसिर, भक्तपुर । मुलुकमा पहिलोपटक कलेजो प्रत्यारोपण सम्पन्न भएको छ । भक्तपुरस्थित मानव अंग
gagan-thapaप्रत्यारोपण केन्द्रले बुधबार (मंसिर २२ गते) भक्तपुरका बलराम नागा नाम गरेका व्यक्तिको कलेजो प्रत्यारोपण गरेको थियो । यद्यपी कलेजो प्रत्यारोपणमा नेपाली चिकित्सकहरुले महत्वपूर्ण सफलता हाँसिल गरेका छन् ।
प्रत्यारोपण गर्न नेपाली चिकित्सक टोलीलाई बुधबार दिउँसो करिब ८ घण्टा लागेको थियो । नागालाई उनकी ४१ वर्षीया दिदी सानुमाया लागेजुले कलेजो दान गरेकी थिइन् । दिउँसो १२ बजे सुरु गरिएको शल्यक्रिया राति ८ बजे सकिएको थियो । हाल दुवैको स्वास्थ्यवस्था राम्रो रहेको अस्पताले जनाएको छ ।
कलेजो प्रत्यारोपण जटिल प्रत्यारोपणमध्येको एक हो । यसका लागि दक्षिण कोरियाको सियोलसिथत सामसुङ मेडिकल सेन्टरबाट सातजना वरिष्ठ चिकित्सकहरु नेपाल आएका थिए । कलेजो प्रत्यारोपणका लागि नेपालबाट केन्द्रका कार्यकारी निर्देशक वरिष्ड मिर्गौला शल्यचिकित्सक डा. पुकार चन्द्र श्रेष्ठ र डा. मोहनदेव भण्डारी हुनुहुन्थ्यो ।

अत्यधिक रक्सी सेवनका कारण नागाको कलेजो कडा भएर काम गर्न नसक्ने अवस्थामा पुगेको थियो । उपचारका लागि उनी भारत गएको liver-transplantभएपनि प्रत्यारोपणका लागि महँगो खर्च लाग्ने भएपछि उपचार नगरी नेपाल फर्किएका थिए ।
पहिलोपटक भएकाले नागाको प्रत्यारोपण खर्च निःशुल्क गरिएको छ । भारतमा कलेजो प्रत्यारोपण गर्दा करिब एक करोड भन्दा बढी खर्च हुने गरेको छ । तर नेपालमा केन्द्रमार्फत करिब १५ लाख रुपियाँ खर्चमा कलेजो प्रत्यारोपण गर्ने व्यवस्था मिलाइँदैछ । केन्द्रद्धारा बिहिबार आयोजित पत्रकार सम्मेलनमा सस्तो मूल्यमा कलेजो प्रत्यारोपण गराउन लागि पर्ने स्वास्थ्यमन्त्री गगनथापाले बताउनुभयो । केन्द्रका कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठले भन्नुभयो—‘शुरुमा कुनै समस्या नओस् र नेपाली चिकित्सकहरुलाई प्रत्यारोपण गर्न सहज र सजिलो होस् भन्ने दृष्टिकोणले विदेशी चिकित्सकहरुको सहयोगमा कलेजो प्रत्यारोपण गरेका छौं ।’ विस्तारै नेपाली चिकित्सकहरुको कन्फिडेन्स लेबल बढ्ने उहाँको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्