Logo
|
Thursday 19th September 2019
NEWS PAPER

लेजरथेरापी पहिलोपटक नेपाल भित्र्याउने डाक्टर लेजर प्रविधिबारे के भन्नुहुन्छ ?



डा. सुशिला बैद्य

– वर्षौदेखि निको नभएको घाउ लेजर विकिरण दिएको एक हप्तामा निको हुन थाल्छ । त्यही चीज शरीरका हरेक अंगमा लागु हुन्छ । लेजर विकिरणले साइडइफेक्ट गर्दैन भन्ने प्रमाणीत भइसक्दा पनि जनमानसमा अझै गलत धारणा छ ।
-शुरुमा अस्पताल र डाक्टरलाई बुझाउनसमेत धेरै गाह«ो भयो । जब बिरामीमा सकारात्मक प्रभाव पर्न थाल्यो तब बिरामीहरुको आगमन एक्कासी बढ्यो ।

तपाई लेजर थेरापीमा लागेको कति वर्ष भयो ?
लेजर थेरापीको कोर्ष गरेर, मुलुकमा मेसिन भित्र्याएर उपचार सुरु गरेको १५ वर्ष नाघेको छ ।
नेपालमा यस्तो सेवा दिने पहिलो तपाई नै हो कि के हो ?
म बाहेक मैले पढेको इन्ष्टिच्युसनमा पढेर आएको अर्को व्यक्ति मलाई थाहा छैन । सन् २००० मा कोर्ष पूरा गरेर नेपाल आएको हुँ ।

कति जति बिरामीको उपचार गर्नुभयो ?
शुरुको तीन–चार वर्ष त नगन्ने रुपमा भयो । लेजरथेरापी र यसको उपचारपद्धति सम्बन्धि जनमानसमा जानकारी दिन, अस्पताल र डाक्टरहरुलाई बुझाउन धेरै समय लाग्यो । यसभन्दा अगाडि यो सेवा नभएको र काम गर्ने पनि एक्लै भएकाले धेरै संघर्ष गर्नुप¥यो । सेवा दिँदै जाँदा बिरामीहरुमा लेजरको परिणाम धेरै राम्रो देखियो । खुट्टा काट्नुपरेका, ढाडमा नशा च्यापिएकालगायतका बिरामीहरु जसको अप्रेसन गरेर पनि निको भएको थिएन, उनीहरुको पनि यस प्रविधिबाट निको भयो । त्यसपछि बिस्तारै प्रचार हुँदै गयो । जनमानसमा यस बारेमा धेरै जानकारी भयो । राम्ररी काम गर्न थालेको चाहिँ सात–आठ वर्ष भयो । मेडिकेयर, अल्का अस्पतालमा बसेर पनि सेवा दिएँ । आफ्नै लेजर क्लिनिक दर्ता गरेर २०६९ सालदेखि काम गर्न थालेको छु ।

लेजर थेरापीले के गर्छ ?
लेजर थेरापीबारे अझै धेरैलाई थाहा छैन । अझै पनि आत्तिन्छन्, डराउँछन् । भ्रम पालेको पाइन्छ । लेजर सामान्य इलेक्ट्रीक डिभाइस हो जसमा विकिरण बग्ने किसिमले बनाएको हुन्छ । भित्र ठोकिँदै निस्केको थ्री बी क्याटोगोरी डोज विकिरण जसले कोषलाई हिलिङ गरेर सक्रिय बनाउँछ । यो विकिरणले कोष ड्यामेज गर्दैन । यसबारे अल्वर्ट आइन्स्टाइनले पत्ता लगाइसकेको कुरा हो । लेजर विकिरणले मानव स्वास्थ्यमा साइड इफेक्ट नगर्ने र शरीरमा रहेका अशक्त कोषहरुलाई सक्रिय गरेर हिलिङ गर्ने प्रमाणित भएपछि विभिन्न रोगको उपचारमा सन् १९७४ तिर यस प्रविधि शुरु भएको हो । यसले असक्त रक्तकोषिकाहरुलाई सक्रिय बनाउँछ । अशक्त रहेका कुनै पनि कोषिकाहरुमा रक्त सञ्चार गराउँछ । दबिएर वा थिचिएर बसेका जुनसुकै कोषलाई पुनः सक्रिय बनाउँछ ।  विकिरण शरीरमा एक धारले निरन्तर प्रवाह भइरहेको हुन्छ । हरेक कोषिकालाई चाहिने अक्सिजन, हरेक कोषिकामा पु¥याउनुपर्ने रक्त सञ्चार प्रवाह बढाउँछ । यदि कुनै कोष सुन्निएर समस्या आएमा लेजर विकिरणको प्रयोगले कोषलाई सामान्य अवस्थामा ल्याउँछ । सुन्नेका घटाउँछ । त्यसपछि रक्त प्रवाह, अक्सिजन, न्युट्रिसन पुगेपछि भित्री कोषहरुले राम्ररी काम गर्न थाल्छन् र कोषहरु मिलेर बनेको तन्तु सक्रिय हुन थाल्छन् । लेजर विकिरणले कोषहरुलाई पुनर्जागरण र पुनः सशक्तिकरण गरिदिन्छ । जसको उदाहरण महिनौंदेखि निको नभएको छालाका रोग र घाउहरुमा विकिरण प्रवाहपश्चात् केही दिनमै निको भएको र घाउ पुरै पुरेर रोड पूर्ण रुपमा निको भएकोबाट पनि प्रमाणित हुन्छ । रोग निको शरीरको टाउकोदेखि खुट्टासम्मका तन्तुहरुमा लेजर विकिरण पद्धतिबाट उपचार गर्न सकिन्छ । जस्तोः जस्तो छाला चिलाउने, बेलाबेलामा छालामा दाग आउने, घाउ पाक्ने समस्यामा लेजर विकिरण प्रयोग गर्दा थाहा हुन्छ । वर्षौसम्म निको नभएका घाउ पनि लेजर विकिरणले निको पार्छ । लेजर जर विकिरणले अल्पकालीन र दीर्घकालीन कुनै पनि नकारात्मक असर गर्दैन ।
लेजर विकिरण कसरी प्रयोग गरिन्छ ?
समस्या भएको भागको माथिको भागबाट लेजर विकिरण प्रवाह गरिन्छ । जस्तो पेट, मुटु, कलेजो, फोक्सोलगायत शरीरका कुनै पनि भागमा समस्या आएमा त्यसको बाहिरी छालबाट लेजर विकिरण प्रवाह गरिन्छ । लेजर विकिरण पद्धतिमा विकिरण छालामा ६—८ सेन्टिमिटिर भित्र सम्म जान्छ । यो ९० डिग्रीको साइजमा सिधा भित्र पस्छ । यो आँखाले देखिँदैन र रंग पनि हुँदैन । विकिरण न तातो हुन्छ, न चिसो । न गएको देखिन्छ, न आएको । तर सम्बन्धित भागको समस्या न्यूनिकरण गर्छ र सो अंगका रोगहरु निको हुन्छ ।

लेजर थेरापीको विशेषता के–के हुन् ?
-यो सजिलो उपचार पद्धति हो । दैनिक काममा अवरोध नगरी दैनिक करिब आधि घण्टा जति लेजर बिकिरण लिएर जान सकिन्छ ।
– हिँड्न नसक्ने अवस्थामा आएका विरामी तीन–चार दिनमा हिँड्नसक्ने हुन्छन् ।
– साइड इफेक्ट छैन । डिभाइस राख्दा घोच्ने, दुख्ने केही पनि हुँदैन । डिभाइस राखेको थाहा समेत हुँदैन ।
-जुन रोग लिएर बिरामी आएका हुन्छन्, उपचार पछि पूर्ण निको हुन्छ ।
-यो प्रविधि एकदमै सजिलो भएकाले सुरुमा कतिले विश्वास गर्दैनन् । तर परिणाम राम्रो आएपछि उनीहरु आश्चर्यमा पर्छन् ।

कस्ता बिरामीले लेजर थेरापी गर्नुहुँदैन ?
आँखामा लेजर थेरापी गर्नुहुँदैन । गर्भावस्था, रक्तअल्पता, ल्युकिमिया र अन्य क्यान्सरका बिरामीले लेजर थेरापी गर्न हुँदैन ।

NH
turup
प्रतिक्रिया दिनुहोस्