Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

क्यान्सर सचेतना फैलाउन पत्रकारको कलम काफी



जनस्वास्थ्य सरोकार, १७ फागुन । शुरुको अवस्थामा पहिचान गरेर उपचार पाएमा क्यान्सर रोग निको हुने भएकाले यसप्रति सचेत रहन विज्ञहरुले सुझाएका छन् । क्यान्सरसम्बन्धि जनचेतना फैलाउन सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहने उनीहरुको भनाइ छ ।

वल्र्ड क्यान्सर मन्थ फेब्रुअरी २०१७ को अवसरमा नेपाल क्यान्सर अस्पतालद्धारा आयोजित ‘क्यान्सर अवार्नेस एण्ड इन्टर¥याक्सन फर जोर्नालिष्ट’ कार्यक्रममा उनीहरुले भने—‘मुलुकमा क्यान्सर रोगबारे अहिले पनि पर्याप्त जनचेतनाको विकास हुन सकेको छैन । यसका लागि पत्रकारको कलम काफी छ । साथै राजनीतिक कमेटमेन्टको पनि जरुरी पर्छ ।’

‘समाजमा क्यान्सर ज्यान लिने रोग हो भन्ने गलत धारणा छ । तर यस्तो होइन । यसबाट हामी बच्न सक्छौं । शुरुको अवस्थामा उपचार गरेमा क्यान्सर निको पार्न सकिन्छ ।’—वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सुदिप श्रेष्ठले भन्नुभयो—‘क्यान्सर नियन्त्रणमा सामुहिक प्रयासको जरुरत पर्छ । सबै क्षेत्रले आ—आफ्नो तर्फबाट सावधानी अपनाउन जरुरी छ ।’ क्यान्सर उपचारमा शल्यक्रिया, किमोथेरापी र रेडियोथेरापीको मुख्य भूमिका हुन्छ ।

क्यान्सर रोग उपचारमा महत्वपूर्ण प्रविधि रेडिएसन थेरापीले ट्यूमर कोषहरुलाई मार्नुका साथै गुणात्मक रुपमा हुने क्यान्सर कोषको वृद्धिलाई रोक्न मद्धत गर्छ । अहिले क्यान्सर हस्पिटलमा संसारको सर्बोत्कृष्ट अमेरिकन भेरिएन कम्पनिको ट्र्यूबिम टू भन्ने रेडिएसन मेसिन भएकाले नेपालबाट रेडियोथेरापीकै लागि भारतलगायतका अन्य देशमा जानुपर्ने बाद्यता नभएको वरिष्ठ रेडिएसन अंकोलोजिष्ट डा. गिसुपनिख प्रसिकोले बताउनुभयो ।

सो अवसरमा प्रमख अतिथिको रुपमा पूर्व प्रधान सेनापति रुक्मागत कटुवालले आफ्नी धर्मपत्नी पनि क्यान्सर पीडित भएको बताउँदै क्यान्सर रोकथाम र उपचारमा सम्बन्धित चिकित्सक र अस्पतालको महत्वपूर्ण भूमिका रहने स्पष्ट पार्नुभयो । । य

सैबीच अस्पतालका मेडिकल डाइरेक्टर एवं क्यान्सर विशेषज्ञ डा. विजेश राज घिमिरे, वरिष्ठ प्योथोलोजिष्ट हरि ढकाल, डा. एसोवद्धन प्रधान, कन्सल्टेन्ट रेडिएसन अंकोलोजिष्ट डा. अम्बुज कर्ण, भिजिटिङ कन्सल्टेन्ट रेडियोलोजिष्ट डा. भि विल्कोलगायतले क्यान्सर रोगबाट बच्न चिकित्सकको सल्लाहमा नियमित क्यान्सर स्क्रिनिङ टेष्ट गराउनुपर्नेमा जोड दिनुभयो । यस वर्ष अस्पतालले ललितपुरको १४ वटा गाविसका करिब ७ हजार महिलाको निःशुल्क पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ गरेको छ ।

सन् २०१६ देखि शुरु भएको ‘हामी सक्छौं, म सक्छु’ भन्ने तीन वर्षे विश्व क्यान्सर नाराले पनि क्यान्सर नियन्त्रणमा जोड दिएको छ । यद्यपी विश्व नै क्यान्सर रोग विरुद्धको लडाईमा लागेको छ । नेपालमा कति क्यान्सरका बिरामी छन् भन्ने त एकिन तथ्यांक छैन तर क्यान्सरका बिरामी दिन प्रतिदिन बढिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्