Logo
|
Friday 19th April 2024
Logo

epaper

‘जसको दाँत सबल, उसको जीवन सफल



जनस्वास्थ्य सरोकार, ७ चैत्र । शरीरका हरेक अंग स्वस्थ्य राख्न खाना पठाउने ढोका मुख हो । मुखमा ७ सयदेखि ९ सय किसिमका

व्याक्टेरिया पाइन्छन् । मुखलाई स्वस्थ राख्न नसकेमा मुखबाट शरीरभित्र प्रवेश गर्ने व्याक्टेरियाले पाचन, श्वास प्रणाली, मुटुलगायतका महत्वपूर्ण अंगहरुमा समस्या ल्याउन सक्छ । यसका साथै मधुमेहको समस्या बढाउने, गर्भको बच्चा समय नपुगी जन्मन सक्ने खतरा उच्च रहन्छ ।

दाँत शौन्दर्यको प्रतिक पनि हो । मुख तथा दन्त स्वास्थ्यप्रति संवेदनशील नहुँदा धेरै व्यक्तिहरु दाँत गुमाउन बाद्य छन् । यसको सम्पूर्ण कारण गिँजाको रोग हो । गिँजाको रोग दन्त हर्षाबाट शुरु हुन्छ र मुखको क्यान्सरसमेत भई व्यक्तिलाई मृत्यूको मुखसम्म पु¥याउनसक्छ । गिँजाको समस्याले व्यक्तिको पूरै दाँत फुक्लने संभावना रहन्छ । दन्त हर्षापछि हुने जटिल रोग पाइरिया हो । मुख र दाँत शरीरको महत्वपूर्ण हिस्सा भएकाले यसबारे ध्यान दिनुपर्ने सम्बन्धित चिकित्सकहरुको सुझाब छ । हरेक वर्ष २० मार्चका दिन मनाउने गरिने गरिएको विश्व दन्त स्वास्थ्य दिवसका अवसरमा डेन्टल एसोसिएसन अफ नेपालद्धारा राजधानीको आर्मी क्लवमा आयोजित वृहत कार्यक्रममा वरिष्ठ दन्त विशेषज्ञ डा. सुभाव घिमिरेले भन्नुभयो— आफ्नो जीवनशैलीमा ध्यान पु¥याउन सके करिब ९० प्रतिशत दाँत स्वस्थ्य राख्न सकिन्छ । कार्यक्रमको उद्घाटन गर्दै उपराष्ट्रपति नन्द किशोर पुनले सरकराले मुख स्वास्थ्यलाई विशेष प्राथमिकतामा राख्न सुझाब दिनुभयो । यस वर्ष ‘जसको दाँत सबल, उसको जीवन सफल’ भन्ने मुख्य नाराका साथ नेपाललगायत विश्वभर विश्व मुख दिवस मनाइएको छ ।
दाँत नमाझ्नु मुख र दाँतसम्बन्धि रोगको मुख्य कारण मानिन्छ । कुनै एकिन तथ्याङ्ग नभएपनि करिब ४० प्रतिशत जनताले दाँत नमाझ्ने अनुमान गरिएको छ । दन्त स्वास्थ्यमा हुने खर्च लोभ र चेतनाको अभावका कारण दाँत र मुख स्वास्थ्यमा ध्यान दिइँदैन ।

विश्व स्वास्थ्य संगठनले करिब ८५ प्रतिशत नेपालीमा कुनै न कुनै दाँत र गिजाँसम्बन्धि समस्या भएको जनाएको छ । नेपालमा प्रत्येक १० जनामध्ये ९ जना बालबालिकामा दाँत किराले खाने समस्याबाट पीडित भएको चिकित्सकहरु बताउँछन् ।

दाँत र गिँजाको रोग बढ्नुमा
-गुलियो खानेकुराको अत्यधिक प्रयोग
-बिहान बेलुका दाँत नमाझ्ने
-नियमित दाँत परीक्षण नगराउने र दुःखेपछि मात्र आउने

दाँत र गिँजा बचाउने उपाय
-बिहान बेलुका फ्लोराइडयुक्त दन्त मञ्जनले दुईमिनेटसम्म दाँत माझ्ने
-गुलियो र दाँतमा टाँसिने खानेकुरा खान नियन्त्रण गर्ने
-खाना खाएपछि राम्ररी कुल्ला गर्ने
-बच्चा एक वर्षको भएपछि प्रत्येक ६—६ महिनामा नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकबाट दन्त परीक्षण गराउने ।
-प्रत्येक ३ महिनामा दन्त ब्रस परिवर्तन गर्ने

नेपालमा मुख तथा दन्त उपचारका लागि खोलिएका कतिपय क्लिनिकहरुमा दन्त चिकित्सकको रुपमा अन्य व्यक्तिहरुले उपचार गर्ने गरेको पाइएको छ । नेपाल डेन्टल एसोसिएसनले नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकको पहिचान गरेर मात्र उपचार गर्न सर्वसाधारणलाई आव्हान गरेको छ । विश्व स्वास्थ्य संगठनले मुख स्वास्थ्यलाई अत्यावश्यक सेवाका रुपमा उल्लेख गरेको छ भने गिँजाको समस्याका कारण मुटु, इन्डोकार्डाइीटस, समय अगावै कम तौलको बच्चा जन्माउने सम्भावना रहने बताएको छ । नेपालमा १ हजार ९ सय ६० जना दन्त चिकित्सक रहेका छन् । हाल मुलुकमा १२ वटा बीडिएस पढाउने डेन्टल कलेज रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्