Logo
|
Thursday 25th April 2024
Logo

epaper

अत्याधुनिक आँखा सेवा



जनस्वास्थ्य सरोकार । काठमाडौंको कलंकीमा अन्तराष्ट्रियस्तरको सुविधासम्पन्न अत्याधुनिक आँखा उपचार सेवा शुरु भएको छ । आँखा उपचारका लागि नविनतम प्रविधि भित्र्याएर दृष्टि आइ केयर सेन्टरले सो सुविधा प्रदान गर्न थालेको हो । वरिष्ठ नेत्र विशेषज्ञ डा रामप्रसाद पोखरेल, वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयुक्तरूपमा सो केन्द्रको शुभारम्भ गर्नुभयो । केन्द्रले आँखाको शल्यक्रिया कक्षहरुलाई अन्तर्राष्ट्रियस्तरको भिनाइल फ्लोरिङ गरी हेपा फिल्टर राखी आँखाको शल्यक्रियापश्चात् हुनसक्ने संभावित संक्रमणको खतरा न्यूनिकरणको प्रयास थालेको उल्लेख गरेको छ ।

विशेषता

  • मुलुकमा पहिलोपटक अमेरिकन भिटिएस वयर प्रविधिबाट अल्छी आँखाको उपचार
  •  बिना इन्जेक्सन मोतिविन्दुको शल्यक्रिया
  • ड्ड पारदर्शी रुपमा आफ्नो रोग सम्बन्धि सम्पूर्ण जानकारी लिन सकिने र आँखाको शल्यक्रियाको भिडियो हेर्न सकिने
  • निकट भविष्यमा रिफ्रेक्टीभ (ल्यासिक) सर्जरी सञ्चालन

‘सबैका लागि दृष्टि, सँधैका लागि दृष्टि’ भन्ने मुख्य नाराका साथ सर्वसुलभ अत्याधुनिक आँखा उपचार सेवा दिने उद्देश्यले केन्द्र स्थापना भएको हो । यो नेत्ररोग विशेषज्ञ, दृष्टि विशेषज्ञ र आँखा स्वास्थ्यमा क्रियाशील व्यक्तिहरुबाट सञ्चालन हुँँदै आएको छ । केन्द्रले अनलाइन प्रविधिबाट उपचारबारे जानकारी दिने प्रबन्ध मिलाएको छ ।
दृष्टि आइ केयर सिस्टमअन्तर्गत २०७० सालमा पहिलोपटक बिर्तामोडमा मेची दृष्टि आँखा अस्पताल स्थापना गरी देशका विभिन्न ठाउँमा सेवा विस्तार हुँदै आएको छ । हाल झापा, वीरगञ्ज, कलैया, काठमाडौंको जमल र चावहिलमा आँखा उपचार सेवा उपलब्ध छ । ‘आँखा जचाउँ, स्कुल जाउँ’ अभियान अन्तर्गत दृष्टि आई केयर सिस्टमका सबै अस्पताल र केन्द्रहरुबाट पाँच बर्षमुनिका सबै बालबालिकाको निःशुल्क आँखा परीक्षण हुने गर्छ ।
आँखा उपचारको पहुँचमा ल्याउन सर्वसुलभ शुल्क र आर्थिक अभावले उपचारबाट बञ्चित भएका विपन्न नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गरिएको दृष्टि आइ केयर सिस्टमका प्रमुख कार्यकारी अधिकृत एवं आँखाको नानी प्रत्यारोपण विशेषज्ञ डा. भाइराजा श्रेष्ठ बताउनुहुन्छ ।
बढ्दो जीवनशैलीसम्बन्धि रोगका कारण आँखाको समस्या दिनप्रतिदिन बढ्दो छ । मधुमेह, उच्चरक्तचाप जस्ता जीवनशैलीसँग जोडिएर आएका रोगका कारण पछिल्लो समयमा आँखा गुमाउनेहरुको संख्या पनि बढिरहेको छ ।
नेपालमा सन् १९८१ मा विश्व स्वास्थ्य संगठन र नेपाल नेत्रज्योति संघले गरेको नेपालको अन्धोपन सर्वेक्षणमा ०.८४ प्रतिशत जनसंख्या दृष्टीबिहिन भएको देखिएको थियो । सन् २०१२ मा प्रकाशित रेपिड एसिस्मेन्ट अफ एभ्वाइडेबल ब्लाइन्डनेस (आरएएबी) को नतिजा अनुसार अन्धोपनको प्रतिशत ०.३५ मा झरेको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्