Logo
|
Thursday 19th September 2019
NEWS PAPER

स्मरण शक्तिको क्षय




—हाम्रो मस्तिष्कभित्र ९० अर्ब नर्भ सेल (स्नायु कोषिका) हुन्छन् । तिनीहरु एक अर्कासँग तालमेल राख्छन् । तिनीहरुले गर्दा नै हामी बाहिरी दुनियाँको खबर पाउँछौं र अनुकूल प्रतिक्रिया व्यक्त गर्न सक्छौं ।
—हाम्रो शरीरमा २३ जोडा क्रोमोजोम हुन्छन् । आधा आमा र अर्को आधा बुबाआमाबाट लिएर हामी जन्मछौं । ती क्रोमोजोमहरु भित्र लगभग २० हजार वंशकण हुन्छन् । जो एक वंशपछि अर्कोमा सरिरहन्छ ।
—प्रायः बढ्दै जाने र लामो समयसम्म लागिरहने यो रोग अन्तमा अत्यन्त कठोर भएर बिरामीलाई सिकिस्त बनाइदिन्छ र बिस्तारै परावलम्बी बनाएर समय भन्दा पहिले नै ज्यान लिन्छ ।
—समयमै आवश्यक सेवा—सुविधा उपलब्ध भएमा डिमेंसियाका रोगी तथा तिनका घर परिवारका व्यक्तिहरुको अँध्यारो जीवनमा आशाको बत्ती बाल्न सकिन्छ ।

अमेरिकाका पूर्व राष्ट्रपति रोनाल्ड रेगन, बेलायतकी पूर्व प्रधानमन्त्री मार्गरेट थेचर, भारतका पूर्व मन्त्री जौर्ज फर्नान्डिस तथा नेपालकी शैलजा आचार्य जस्ता प्रमुख व्यक्तिलाई समेत अल्जाइमर भन्ने डिमेंसिया रोग लागेको थियो ।
यस रोगको हाल पूर्ण निराकरण उपलब्ध छैन तर केही हदसम्म यसको प्रतिरोध र नियन्त्रण गर्न सकिन्छ । समयमै आवश्यक सेवा—सुविधा उपलब्ध भएमा डिमेंसियाका रोगी तथा तिनका घर परिवारका व्यक्तिहरुको अँध्यारो जीवनमा आशाको बत्ती बाल्न सकिन्छ ।
डिमेंसिया रोग बुढेसकालको सबैभन्दा ठूलो स्वास्थ्य र सामाजिक समस्याको रुपमा देखिएको छ । हाल विश्वमा करिब ४ करोड ७० लाख मानिस डिमेंसिया रोगबाट ग्रसित भएको विश्व स्वास्थ्य संगठनको २०१७ को रिपोर्टले उल्लेख गरेको छ । आगामी सन् २०३० सम्म ७ करोड ५० लाख र सन् २०५० सम्म तेब्बर बृद्धि हुने प्रक्षेपणसमेत गरिएको छ । विश्वमा प्रतिवर्ष ७७ लाख डिमेंसियाको नयाँ बिरामी देखिने गरेका छन् । विश्वमा चार सेकेन्डमा एक जना नयाँ डिमेंसियाको रोगबाट पीडित भएको पाइन्छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले डिमेंसियालाई एउटा प्रमुख जनस्वास्थ्य समस्या मानेको छ । तर नेपाल सरकारले अहिलेसम्म डिमेन्सिया रोगबारे कुनै नीति निर्धारण गर्न सकेको छैन ।
विश्व स्वास्थ्य संगठन भन्छ—‘डिमेंसिया रोगबाट पीडित व्यक्तिको स्याहार सुसार असाध्यै गा¥ह«ो र दुखद हुन्छ तसर्थ स्याहार सुसार गर्ने घर परिवारका सदस्यहरुलाई पनि स्वास्थ्य, समाज कल्याण, आर्थिक तथा अन्य सबै सरकारी र गैरसरकारी सुविधा सहुलियतको आवश्यकता पर्छ ।’
के हो सिमेंसिया
डिमेंसिया मस्तिष्कमा लाग्ने रोग हो । यसले उच्चस्तरीय मानसिक क्षमतामा साझा प्रकारको क्षय भएर व्यक्तिको स्मरणशक्ति, चिन्तन, वरिपरि भइरहेका गतिविधिहरु प्रतिको जागरुकता, मनन, हिसाब किताब, नयाँ कुरा सिक्ने क्षमता, बात—विचार तथा स्वविवेकको साथै संवेग, व्यवहार तथा आत्मात्साहमा ह«ास हुँदै जान्छ ।
प्रायः बढ्दै जाने र लामो समयसम्म लागिरहने यो रोग अन्तमा अत्यन्त कठोर भएर बिरामीलाई सिकिस्त बनाइदिन्छ र बिस्तारै परावलम्बी बनाएर समय भन्दा पहिले नै ज्यान लिन्छ । डिमेंसियाका विभिन्न प्रकार हुन्छन् । त्यसमध्ये अल्जाइमर्स रोग सबैभन्दा बढी देखिन्छ र प्रायः ६५ वर्ष माथिका मानिसमा पाइन्छ ।
लक्षण
प्रारम्भिक अवस्था (१—२ वर्ष)
– स्मशरणशक्ति कमजोर । खासगरी भर्खरैका कुरा र घटना बिर्सने
– आफूले भन्न चाहेको कुरा नसम्झने
– दिन, गते, महिना, साल तथा मौसमबारे दिग्भ्रमित हुने
– तर्क र निर्णय गर्ने शक्ति धमिलो हुने तथा सामान्य हिसाबकिताब गर्न नसक्ने
– घर गृहस्थीका समस्याहरु सामाधान गर्न नसक्ने
– जोस र उत्साहको कमी, कामकाज गर्ने इच्छा र जाँगरमा ¥ह«ास, कहिलेकाँही चिन्ता तथा डिप्रेसनका लक्षण अस्वभाविक ढंगले प्रस्तुत हुने र अनावश्यक रुपमा रिसाउने
मध्यावस्था (२—४ वर्ष)
– स्मरणशक्ति नास, खासगरी भर्खरैका घटना र व्यक्तिका नामहरु बिर्सने
-समय, तिथि, स्थान तथा घटना प्रति बेवास्ता हुने, आफ्नै घर तथा चोक चौराहमा हराउने
– अरुको कुरा नबुझ्ने तथा आफ्ना कुरा भन्न नसक्ने
– दिसा, पिसाब, नुहाउने जस्ता शारीरिक सरसफाइमा अरुको मद्दत लिनुपर्ने
– ठीक ढंगले खाना पकाउन, लुगा धुन, सपिङ गर्न नसक्ने
– बानी व्यवहार बिग्रने, बाटो बिर्सेर अलपत्र हुने, एउटै कुरा पटकपटक दोहो¥याउने, किचकिच गर्ने, टाँसिएर बस्ने, घरीघरी कराउने, राम्ररी नसुत्ने तथा नभएको कुरा पनि देख्ने र सुन्ने
-घर भित्र वा बाहिर असामाजिक तथा अमर्यादित आचार व्यवहार गर्ने (कुटपिट, अनुपयुक्त यौन व्यवहार आदि ।)
चरमावअस्था (५ वर्षपछि)
– बिरामी पूर्ण रुपमा निस्क्रिय
– स्मरणशक्ति पूरै नष्ट
– समय तथा स्थानको ज्ञान नहुने
-आफ्नो वरिपरी भइरहेका कुरा थाहा नपाउने
– आफन्त, नातेदार तथा साथीभाइलाई नचिन्ने
-कसैको सहयोग बिना खाना खान नसक्ने तथा खाना निल्न अफ्ट्यारो हुने
– आत्म परिचर्या तथा नुहाइधुवाइमा पराश्रित हुने
– कपडामा नै दिसा पिसाब गर्ने
– हिँडडूल गर्न असमर्थ भई ह्वील चेयरको प्रयोग गर्ने वा बेडमा सिमित भएर बस्ने
– झगडालु स्वभाव हुने, हेरचाह गर्ने व्यक्तिसँग झैंझगडा गर्ने, ठूलो स्वरमा चिच्याउने, रिसाउने, आक्रमक हुने
– आफ्नै घरभित्र हराउने
उल्लेखित समयावधि अनुमानित मात्र हुन् । कहिलेकाँही बिरामी अलि छिटो तथा कहिले बिस्तारै गम्भीर अवस्थामा हुँदै जान्छन् । सबै बिरामीमा हरेक लक्षण देखिन्छ नै भन्ने हुँदैन ।
कारण
उमेर
डिमेंसिया रोग लाग्ने मुख्य कारण बढी उमेर मानिन्छ । विकासशील देशहरुमा ६५ वर्ष माथिका ज्येठ नागरिकहरुमा ५ प्रतिशत तथा ८० वर्ष पुगेपछि झन्डै २० प्रतिशतलाई यो रोग लाग्ने सम्भावना हुन्छ । दुःखद कुरा के हो भने वृद्धावस्थामा मात्र सिमीत नभई कम उमेरमा पनि करिब १ प्रतिशत मान्छेलाई डिमेंसिया हुनसक्छ ।
आनुवंशिक
घरमा बुबा आमालाई डिमेंसिया लाग्दा छोराछोरीहरुलाई रोग सर्ने डर हुनु स्वभाविक हो । तर बुढेसकालमा वंशाणुगत सराइको सम्भावना एकदम कम हुन्छ । तर ६० वर्ष मुनिमा लाग्दा डिमेंसिया लाग्ने सम्भावना अलि बढेर जान्छ ।
हाम्रो शरीरमा २३ जोडा क्रोमोजोम हुन्छन् । आधा आमा र अर्को आधा बुबाआमाबाट लिएर हामी जन्मछौं । ती क्रोमोजोमहरु भित्र लगभग २० हजार वंशकण हुन्छन् । जो एक वंशपछि अर्कोमा सरिरहन्छ । डिमेंसियाको कुनै खास जीन हुँदैन । तर विभिन्न जीनहरु एक ठाउँमा जम्मा भएपछि डिमेंसिया हुने सम्भावना बढ्छ । हालसम्म १ सय भन्दा बढी डिमेंसिया जीन पत्ता लागिसकेको छ । तीमध्ये तीनवटा जीन कम उमेरमा तथा एउटा जीनले बुढेसकालमा लाग्ने अल्जाइमर्स डिमेंसिया गराउँछ भन्ने कुरा पक्का भइसकेको छ । डाउ डिन्ड्रोम भन्ने सुस्त मनस्थिति भएका व्यक्तिमा अल्जाइमर्स हुने सम्भावना ५० प्रतिशत भन्दा बढी हुन्छ । हाल नेपालमा डिमेंसियाको जेनेटिक टेष्ट उपलब्ध छैन ।
पर्यावरणीय
केही वर्ष अगाडिसम्म अल्मुनियमले डिमेंसिया गराउँछ भन्ने हल्ला थियो र त्यो हल्ला आधारहीन निस्क्यो । अहिलेसम्म पर्यावरणको कुनै पनि कारक तत्व पत्ता लागिसकेको छैन ।
अन्य कारण
टाउकोमा जोडले चोटपटक लगेमा डिमेंसिया हुने सम्भावना बढी हुन्छ । त्यसैले बक्सरहरुमा डिमेंसिया रोग बढी लाग्ने सम्भावना हुन्छ ।
धुम्रपान गर्ने, उच्च रक्तचाप, मधुमेह तथा उच्च कोलेस्ट्रोल भएका व्यक्तिहरुमा पनि डिमेंसिया रोग लाग्न सम्भावना बढी हुन्छ ।

अल्जाइमर हुँदा मस्तिष्कमा हुने परिवर्तन
अल्जाइमर्स डिमेंसिया किन हुन्छ भन्ने कुरा त हालसम्म रहस्य नै छ । तर वैज्ञानिहरुले यस रोगका बिरामीको मस्तिष्कभित्र के कति असामान्य परिवर्तन हुन्छन् भन्ने बारे धेरै जानकारी हाँसिल गरिसकेका छन् ।
हाम्रो मस्तिष्कभित्र ९० अर्ब नर्भ सेल (स्नायु कोषिका) हुन्छन् । तिनीहरु एक अर्कासँग तालमेल राख्छन् । तिनीहरुले गर्दा नै हामी बाहिरी दुनियाँको खबर पाउँछौं र अनुकूल प्रतिक्रिया व्यक्त गर्न सक्छौं ।

स्नायु कोष
डिमेंसिया रोगमा स्नायु कोषहरुबीचको सञ्चार शक्ति क्षीण भएर बिस्तारै मर्छन् । यसबाट मस्तिष्कले राम्रो सँग काम गर्न सक्दैन र बिर्सने समस्या शुरु हुन थाल्छ । स्नायुकोषका हाँगाहरु एक अर्काबीच टाँसिएर बसेका हुन्छन् । दुई कोषहरुबीचको जोडलाई सिन्याप्स भनिन्छ । ती सिन्याप्सहरुमा भित्रबाट विद्युतीय वा रसायनिक माध्यमले एक अर्काबीच खबरको आदानप्रदान गरिरहेको हुन्छ ।
प्रोटिन
प्रोटिन हाम्रो शरीरको अनिवार्य तत्व हो । शरीरका विभिन्न भागमा रहेका विभिन्न किसिमका प्रोटिनहरुले हजारौं किसिमका काम गरिरहेका हुन्छन् । डिमेंसिया रोगमा मस्तिष्कभित्र नचाहिने प्रोटिन कणहरुको पोका जम्छ । अल्जाइमर्स डिमेंसियामा दुई किसिमका असामान्य दोषी प्रोटिन ‘एमील्योयाड’ र ‘टाउ’ को मात्रा बढ्दै विषाक्त हुन जान्छन् र मस्तिष्क तथा स्नायु कोषहरुलाई हानी पु¥याउन थाल्छन् । एमील्योयाडको थुप्पाले स्नायुकोष बाहिर ‘प्लाक’ तथा टाउको थुप्पाले कोषभित्र ‘टैगल’ भन्ने फोका बनाउँछ ।
रसायनिक परिवर्तन
अल्जाइमर्स रोगमा ‘एसिटायलकोलिन’ भन्ने रसायनको कमी हुन्छ । यस रोगमा यो रसायन बनाउने स्नायु कोषहरुको ४० देखि ७० प्रतिशतसम्म क्षय हुन्छ । यो रसायनको कमीले स्नायु कोषहरुको क्रियाकलापमा बाधा आउँछ र बिर्सने जस्ता बोधात्मक लक्षणहरु प्रकट हुन्छ । पछि गएर मस्तिष्कले काम गर्न नसक्ने हुन्छ । हाल उपलब्ध एन्टीडिमेंसिया औषधिहरुले एसिटायलकोलिनाको मात्रा बढाउँछ र मस्तिष्कको क्षमतामा बृद्धि गराउँछ ।
पहिचान
सीटी स्क्यान, एक्सरे तथा कम्प्युटरले लिएका फोटाहरुको श्रृंखला हो जसले मस्तिष्कका विभिन्न भागको चित्र देखिन्छ । यसले सामान्य एक्सरेले तान्न नसकेका मस्तिष्कभित्र हुन सक्ने ट्यूमर तथा स्ट्रोक भएको फोटो देखिन्छ । डिमेंसिया हुँदा मस्तिष्क खोक्रिएको चित्र पनि स्क्यानबाट छर्लङ्ग हुन्छ । यसबाट विशेषज्ञहरुले मस्तिष्कको कुन भागमा रोग लागेको छ भन्ने थाहा पाउँछन् ।
उपचार
डिमेंसियाको उपचार त अहिलेसम्म सम्भव छैन । तर चार चरणका डिमेंसियाहरुमध्ये हाल अल्जाइमर्सका लागि औषधि उपचार उपलब्ध छ । डिमेंसिया शीघ्रातिशीघ्र निदान (डाइग्नोसिस), शारीरिक स्वास्थ्य, बौद्धिक क्षमता, क्रियाकलाप तथा सु—स्वास्थ्यलाई सन्तुलन, डिमेंसियाले उत्पन्न मनोबैज्ञानिक लक्षण तथा अवान्छित व्यवहार पत्ता लगाई उपचार गर्न सकिन्छ ।
औषधि
अल्जाइमर्स रोगमा मस्तिष्कका केही खास भागमा रहेका स्नायु कोषहरु संकुचित भएर मर्न थाल्छन् । यो किन भएको होला भन्ने रहस्य हालसम्म पत्ता लागिसकेको छैन । तर ती स्नायु कोषहरु भित्रका कतिपय रासायनिक असन्तुलन भएको तथ्य प्रकाशित भइसकेको छ । हाल उपलब्ध औषधिहरुले ती रसायनिक असन्तुलनलाई केही हदसम्म सामान्य गरेको देखिन्छ । अल्जाइमर्स डिमेंसियामा प्रयोग हुने दुई प्रकारका औषधिहरु नेपालमा पनि उपलब्ध छन् । तर यस रोगको समयमा नै निदान गरिदिने विशेषज्ञहरुको अहिले सा¥ह«ै खाँचो छ ।

NH
Health News
प्रतिक्रिया दिनुहोस्