Logo
|
Saturday 21st September 2019
NEWS PAPER

मिथ्याभास र भ्रमित सोचाइ



अफिसमा काम गर्ने ३५ वर्ष कि महिला अफिसमा आउने कर्मचारीहरुले ‘ यसको चरित्र राम्रो छैन, राम्रो काम पनि गर्दिन’ भनी उनीहरु कुरा गरेको सुन्छिन् र उनीहरुसँग झगडा गर्छिन् । तर कुनै पनि कर्मचारीले उनलाई त्यस्तो भनेको हुँदैन । ३५ वर्षे बिवाहित र छोराछोरी भएका पुरुष आफ्नी श्रीमती प्रति ज्यादै शंका गर्छन् । ‘मेरी श्रीमती अर्कै पुरुषसँग यौन सम्पर्क राख्छिन्, यसको शरीरको गन्धबाटै थाहा हुन्छ’ भन्छन् र झगडा गर्छन् । उनले औषधि छोड्दा यो लक्षण बढ्छ भने नियमित औषधि खाँदा यस्तो भन्न छाड्छन् र झगडा पनि हुँदैन । यी स्केजोफ्रेनियाका कारण उत्पन्न मिथ्याभास र भ्रमित सोचाइ हुन् । नेपालमा जनसंख्याको करिब ०.५ प्रतिशतदेखि करिब १ प्रतिशत मानिस स्किजोफ्रेनियाबाट पीडित भएको अनुमान छ । यसको शुरु हुने उमेर प्रायः १६ देखि ३५ वर्षका युवा, युवती हो । सबै जातजाति, भाषभाषी, धनी, गरिब जो पनि यसबाट ग्रसित हुनसक्छन् ।

स्किजोफ्रेनीया मस्तिष्कको रोग हो र एक कडा खालको मानसिक असन्तुलन हो । यो रोगमा मानिसको व्यवहार, सोचाई र अनुभूतीबीचको सामञ्जस्यमा तालमेल रहँदैन । बिरामीले त्यस्ता कुराहरुको अनुभव गर्न सक्दछन् जुन यथार्थमा सही हुँदैन ।
उनीहरुलाई विभिन्न किसिमका अनुभवहरु जस्तैः उनलाई अरु व्यक्तिले शक्तिको प्रयोग गरिरहेको वा नियन्त्रण गरिरहेको भन्ने भ्रम हुन सक्दछ । यस्ता मानिसहरुले आफ्नो क्रियाकलापलाई अरुले नियन्त्रण गरेको गुनासो गरिरहन्छन् । यस रोगमा मानिसहरुले विभिन्न किसिमका आवाजहरु सुन्ने गरेको बताउँछन् जुन अरुले सुन्न सक्दैनन् वा यथार्थमा सही हुँदैन । ती आवाजहरुले उनलाई यसो गर, उसो गर भन्ने जस्ता निर्देशन दिने वा उनले गरिरहेका क्रियाकलापका बारेमा टिप्पणी गर्ने खालका हुन सक्दछन् ।
स्किजोफ्रेनियामा मुख्य रुपले मानिसको सोचाईमा विभिन्न किसिमको असमञ्जस्यता देखिन थाल्दछन् । जस्तैः उनले आफ्नो विचार अरु कसैलाई नभनीकन पनि अरुले थाहा पाइरहेको, वा आफ्नो विचारमा अरु नै कुनै व्यक्तिको नियन्त्रण रहेको विश्वास गर्न सक्दछन् । उनलाई अरु मानिसले विना काममा दुःख दिइरहेको वा मार्न खोजेको अनुभव हुन सक्छ । यस्ता व्यक्तिले आफ्नो खानामा अरु कसैले विष मिसाएको विश्वास गर्न सक्दछन्, अरु मानिसमाथि अत्यधिक शंका गर्ने, डराउने, लुक्ने “मलाई मानिसहरुले मार्न खोजिरहेका छन्” भन्ने आदि कुराहरुको अनुभव हुन सक्दछ जुन अरु व्यक्तिले हेर्दा यथार्थ हुँदैन ।
आजकलको नयाँ टेक्नोलोजीले होला, स्किजोफ्रेनियाका बिरामीहरुले ‘घरमा जताततै क्यामरा फिट गरेको छ । घरका भित्तामा माइक्रोफोन लुकाएकोछ , हामीहरु सबैको एक क्रियाकलाप अरुले हेरिहेका छन्, आक्रमण गरेर हामी सबैलाई मार्छन् ।’ जस्ता कुराहरु पनि गर्न सक्छन् । बिरामीको लागि यी सबै कुरा ठीक हुन भन्ने पुरै विश्वास हुन्छ भने घरका परिवारलाई के—के नचाहिने कुरा गरेको होला भन्ने लाग्छ ।
स्किजोफ्रेनियाको कारण
स्किजोफ्रेनिया मस्तिष्कमा हुने विभिन्न रसायनहरुको गडबडीका कारणले भएका विश्वास गरिएको छ । हालसालैका अध्ययनहरुले बच्चा गर्भमा छँदा हुने मस्तिष्कको विकासमा खराबी आएमा यस्तो हुनसक्ने पनि देखाएका छन् ।
व्यक्तिलाई पार्ने समस्या
मस्तिष्कमा अर्बौं स्नायुहरु हुन्छन् । प्रत्येक स्नायुकोषका हाँगा स्नायुहरुले अर्को स्नायुकोष हुँदै सूचनाहरु पठाउने वा ग्रहण गर्ने गर्छन् । एउटा स्नायुकोषकोषबाट न्युरोट्रान्समीटर भनिने रसायन प्रवाह भई अर्को स्नायुकोषसम्म पुग्दछ र यसैमार्फत सूचना प्रवाह हुन्छ । स्किजोफ्रेनियामा यस्तो सूचना प्रवाह प्रक्रियामा खराबी वा अवरोध आउने विभिन्न अध्ययनबाट देखिएको छ । स्किजोफ्रेनियाका कारण व्यक्तिको दैनिक कार्यमा ¥ह«ास आउँछ । अध्ययन अध्यापनमा लागेको भए यी कार्यहरुको गुणस्तर खस्कदै जान्छ, परीक्षामा सफल हुने सम्भावना घट्दै जान्छ, व्यक्तिगत सरसफाइमा कमी आउँछ र अरुसँग गरिने व्यवहार, कुराकानीमा समेत परिवर्तन तथा कमी आउँछ ।
लक्षण

  • एक्लै टोलाएर बस्ने, अरुलाई शंकाको दृष्टिले हेर्ने र कसैसँग घुलमिल हुन नचाहने ।
  • सरसफाइ तथा व्यक्तिगत स्वास्थ्यप्रति वास्ता नगर्ने ।
  • खुसी वा दुःखलाई हाउभाउ वा बोलीले प्रकट गर्न नसक्ने ।
  • विनाकारण रोइरहने वा रुनुपर्ने अवस्थामा पनि रुन नसक्ने ।
  • विनाकारण हाँस्ने वा मुस्कुराउने ।
  • सुत्न/निदाउन नसक्ने वा मुख छोपेर निदाएको जस्तो भान पार्ने ।
  •  आफ्नो परिवार, संगी साथी तथा आफन्तहरुसँगको सम्बन्धमा गतिरोध हुने ।
  •  महत्वपूर्ण विषयहरु र महत्वपूर्ण कामहरुलाई ध्यान नदिने । पढाइ, व्यवसाय, खेलकुद आदि क्षेत्रमा पहिले चाख राख्दै आएकोमा वास्ता गर्न छाड्ने ।
  •  विनाकारण झगडा÷कुटपिट गर्न खोज्ने वा तम्सिने ।
  •  मद्यपान तथा लागू पदार्थ दुव्र्यसन तीर लाग्ने ।
  •  मासिहरुले आफूमाथि जासुसी गरिरहेका छन्, आफ्नो विरुद्धमा षड्यन्त्र गरिरहेकाछन् र चोट पु¥याउने प्रयास गरिरहेकाछन् जस्तो लाग्ने ।
  •  बेमतलबका वा कुनै छेउ न टुप्पोका कुरा गर्ने, चलन चल्तीमा नभएका शब्द वा वाक्यको प्रयोग गर्ने जसको अर्थ लगाउन , बुझ्न सकिन्न ।
  • रेडियो, टेलिभिजनमा आफ्नै कुरा गरेको जस्तो लाग्ने, अरुले मेरै कुरा गरेका छन् म तिर इसारा गरेका छन् जस्ता शंका गर्ने ।
  • बानी व्यवहारमा परिवर्तन हुने, कसैले भनेको नमान्ने, जिद्धी गर्ने वा एक्लै बोल्ने, हाँस्ने, रुने ।
  •  आफू कसैको नियन्त्रण वा अधिनमा रहेको महसुस गर्ने ।
  • आफूलाई कसैले निर्देशन दिएको सुन्ने जस्तै ‘बाहिर जाउ , दगुर, जंगलमा जाउ, झाडी भित्र लुकेर बस’ आदि । यस्ता आदेश दिने खालका आवाजहरु सुनेर बिरामी आवेसमा आउने, झगडा गर्ने वा भाग्ने गर्दछन् ।
    व्यक्तिको कार्यशैली, प्रकृति वा व्यक्तित्वमा परिवर्तन देखिनु स्किजोफ्रेनिया चिन्ने प्रमुख आधार हो । सोचाइहरु स्पष्ट र तर्कसंगत नभई खण्डित हुन्छन् । दृष्टि, श्रवण, स्पर्श, गन्ध, स्वादका चेतनाहरु पनि वास्तविक नभई फरक खालको अनुभूति (मिथ्याभास) हुन्छ ।
    स्किजोफ्रेनीया बल्झिने अवस्था
  • औषधि सेवन बन्द गर्नु
  • औषधीको मात्रा आफुखुसी घटाउनु ।
  • घरपरिवारबाट बिरामीले सहयोग नपाउनु ।
  • धेरै तनाव हुनु, जस्तै आफ्नो प्रियजनको मृत्यु वा विछोड हुनु ।
  • अत्यधिक शारीरिक थकान ।
  • मद्यपान तथा लागू पदार्थको सेवन ।

घर परिवारका सदस्यहरुले स्किजोफ्रेनियाका बिरामीहरुलाई गाली गरेर, डराउन दिएर, वा कुटपिट गरेर ठिक पार्न खोज्दैछन् । त्यस्तै परिवारले अर्ति उपदेश दिएर, सम्झाएर, रोएर या हात जोडेर यस्तो नगर भनेर पनि प्रयास गर्दछन् । परिवारले बिरामीको हितका लागि गरेको भएतापनि यस्ता व्यवहारले बिरामीमा मानसिक तनाव बढ्दा रोग पनि बढ्छ । बिरामीलाई धेरै माया वा बढी घृणा देखाउनु राम्रो हुँदैन, अन्य परिवारका सदस्यहरुसँग गर्ने सामान्य व्यवहार मात्र गर्नु राम्रो मानिन्छ ।
स्किजोफ्रेनिया र विवाह
विवाह हुनु अगाडी देखिनै स्किजोफ्रेनिया रोग लागेको र औषधि सेवन गरेर रोग नियन्त्रण आएको रहेछ र त्यसै बेलामा विवाहा भएको रहेछ भने झुक्याएर, ढाँटेर विवाह गरिदिएका रहेछन् भन्ने कुरा उठ्छ र विवाद शुरु हुन्छ । यसै कारण कतिपय विवाह सफल हुँदैनन् । यसबाट प्रायः छोडपत्र गर्ने, छुट्टै बस्ने वा अर्को विवाह गर्ने गरेको देखिएको छ । स्किजोफ्रेनिया रोग लागेको केटा वा केटीको झुक्याएर विवाह गरिदिँदा समस्या झन बढेर जाने हुँदा परिवारले सोचविचार गरेर निर्णय लिनु उपयुक्त हुनेछ । युवा वा युवतीलाई स्किजोफ्रेनिया लगायत अन्य मानसिक रोगहरु लाग्दा विवाह गरिदिए ठिक होला कि भनेर बिहे गरिदिने चलन पनि देखिन्छ तर बिहे गरिदिएर स्किजोफ्रेनिया रोग निको हुँदैन ।
स्किजोफ्रेनिया औषधि उपचारले धेरै राम्रो भएको छ, औषधि खाइरहनु पर्छ भन्ने कुरा थाहा दिएर विवाह गर्न राजी भएमा र केटा र केटीको समेत मञ्जुरी भएमा विवाह गर्न सकिन्छ । यस्तो अवस्थामा बच्चा जन्माउन सकिन्छ । यस्तो अवस्थामा नियमित औषधि खान दिने, सकभर मानसिक तनाव नदिने, बालबच्चा हुर्काउन र घरव्यवहार बारे यथासक्य सहयोग गर्न लगाउनुपर्छ ।
स्किजोफ्रेनिया र यौन स्वास्थ्य
स्किजोफ्रेनीया हुँदैमा यौन इच्छा मर्दैन । तर रोगले च्यापेको बेलामा केही परिवर्तन हुन सक्छ । औषधिको प्रयोगले कतिपय बिरामीको यौन स्वास्थ्यमा खासै असर पार्दैन भने ती नै औषधिले कसैकसैको यौन स्वास्थ्यमा नकारात्मक असर पार्दछ । यी असरहरुमा यौन इच्छा घटाउने, लिंग उत्तेजना वा कडापनमा कमी, चरम आनन्दको अनुभव गर्नमा कठिनाइ र महिलाहरुको योनीमा सुखापन आदि पर्दछन् । यदि यो पक्षमा ध्यान नदिने हो भने यस्ता नकारात्मक असर परेका बिरामीहरुले औषधि खान मान्दैनन् वा बीचैमा छाडिदिन्छन् । तसर्थ बिरामीको यौन इच्छामा केही फरक आएको छकी भनी बुझ्नुपर्दछ । तर यी असरहरु सबै बिरामीमा देखिदैनन् ।
यदि कुनै बिरामीलाई यस्तो समस्या आएमा सम्बन्धित चिकित्सकसँग सरसल्लाह गरी औषधिको मात्रा घटाउने वा अर्को औषधि बदल्न सकिन्छ । यस्तो समस्या लुकाएर राख्न हुँदैन । उपचार गरेर निको भएका बिरामीले यौन सम्बन्ध पहिले जस्तै सुचारु राख्न सक्ने कारण रोग नियन्त्रणमा आएको जनाउँछ । साथै यस्तो सम्बन्धले श्रीमान् श्रीमतीबीचको सम्बन्धलाई पनि प्रगाढ गर्न सहयोग पु¥याउँछ । स्किजोफ्रेनियामा दिइने औषधिले केही महिलाहरुमा स्तनबाट दूध आउने र महिनावारी रोकिन सक्छ । यस्तो भएमा औषधि फेर्नुपर्ने हुन सक्छ ।
स्किजोफ्रेनिया र गर्भधारण
स्किजोफ्रेनीयाले पीडित महिलाले गर्भवती भएर बच्चा पाउनुलाई अप्ठ्यारो अवस्था मानिन्छ । गर्भवती महिलालाई पनि औषधि रोक्नु वा बन्द गर्नु ठीक हुँदैन किनकि रोग उल्टिने डर हुन्छ । औषधि खाँदै रहँदा गर्भको बच्चालाई नराम्रो असर पार्न सक्छ । यदि बच्चा जन्मेको बेलासम्म बिरामीको अवस्था ठीक भएपनि बच्चा जन्मेको ६ हप्ताभित्र रोग बल्झिने धेरै सम्भावना हुन्छ । यस्तो भएमा नजजात शिशुको स्याहार सुसार र आमाशिशुबीच हुनुपर्ने सम्बन्ध हुन सक्दैन । फेरि रोग बल्झिएपछि पहिले जस्तै नियन्त्रणमा ल्याउन कठिन हुन्छ ।

समाधान
दिमाग बिग्रेको, असन्तुलन भएको, मानसिक रोग लागेको, बहुलाएको, पागल भएको आदि आक्षेप सहित बिरामीप्रति परिवार र समुदायले गर्ने छुट्टै किसिमको नकारात्मक व्यवहारले उसलाई रोग निको भएपनि जिन्दगीभरका लागि दाग लागेको अनुभव हुन्छ ।
समाज, पुराना मित्र तथा परिवारबाट नै देखाइने पक्षपातपूर्ण र नकारात्मक व्यवहारले यिनीहरुलाई दुःखित तुल्याएको हुन्छ । प्रायः रोग, बिरामी र के हुने भन्ने डरबाट मानिसहरु विभिन्न प्रकारका अनुमान लगाउँदछन् । कतिपयले त प्रेतआत्मा, पापको फल आदिले समस्या आएको विश्वास गर्दछन् । कतिपयले यो कहिले पनि निको नै नहुने रोग हो भनी विश्वास लिएका हुन्छन् । यस्तै अज्ञानता , अन्धविश्वास र पूर्वाग्रहले कलंक जन्मन्छ । यो बिरामीको निको हुने प्रक्रियामा घातक मानिन्छ ।
रोगबारे जनचेतना, स्वास्थ्य शिक्षा, मानसिक बिरामीलाई जुनसुकै कार्यबाट पनि अलग्याउने प्रावधान हटाउनु, बिरामीलाई समुदायबाट नअलग्याइकन उपचार गर्नु, समयमै रोगको पहिचान र उपचार आदिले यी दाग वा धब्बालाई कम गर्न सकिन्छ ।

NH
Health News
प्रतिक्रिया दिनुहोस्