Logo
|
Friday 19th April 2024
Logo

epaper

ट्रमा सेन्टरमा ब्लड बैंक



वीरको ट्रमा सेन्टरमा ब्लड बैंक सञ्चालनमा ल्याइएको छ । जेठ १ देखि औपचारिक रूपमा सञ्चालन गरिएको ब्लड बैंक स्फूर्त रूपमा चलिरहेको प्याथोलोजी विभागका प्रमुख डा। भरतबहादुर अमात्यले बताए । नेपालमा सरकारी अस्पतालमा पहिलोपटक ब्लड बैंक राखिएको हो ।

हालसम्म करिब ५ सय बिरामीले ब्लड बैंकको सेवा लिइसकेको अमात्यले बताए । ‘३ सय जनाले त अस्पतालमै आएर रक्तदान गरिसके, अब रगतका लागि बिरामीले कतै धाउनुपर्दैन,’ उनले भने ।

ट्रमा सेन्टर चोटपटकबाट मृत्युको मुखमा पुगेका घाइते उपचार गर्ने अस्पताल भएकाले जुनसुकै बेला रगतको आवश्यकता पर्ने डा। पियुष दाहाल बताउँछन् । ‘दुर्घटना भएर अत्याधिक रक्तश्राव भएका बिरामीले तत्कालै ज्यान गुमाउँथे, भूकम्पमा यस्तै भयो, अब समयमै रगत नपाएर कोही बिरामीको ज्यान जाने छैन,’ उनले भने । यसअघि बिरामीलाई रगत आवश्यक परे रेडक्रसको केन्द्रीय कार्यालय ललितपुरको बालकुमारी पुग्नुपर्ने समस्या थियो । अब जुनसुकै बेला अस्पतालभित्रैबाट रगत जुटाउन सकिने अमात्य बताउँछन् । बैंकमा संकलन भएको रगत ३० दिनसम्म उपयोग गर्न मिल्ने खालको पूर्वाधार तयार भएको उनले बताए । ब्लड बैंक स्थापनासँगै थप ५ जनाका लागि रोजगारी सिर्जना भएको अस्पतालका निर्देशक डा। प्रमोद उपाध्याय बताउँछन् । साभार:कान्तिपुर

प्रतिक्रिया दिनुहोस्