Logo
|
Friday 29th March 2024
Logo

epaper

अन्तर्राष्ट्रिय योग दिवस मनाउन बन्यो मूल समिति



नेपालमा अन्तर्राष्ट्रिय योग दिवस मनाउन उपप्रधानमन्त्री एवम् शिक्षामन्त्री गोपालमान श्रेष्ठको अध्यक्षतामा एक सय ११ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ ।
शिक्षा मन्त्रालयमा आज योग क्षेत्रका विज्ञ र शिक्षासँग सम्बद्ध संस्थाको बैठकबाट गठन भएको सो समितिले आगामी असार ७ गते (जुन २१) विश्वका अन्य मुलुकमा झैँ नेपालमा पनि सो दिवस मनाउन निर्देशन र व्यवस्थापनका काम गर्नेछ । बैठकले शिक्षा मन्त्रालय मातहतका सबै निकाय र विद्यालय तहसम्म भव्यताका साथ दिवस मनाउन र योग शिक्षा प्रवद्र्धन गराउने निर्णय गरेको छ ।
नेपाल सरकार (मन्त्रिपरिषद्) ले नेपालमा पनि हरेक वर्ष सो दिवस मनाउने भनी २०७३ जेठ २६ मा निर्णय गरेको थियो । उपप्रधानमन्त्री श्रेष्ठले हरेक विद्यालय र टोल टोलमा योग शिक्षाको प्रवद्र्धन गरिनुपर्ने बताउँदै मानिसलाई आनन्द र सुख हुने स्थिति भएमा मुलुकले समृद्धि हासिल गर्ने विचार व्यक्त गर्नुभयो । दिवस मनाउन गृह मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको पनि सहयोग लिइने मन्त्रालयले जनाएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१४ मा संयुक्त राष्ट्र सङ्घको साधारणसभामा प्रस्ताव गरेपछि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको मान्यता दिइएको हो । रासस

प्रतिक्रिया दिनुहोस्